×

NMB BANK
NIC ASIA

ब्याडमिन्टनः पुरुष सिंगल र डबल्स र मिक्स डबल्समा नेपालको सेमीफाइनल यात्रा

मंसिर १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा नेपालले सेमीफाइनल यात्रा तय गरेको छ।

Muktinath Bank

पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफुल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडी सेमीफाइनलमा प्रवेश गरेको हो । नेपालका रत्नजित तामाङले बङ्गलादेशका सिग्बत उल्लाहलाई २१–१३ र २३–२१ को सोझो सेटमा पराजित गरी सेमीफाइनल यात्रा तय गरेका हुन । 
    
पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडीले भूटानका कर्मा छेन्द्रु र अनिष गुरुङ्को जोडीलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिक्स डबल्सतर्फ विकास श्रेष्ठ र अनुमाया राईको जोडी भूटानका अनिष गुरुङ र सम्झना गुरुङको जोडीले वाकओभर दिएपछि सोझै सेमीफाइनलमा पुगेका छन् । महिला डबल्सतर्फ नेपालका जेसिका गुरुङ र रसिला महर्जनको जोडी श्रीलङ्काका प्रमोदिका हेण्डेहवा र के। सिरिमाङ्गेको जोडीसँग २१–८ र २१–७ को सोझो सेटमा पराजित भएकी छन् । 
    
पुरुष डबल्सतर्फ नेपालका दिपेश धाँमी र रत्नजीत तामाङको जोडी भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीसँग २१–१६ र २१–१३ को सोझो सेटमा पराजित भएका छन्। यसैगरी मिक्स डबल्सतर्फ नेपालका नवीन श्रेष्ठ र नङ्साल तामाङको जोडी बङ्गलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीसँग २१–१३ र २१–१७ को सोझो सेटमा पराजित भएका छन्। 
    
पुरुष सिङ्गलतर्फ भारतका श्रील वर्माले पाकिस्तानका मुराद अलिलाई २१–१२ र २१–१७ को सेटमा पराजित गरेका छन् भने, सोही इभेण्टमा श्रीलङ्काका दिनुका निसान परेराले भूटानका निडुप दोर्जेलाई २१–९ र २१–७ को सेटमा पराजित गरेका छन् ।
     
यसैगरी भारतका आर्यमान टण्डनले श्रीलङ्काका रनथुस्का करुणाखिलाकेलाई २१–१७ र २१–१७ को सेटमा पराजित गरका छन् । महिला सिंगलतर्फ श्रीलङ्काकी दिल्मी दियासले बङ्गलादेशकी अलिना सुल्तानलाई २१–८ र २१–१० को सोझो सेटमा पराजित गरे।


Advertisment
Nabil box
Kumari

सोही इभेण्टमा श्रीलङ्काका रत्नसिरि कपुरुले बङ्गलादेशकी शाल्पा अख्तरलाई १–८ र २१–१०a को सेटमा पराजित गरेकी छन्। यसैगरी भारतकी गायत्री गोपिचन्दले पाकिस्तानकी महुर शहाजदलाई २१–१५ र २१–१६ को सेटमा पराजित ग¥यो । 

Vianet communication
Laxmi Bank

सोही इभेण्टमा भारतकी अस्मिता चलिहाले पाकिस्तानकी पल्वासा बासिरलाई २१–९ र २१–७ को सेटमा पराजित गरेकी छन् । पुरुष डबल्सतर्फ श्रीलङ्काका दियास अन्गोडा र थरिन्दु डुलेउको जोडीले भारतका अरुण जर्ज र सन्याम शुक्लाको जोडीलाई २१–१० र २३–२१ को सेटमा पराजित गरेका छन् । 

सोही इभेण्टमा पाकिस्तानका मोहम्मद अतिक र राजा मोहम्मद हुसेनको जोडीले श्रीलङ्काका डि परेरा र एच चङ्कामणिको जोडीलाई २१–१४, १३–२१ र २१–१९ को सेटमा पराजित गरेका छन् । महिला डबल्सतर्फ भारतकी कुहु गर्ग र अनुष्का परिखको जोडीले बङ्गलादेशका वृष्टि खातुन र रेहना खातुनको जोडीलाई २१–१८ र २१–११ को सेटमा र सोही इभेण्टमा भारतका एम जकम्पुदी र एस नेलाकुर्थिको जोडीले बङ्गलादेशको शाल्पा अख्तर र अलिना सुल्तानाको जोडीलाई २१–१४ र २१–११ को सेटमा पराजित गरेका छन् । 
    
श्रीलङ्काका रत्नसिरि कपुरु र यू को जोडीले माल्दिभ्सका नबिहा अब्दुल रज्जाक र अब्दुल रज्जाकको जोडीलाई २१– र २१–११ को सेटमा पराजित गरेका छन् । मिक्स डबल्सतर्फ श्रीलङ्काका डायस अन्गोडा टी प्रमोदिकाको जोडीले पाकिस्तानका मोहम्मद अतिक र गाजला सिद्धिकीको जोडीलाई २१–८ र २१–९ को सेटमा पराजित गरेको छ । 

भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलङ्काका रनथुस्का करुणाथुलाके र कविदी सिरिमाङ्गेको जोडीलाई २१–१७ र २६–२४ को सेटमा पराजित गरेका छन्। आजको खेलमा विजयी भएका सबै खेलाडीले सेमीफाइनल यात्रा तय गरेका छन्। पोखरा रङगशालाको कोर्टमा भोलि सेमीफाईनल संस्करण हुने प्रतियोगिताका प्राबिधिक संयोजक नरबहादुर गुरुङले जानकारी दिए। रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x