×

NMB BANK
NIC ASIA

पेस्तोल नपड्किँदाको पीडा

मंसिर १९, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

पदक चुम्दा धेरै खेलाडी रोएको दृश्य स्वभाविक मानिन्छ । ती हर्षमिश्रित आँसु हुन्छन् । खुसी र भावना प्रस्फुटित भइरहेको हुन्छ त्यस्तो रुवाइमा । बुधबार सातदोबाटोस्थित सुटिङ रेञ्जमा सीमा तुलाधर पनि निकै बेर भक्कानिइन् । तर उनको नयनबाट खुसीका होइनन्, दुःखका आँसु एकनास बगिरहेका थिए ।

Sagarmatha Cement
Muktinath Bank

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत अधिकांस स्पर्धा सातदोबाटोमै भइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छेउमै कराते र तेक्वान्दोका खेलाडीले स्वर्ण पदकको हर्षबढाइँ गरिरहँदा सीमा भने २५ मिटर स्पोर्ट्स पेस्तोलतर्फको स्पर्धाबाट बाहिरिएकी थिइन् । कारण थियो, बीचमै उनले प्रयोग गरिरहेको पेस्तोल नपड्किनु । ‘फायर गर्दा पेस्तोल बीच–बीचमा जाम भइरहेको थियो,’ उनले सुनाइनन्, ‘नयाँ दिनुस् भन्दा पनि टेरेनन् । मेडलको आसमा खेलिरहेकी थिएँ । भविष्य नै बर्वाद हुने भयो ।’


Advertisment
Nabil box
Kumari

खेल भइरहेकै बेला सीमाले सुटिङ संघकै त्रिलोचन ढकाललाई भनिन् पनि, ‘कुनै अन्य देशकै खेलाडीको पेस्तोल भए पनि एकछिनलाई मागिदिनुस् सर ।’ त्रिलोचन पेस्तोलका लागि निकैबेर भौंतारिए । त्यतिन्जेलसम्म खेल सुरु भइसकेको थियो । ‘उहाँले पनि के गर्न सक्नुहुन्थ्यो र ?,’ सीमालाई थुम्थुमाइरहेकी टिम म्यानेजर प्रतिमा शाहले भनिन्, ‘जुन देशसँग प्रतिस्पर्धा भइरहेको छ, तिनकै हतियार मागेर खेल्नुपर्ने बिडम्बना छ । यस्तोमा खेलाडीको मनोबल कसरी उच्च रहला ?’

Vianet communication
Laxmi Bank

सीमा घरेलु प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट खेल्छिन् । उनी बुधवार विभागीय टोलीले नै प्रशिक्षणमा प्रयोग गर्ने पेस्तोल चलाइरहेकी थिइन् । प्रमुख प्रशिक्षक उपेन्द्र थापाले गोलीहरू ओस्सिएर ‘मिस फायर’ भएको हुनसक्ने बताए ।

‘दुई दशक पुराना हतियार र गोली छन् । तिनको कुनै भरोसा छैन,’ उनले भने, ‘हाम्रा खेलाडीहरू रामभरोसामा प्रतिस्पर्धा गरिरहेका छन् । यस्तो अवस्था बुधबारमात्रै आएको थिएन । अघिल्लो दिन पनि भारतीय खेलाडीसँग गोली र पाकिस्तानीसँग पेस्तोल मागेर खेलेका थिए, नेपाली खेलाडीले । २५ मिटर सेन्टर फायर पेस्तोल (पुरुष) तर्फको स्पर्धामा त्यस्तो बाध्यता आएको अर्का खेलाडी बदरुद्दिन अन्सारीले बताए ।

‘एउटा पेस्तोलको भरमा ९–९ खेलाडीले खेल्नुपर्छ,’ उनले भने, ‘खेल्नुअघि अरु देशका खेलाडीलाई हतियारका लागि हारगुहार गर्नुपर्ने अवस्था छ । सुटिङ संघ र राष्ट्रिय खेलकुद परिषदको बेवास्ताले हामी निकै दुःखी छौं ।’ २५ मिटर सेन्टर फायर पेस्तोलमा मंगलबार अनिल ठकुरी, सुमन तुलाधर र विजय कार्कीले भाग लिएका थिए । अनिलले त्यसरी मागेर काम चलाएका थिए ।

अर्को दिन फेरि त्यस्तै दृश्य दोहोरियो । सीमाको पेस्तोल पड्किएन भने अर्को एकले श्रीलंकन खेलाडीबाट बन्दुक सापट मागेर काम चलाइन् । उक्त बन्दुक फिर्ता लिन श्रीलंकन खेलाडी पछि–पछि हिँडिरहेको उदेकलाग्दो दृश्य त्यहाँ देखिन्थ्यो । त्यसैमा विदेशी खेलाडीका बन्दुक कस्तो कन्डिसनमा छ भन्ने जानकारी नहुँदा पनि समस्या भएको एक खेलाडीले बताइन् ।

