×

NMB BANK
NIC ASIA

फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडा पुग्नुपर्ने बाध्यता

मंसिर १८, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

डडेल्धुराको परशुराम नगरपालिकावासीलाई कसैसँग मोबाइल सम्पर्क गर्नुपरे दुई घण्टा पैदल हिँडेर अग्लो डाँडा जानुपर्ने बाध्यता छ । दुई घण्टा उकालो हिँडेर गाउँभन्दा माथि डाँडामा पुग्नु उनीहरुको रहर नभई बाध्यता हो ।

Muktinath Bank

आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि परशुराम नगरपालिकाका तीन वटा वडावासी दैनिक दुई घण्टा हिँडेर डाँडा जाने गरेको  परशुराम नगरपालिका–८ का धनबहादुर जाग्रीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, 'मजस्तै यहाँका सबै व्यक्तिलाई फोन गर्न दुई घण्टा हिँडेर डाँडा चढ्नैपर्ने बाध्यता रहेको छ, के गर्नु ? आफन्तको खबर सुन्न मन लाग्छ ।' 


Advertisment
Nabil box
Kumari

डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा रहेको परशुराम नगरपालिका–८ मा पर्ने करेनी, जमरेनी र काँफलगैराका स्थानीयवासीहरुले फोन गर्नकै लागि घरबाट दुई घण्टा पैदल हिँडेरमाथि डाँडामा पुग्ने गरेको जाग्रीले बताए ।

Vianet communication
Laxmi Bank

परशुराम नगरपालिका–८ का तीन वटा गाउँमा यस्तो समस्या भएको उनले बताए । त्यो पनि घाम लागेको बेला स्काइफोन लाग्ने र अन्य बेलामा त्यसमा पनि समस्या आउने गरेको उल्लेख गर्दै उनले भने, 'ऐनसेल र नमस्तेको मोबाइलको नेटकर्वमा झनै समस्या देखिएको छ ।'

दैनिक फोनमा धेरै काम पर्छ, त्यसैले डाँडामा पुग्नु बाध्यता भएको उनको भनाइ छ । फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना आदान–प्रदान गर्न मुस्किल भएको छ । 

डडेल्धुरा जिल्ला भन्ने बित्तिकै सबैले धेरै विकास भएको जिल्लाका रुपमा बुझ्छन् । त्यहाँ सञ्चार क्षेत्र तथा टेलिफोन सेवा अझै पनि पुग्न नसकेको भन्दा धेरैलाई विश्वास नलाग्ला तर कुरा सत्य हो ।

डडेल्धुरामा परशुराम नगरपालिका स्थापना भएको तीन वर्ष बितिसक्दा पनि धेरै ठाउँमा फोन सेवा पुग्न सकेको छैन ।

परशुराम नगरपालिका–७ मलासवासीमा पनि हालसम्म फोन सेवाबाट वञ्चित हुनुपरेको छ ।

कञ्चनपुर सीमा क्षेत्रमा रहेको मलासका स्थानीयवासीमा यस्तै समस्या रहेको छ । फोन गर्नेका लागि डाँडा चढ्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । 

यस्तै डडेल्धुरा जिल्लाको अर्काे गाउँपालिका आलिताल गाउँपालिका–२  गांखेतमा पनि स्काइबाहेक कुनै फोेन नेटवर्क टिप्दैन । त्यो पनि बेलुकी ४ बजेपछि अवरुद्ध हुने गरेको आलिताल गाउँपालिका–२ का स्थानीय पदमबहादुर विकले बताए । यस्तै आलिताल गाउँपालिका–३ भित्रीसैनमा पनि कुनै पनि फोन सेवा सञ्चालन छैन । 

उक्त क्षेत्रका बासिन्दाले फोन गर्नका लागि करिब १० किलोमिटर पैदल हिँडेर बजार क्षेत्रमा पुगेर मात्र फोन गर्ने गरेको स्थानीयवासीको भनाइ छ । यस्तै नवदुर्गा गाउँपालिका–४ मा पर्ने चलकट्टेमा स्मार्ट सेल कम्पनीका सेटले मात्र फोन सेवा सञ्चालनमा छ । स्मार्ट सेलका पनि कतिखेरै नेटर्वक हुन्छ कतिखेरै हुँदैन । यस्तो समस्या रहेको नवदुर्गा गाउँपालिका–४ का स्थानीयवासी गणेश कैनीले बताए ।

यस्तै डडेल्धुरा जिल्लामा रहेका सातवटा स्थानीय तह रहेका भए पनि धेरै ठाउँमा राम्रोसँग फोन नेटवर्क नभएको अमरगढी नगरपालिकाबाहेकका अन्य स्थानीय तहमा राम्रोसँग टेलिफोन नेटवर्क नहुँदा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ ।

अमरगढी नगरपालिकामै टेलिफोन छैन

डडेल्धुरा सदरमुकाम अमगरढी नगरपालिका डडेल्धुरासँग जोडिएका बजारलगायतका १९ वटा साविक गाविसका अन्य ठाउँका टेलिफोन लाइनसमेत १६ वर्ष बितिसक्दा पनि जोडिएका छैन ।

नेपाल टेलिकमले सुरक्षाको अवस्था देखाउँदै तत्कालीन माओवादी द्वन्द्वकालीन अवस्थामा बन्द गरिएका मार्च र भिएचएफ टेलिफोन लाइन हालसम्म सञ्चालन नभएको स्थानीयवासीको भनाइ छ । 

डडेल्धुरा जिल्लाको सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका पोखरा बजार, अनारखोली बजार र आइतबजारमा सञ्चालनमा रहेका टेलिफोन लाइन हालसम्म सञ्चालनमा नरहेको नेपाल टेलिकम डडेल्धुरा शाखाले जनाएको छ । 

२०५८ सालमा द्वन्द्वकालीन अवस्थामा सुरक्षाको अवस्था देखाउँदै बन्द गरिएका टेलिफोन लाइन हालसम्म बन्द अवस्थामै छन् । नगरपालिकामा पहिले सदरमुकाममा टेलिफोन लाइन थिए र जनतालाई गाउँबाटै भए पनि टेलिफोन सेवाको पहुँचमा थिए तर लामो समय बितिसक्दा पनि टेलिफोन लाइन नजोडिएको अमरगढी नगरपालिका–७ का स्थानीय कमल साहुले बताए ।

अमरगढी नगरपालिका–७ पोखरा बजार र अनारखोली बजार क्षेत्रमा द्वन्द्वकालीन अवस्थामा बन्द गरिएको टेलिफोन लाइन सुचारु हुन नसकेको नेपाल टेलिकम डडेल्धुरा शाखाका निमित्त प्रमुख शिवराज बोहाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x