×

NMB BANK
NIC ASIA

विमानस्थलबाट तस्करी

सुन तस्करको जालो तोेडेको प्रहरी दाबी निरर्थक, १ वर्षमा भित्रियो ३६ किलो सुन

मंसिर १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विक्रम संवत् २०७५ जेठ ८ गते ३८ किलो सुनकाण्डमा मुख्य नाइके भनिएका ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई प्रहरीले पक्राउ गर्‍यो ।

Sagarmatha Cement
Muktinath Bank

सुन तस्करीको मुख्य नाइके समाएपछि प्रहरीले नेपालको एयरपोर्ट हुँदै नेपालमा भित्रिने सुन तस्करीको जालो तोडिएको दाबी गर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोरे जेल चलान भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन भित्रिँदैन भन्दै प्रहरीले नेपालमा भित्रिने सुनको अन्तर्राष्ट्रिय जालो समेत तोडिएको दाबी गर्दै आएको छ तर मंसिर १३ गते शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४/४ किलो गरेर ८ किलोग्राम सुनसहित २ जना चिनियाँ नागरिक पक्राउ परे ।


Advertisment
Nabil box
Kumari

चेन छिन्जुवङ र चेन झ्वाङलाई भन्सारका कर्मचारीले राति साढे १० बजे नेपाल एयरलाइन्सबाट काठमाडौं ओर्लिएपछि पक्राउ गरेको थियो ।

Vianet communication
Laxmi Bank

विमानस्थलबाटै राहदानी नम्बर ईआई ७९९७८८२ वाहक चिनियाँ नागरिक शा लुटुई १ किलो सुनसहित शुक्रवार राति नै पक्राउ परे । तिब्बत एयरमा चीनबाट काठमाडौं ओर्लिएपछि भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार गेटमा जाँच गर्दा मलद्वारभित्र ४ वटा टुक्रामा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको हो ।

पछिल्लो सयम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनको परिमाण हेर्दा प्रहरीले दाबी गर्दै आएको सुनको जालो तोडिएको झूटा सावित भएको छ ।

नेपालीले गर्ने सुन तस्करीको जालो तोडिएको तथा बाह्य सुन तस्करीको जालोको विषयमा प्रहरी सुराकी खटाउने र अनुसन्धान गर्ने काम गरिरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए ।

‘प्रहरीले अवैधरुपमा सुन तस्करी गर्ने गिरोहको सूचना लिने र ट्रयाक गर्ने क्षमता बढी राखेको छ तर अन्तर्राष्ट्रिय गिरोहले नेपालमा गर्ने कारोबारको सम्बन्धमा निगरानी बढाएर जालो निस्क्रिय पार्ने प्रयासमा छौं,’ डीआईजी पोखरलले लोकान्तरसँग भने ।

प्रहरीले निगरानी बढाएकै कारण पछिल्लो समय तस्करलाई पक्राउ गरिएको पोखरेलले बताए । नयाँ–नयाँ तस्कर जन्मिने र नयाँ–नयाँ तरिका अपनाउने भएकाले नेपाल प्रहरी पनि त्यसै अनुसार सक्रिय हुनुपर्ने पूर्व एआईजी नवराज ढकालले बताए ।

‘नेपाल प्रहरीले अन्य देशका तस्करहरू कसरी सक्रिय हुन्छन् भन्ने विषयमा अनुसन्धानर गरेर त्यसै अनुसार सक्रियता बढाउनुपर्छ,’ ढकालले लोकान्तरसँग भने । नयाँ प्रविधिसँगै अपराधीले नयाँ–नयाँ तरिकाबाट तस्करी गर्ने भएकाले नेपाल प्रहरीले पनि प्रविधिको विकाससँगै आफूलाई अगाडि बढाउनुपर्ने ढकालले बताए ।

भारतमा मूल्य बढेपछि नेपालमा तस्कर सक्रिय

भारतमा हुने सुनको मूल्यको उतारचढावले नेपालमा तस्करहरू सक्रिय हुने पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकालले बताए ।

‘भारतमा सुनको मूल्य बढेपछि नेपालमा सुन तस्करहरू सक्रिय हुन्छन्, नेपाल–भारत खुला सीमा र नेपालका एयरपोर्टहरू कमजोर हुनाले तस्करहरू नेपालमा सक्रिय भएको देखिन्छ,’ पूर्व एआईजी ढकालले भने । भारतमा सुनको अत्याधिक माग भएकाले नेपालको बाटो हुँदै भारतमा सुन तस्करी हुने गरेको ढकालले बताए ।

१ वर्षमा विमानस्थलबाट ३६ किलो सुन र ९१ अपराधी पक्राउ

अध्यागमन विभाग, प्रहरी र भन्सार विभागले १ वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३६ किलो सुन बरामद गर्दै ९१ जना तस्करलाई पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा भन्सार नेपाली, भारतीय, चिनियाँ, भुटानी, थाई लगायतका ९१ जना अपराधीले २७ किलोग्राम सुन र पछिल्ला ३ जना चिनियाँ नागरिकबाट बरामद गरेको ९ किलो सुनसहित ३६ किलो सुन बरामद गरिएको महानगरीय प्रहरी कार्यालय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएपी) श्यामलाल ज्ञवालीले बताए ।

पछिल्लो १ वर्षमा ५८ जना नेपाली, २३ जना भारतीय, २ जना थाई, २ जना कम्बोडियन, २ जना भुटानी र केही चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका महानगरीय प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ ।

२०७५ भदौ ५ गते १ किलो ६ सय ग्राम सुनसहित भारतका आरिफ अली, भदौ ८ गते १ किलो ६ सय ग्राम सुनसहित थाई नागरिक झुथामस जाकपारिन्याकूल, थाई नागरिक प्रेयानन देचाचीवाचोकचाइलाई भन्सार विभागले नियन्त्रणमा लिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x