सडकको दूरावस्था र पुराना सवारीका कारण दुर्घटना बढे : प्रचण्ड

बाग्लुङ जीप दुर्घटना घटनाप्रति दुःख व्यक्त

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाग्लुङमा भएको जीप दुर्घटना घटनाप्रति दुःख प्रकट गरेका छन्। गुल्मी सदरमुकाम तम्घासबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग १ ज ५२१९ जीप घोपर्नामा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो।

प्रचण्डले शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘उक्त दुर्घटनामा निधन हुनुभएकाहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछु ।’


Advertisement

देशका विभिन्न भागमा हुने सवारी दुर्घटनारु नेपाली सडकको दूरावस्था, पुराना सवारी साधनको प्रयोग र सवारी सञ्चालनमा देखिएको हेलचेक्राइ समेतका कारण रहेको प्रचण्डले उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक पहलका लागि सम्बन्धित क्षेत्रको विशेष ध्यान जान जरुरी छ।’

साथै, बाग्लुङ दुर्घटनमा निधन भएकाका परिवारजनका लागि उचित क्षतिपूर्तिका साथै बेपत्ताको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग माग पनि गरेका छन्।


Advertisement

यो पनि पढ्नुहोस् : यी हुन् बाग्लुङ दुर्घटनाका मृतकहरू [नामावलीसहित]

 

कमेन्ट गर्नुहोस्