भारतले जित्यो पुरुष भलिबलको स्वर्ण

तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलको स्वर्ण भारतले जितेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई ३–१ ले हराउँदै भारतले स्वर्ण जितेको हो ।


Advertisement

पहिलो सेट पाकिस्तानले २५–२० अंकले जितेको थियो । त्यसपछि भारतले लगातार तीन सेट जित्यो । भारतले दोस्रो सेट २५–१५, तेस्रो सेट २५–१७ तथा चौथो सेट २९–२७ अङ्कले जितेको हो ।  

अहिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा महिला भलिबलतर्फ स्वर्ण पदकका लागि नेपाल र भारतबीच खेल भइरहेको छ ।


Advertisement

उक्त खेलको उपराष्ट्रपति नन्दबहादुर पुनले अवलोकन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्