टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न

नेपालका लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा आयोजना गरेको टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न भएको छ ।

रेस ट्रयाक एक्सपिरियन्सका लागि छनोट गरिएका २५ जना प्रतियोगीले रेस ट्रयाकमा टिभिएस मोटरसाइकल कुदाएर अविस्मरणीय अनुभव सँगालेका छन् ।


Advertisement

अपाचे रेस ट्रयाक एक्सपिरियन्सका लागि २५ जना प्रतियोगीहरु लगायत टिभिएसको व्यवस्थापन टोली नेपालबाट मङ्सिर १४ गते मद्रासका लागि प्रस्थान गरेका थिए । 

मंसिर १५ र १६ गते गरी लगातार २ दिनसम्म चलेको कार्यक्रम मंसिर १७ गते सम्पन्न भएको थियो । गत वर्ष पनि टिभिएस मोटर्सले राईडरहरूलाई केन्द्रित गरी यस्तैै किसिमको कार्यक्रम आयोजना गर्न सफल रहेको थियो । यस वर्ष पनि आयोजित कार्यक्रमको सफलतापछि आभार प्रकट गर्दै जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘नेपालका बाइक राइडरहरुले पनि अन्र्तराष्ट्रिय प्लेट फर्ममा आफ्नो क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न पाउँदाको यो क्षण उनीहरुका लागि मात्रै अविस्मरणीय नभई जगदम्बा मोटर्स परिवारका लागि पनि गरिमामय बन्न पुगेको छ । उनीहरुको सपना यथार्थमा परिणत गर्न पाएकोमा हामी आफुलाई निकै भाग्यशाली ठान्दछौं ।’


Advertisement

कार्यक्रमको अन्त्यसँगै रेस ट्रयाक एक्सपिरियन्सका सहभागी लगायत टिभिएसको व्यवस्थापन टोली मंसिर १८ गते बुधवार पुनः नेपाल फर्कंदैछन् ।

कमेन्ट गर्नुहोस्