सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

न्याय परिषद्ले सात जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद्को मंगलबारको बैठकले  न्यायसेवामा कार्यरत कर्मचारीबाट सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार उपसचिवहरु गेहेन्द्रराज पन्त, विद्याराज पौडेल, महेन्द्रराज काफ्ले, टेकराज जोशी, इन्दिरा शर्मा, मनकुमारी जिएम विक र रीताकुमारी बख्रेललाई जिल्ला न्यायाधीशमा सिफारिस गर्दै नियुक्तिका लागि सिफारिस गरेको हो। 


Advertisement

उनीहरुलाइ प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराले  नियुक्त गर्नेछन्।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्