×

NMB BANK
NIC ASIA

सामान्य प्रशासन मन्त्रालयको चौमासिक खर्च ३२ प्रतिशत

मंसिर १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा ३२.१९ प्रतिशत खर्च गरेको पाइएको छ ।

Muktinath Bank

मन्त्रालयले आज चौमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या सामधान समितिको बैठकमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले चालुतर्फ ४०.३१ र पूँजीगततर्फ ३०.०६ प्रतिशत खर्च भएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयले चौमासिकमा कूल रु सात अर्ब १७ करोड १२ लाखमध्ये रु दुई अर्ब ३० करोड ८४ लाख खर्च भएको छ । चालूतर्फ एक अर्ब ४९ करोड पाँच लाखमध्ये रु ६० करोड आठ लाखमात्र खर्च भएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै पूँजीगततर्फ रु पाँच अर्ब ६८ करोड ६ लाखमध्ये रु एक अर्ब ७० करोड ७५ लाख खर्च भएको छ । चौमासिक समीक्षा बैठकमा मन्त्री हृदयेश त्रिपाठी तोकिएको समयमा नै काम सक्न निर्देशन दिए । उनले सरकारको नीति, योजनामा रहेर जुन शीर्षकलाई छुट्याइएको बजेट सोही शीर्षकमा खर्च गर्न आग्रहसमेत गरे ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालय लिएको लक्ष्य र उद्देश्य पूरा नगर्ने कर्मचारीलाई काम छाड्न आग्रह गरे ।

“जे लक्ष्य र उद्देश्य लिएर मन्त्रालय अगाडि बढेका काम पूरा गर्नुहोस्”, उनले भने, “यदि काम गर्न सक्नुहुन्न भने छाड्दिनुहोस् ।” उनले कतिपय मन्त्रालयबीच समन्वय नहुँदासमेत काम गर्नमा समस्या भएको बताए ।

राष्ट्रिय योजना आयोजका सदस्य मीनबहादुर शाहीले मन्त्रालयले लक्ष्यभन्दा कम नै खर्च गरेको बताए ।  “मन्त्रालयको चौमासिक प्रगति विवरण ७० प्रतिशतभन्दा बढी हुनुपर्दछ”, उनले भने ।

मन्त्रालयले प्रथम चौमासिकमा ६० वटा झोलुङ्गे पुल निर्माण गरेको छ । यसैगरी १०० वटा झोलुङ्गे पुलको विस्तुत प्रतिवेदन र १४४ वटाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रस्ताव आह्वान गरिएको जनाइएको छ । 

मन्त्रालयले १५ वटा झोलुङ्गे पुल निर्माण बनाउनका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनसमेत स्वीकृत गरेको छ । 

यस्तै ६ वटा सडकपुल, १७५ किलोमिटर सडक स्तरोन्नति, १३३ किलोमिटर कालोपत्र, १० वटा खानेपानी आयोजना, १२ वटा सिँचाइ तथा बहुपयोगी योजनासमेत निर्माण गरेको छ ।

मन्त्रालयले संगठन संरचना तथा दरबन्दी पुनरावलोक कार्यविधि–२०७६ स्वीकृत गरेको छ । 

यसैगरी कर्मचारी समायोजनपश्चात् अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयको संगठन संरचना पुनरावलोकसमेत गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x