कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा गर्ने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा बुधवार मन्त्री बस्नेतले परम्परागत तरिकाले काम गर्ने प्रवृत्ति अन्त्य नभएसम्म ‘सुखी नेपाली, समृद्ध नेपाल’ राष्ट्रिय अभिभारा पूरा गर्न असम्भव रहेको बताए ।
निरन्तरताको कार्यक्रम र कार्यशैलीले परिणाम पनि निरन्तरतामै आउने भन्दै उनले तीव्रतामा काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिए । ‘काम गराइको पुरानो शैलीबाट गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा हुन सक्दैन,’ मन्त्री बस्नेतले भने, ‘निरन्तरताको कार्यक्रम र कार्यशैलीले परिणाम पनि पुरानै आउँछ ।’
मन्त्री बस्नेतले मन्त्रालयको वार्षिक पूँजीगत र वित्तीय खर्चको लक्ष्यअनुसार काम गर्न निर्देशन दिँदै काममा अप्ठ्यारो आइपरे मन्त्रीका हैसियतमा सहजीकरणका लागि तयार रहेको स्पष्ट गरे । वर्तमान सरकारले मुलुक निर्माणका लागि नयाँ पहलकदमी लिएको चर्चा गर्दै मन्त्री बस्नेतले त्यस क्रममा नयाँ चुनौती आउनसक्ने बताए ।
‘नयाँ पहलकदमी उठाउँदा नयाँ चुनौती आउँछ, त्यसलाई कार्यशैली परिवर्तन गरेर समाधान गर्न सकिन्छ,’ उनले भने । मन्त्री बस्नेतले समग्र कर्मचारी तन्त्रबाट अपेक्षित काम हुन नसक्नुमा मानसिकता, विधि प्रक्रिया वा वस्तुगत परिस्थिति र योजनाबीच तालमेल नहुने के हो भन्नेबारे सोच्ने बेला आएको पनि बताए ।
उनले बढ्दो वातावरण प्रदूषण रोक्न उद्योग, भौतिक, शहरी विकास र गृह मन्त्रालयका साथै महानगर र नगरपालिकासँगको समन्वयमा प्रभावकारी कदम चाल्न वातावरण विभागलाई निर्देशन दिए । ‘मन्त्रालयबाट कार्यान्यवन हुनै नसक्ने योजना बनेको रहेछ भने भन्नुस्,’ मन्त्री बस्नेतले भने, ‘अन्यथा यसरी हुँदैन, कामको गति बढाउनूस् ।’
समीक्षा गोष्ठीमा मन्त्रालयका सचिव, सहसचिव, विभागीय प्रमुख, प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव र मन्त्रालय मातहतका विभिन्न विभागका महानिर्देशकको सहभागिता थियो ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...