आमिरको दंगलले फेरि बनायो रेकर्ड

बलिउड सुपरस्टार आमिर खानको फिल्म दंगलले एक अर्काे कीर्तिमान कायम गरेको छ। दंगलले  वर्ल्डवाइड बक्स अफिसमा २ हजार करोड रुपैयाँ पार गरेको छ। 

याहू इन्डियाको रिपोर्ट अनुसार आमिर खानको फिल्म दंगल दशकको सबैभन्दा ठूलो ब्ल्याकबस्टर साबित भएको हो। फिल्म दंगललाई नितेश तिवारीले निर्देशन गरेका थिए । यो फिल्म  बायोपिक थियो। फिल्म दंगलको कथा महिला रेसलर गीता फोगाट र  बबीता फोगाटको जीवनीमा आधारित थियो।
 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्