२५ मिटर स्पोर्टस पेस्तोलतर्फ नेपालको तर्फबाट सीमासँगै हेमा चौधरी र दुर्गा सिंजालीले पनि प्रतिस्पर्धा गरिरहेका थिए । उनीहरू पनि निरास भए । सीमाले ६० गोली फायर गर्नुपर्नेमा र्‍यापिड फायर गर्दा अड्केर ४ वटा मिस भएको बताइन् । उनी १० मिटर एयर राइफलमा पनि खेल्छिन् । अनुभवी खेलाडीमा दरिएकी सीमाले यसअघि सन् २०१० को ढाका साग र भारतको गुवाहाटी–सिलोङमा सम्पन्न १२ औं सागमा भाग लिइसकेकी छन् ।

सुटिङतर्फको २५ मिटर स्पोर्टस पेस्तोल, सेन्टर फायर पेस्तोल र ५० मिटरको थ्री पोजिसन राइफल गरी तीनवटा विधामा नेपालले दुई दशकपछि प्रतिस्पर्धा गरेको हो । नेपालमा सम्पन्न सन् १९९९ को सागपछि यी तीन विधामा भागै लिइएको थिएन । ‘यस्तै अवस्था रहने हो भने अब सहभागिता झनै अनिश्चित हुनेछ,’ सुटिङकै खेलाडी नरेन्द्र थापाले भने, ‘अहिले पनि मापदण्डभन्दा कमसल सामाग्री प्रयोग गरिरहेका छौं ।’ खेलाडी र संघले धेरैपटक ताकेता गर्दा पनि राष्ट्रिय खेलकुद परिषद्ले हतियार र गोली खरिद नगरेको थापाले बताए ।

२० वर्ष पुरानो पेस्तोलकै भरमा सागमा प्रतिस्पर्धा गर्दा समस्या भइरहेको खेलाडीहरू बताउँछन् । चीनले सुटिङ रेन्ज नयाँ बनाइदिएको छ । तर, हतियार र गोली भने पुरानै छन् । पेस्तोल हान्दा बीचैमा गोली बिग्रने र जाम हुने गरेको खेलाडीको गुनासो छ । बदरुद्दिन अन्सारी सरकारले सुटिङमा प्रयोग हुने सामग्रीलाई पनि हतियारकै रुपमा सूचीकृत गरेका कारण यसको खरिद प्रक्रियामै ढिलाइ भएको बताउँछन । खेल सामग्रीलाई पनि हातहतियार तथा खरखजाना ऐनअन्तर्गत समेटेका कारण नया पेस्तोल र राइफल खरिद नभएकाले सागमा पुरानो बन्दुक प्रयोग गर्नुपरेको उनले बताए ।

‘खेल सामग्रीलाई हातहतियारको रूपमा कानुनमा राख्दा समस्या भएको हो । साग हुन्छ भन्ने कुरा सबैलाई जानकारी थियो । तर, कसैले पनि समयमा हतियार ल्याउनेबारे चासो नदेखाउँदा समस्या भयो,’ अन्सारीले भने ।
नेपाल सुटिङ संघले पटक–पटक नयाँ हतियार खरिदका लागि टेण्डर भइरहेको भन्दै झुक्याएको खेलाडीको आरोप छ । सुटिङका अध्यक्ष पुष्पदास श्रेष्ठ भने त्यो कुरासँग सहमत छैनन् । उनले खेलाडीहरूले राम्रो प्रदर्शन गर्न नसकेपछि संघमाथि दोष थोपरेको उल्टो आरोप लगाए ।

‘खेलाडीहरू पराजित भएपछि विरोध गर्न थाले । स्वर्ण जितेका हुन्थे भने यस्तो अवस्थामा पनि हामीले स्वर्ण जित्यौं भनेर भन्थे,’ श्रेष्ठले भने । उनले नेपालसँग १० मिटरका लागि पेस्तोल पर्याप्त रहे पनि २५ र ५० मिटरका लागि राइफल भने अभाव रहेको स्वीकारे । ‘हामीसँग पेस्तोल पर्याप्त छन् । तर, २५ र ५० मिटरका लागि आवश्यक पर्ने राइफल नहुँदा मात्रै समस्या भएको हो,’ श्रेष्ठले भने, ‘सागका लागि सामग्री समयमै माग गरेका थियौ । उहाँहरू (परिषद्) ले सधैं ल्याउँछौ मात्रै भन्नुभयो । अन्तिममा ल्याइदिनुभएन ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x