×

NMB BANK
NIC ASIA

विद्यालय भवन बनेपछि पठनपाठन सहज

मंसिर १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तनहुँको भीमाद नगरपालिका–१ डुम्रीबेँसीस्थित शङ्कर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहजता आएको छ । 

Muktinath Bank

पुरानो र जीर्ण भवनमा पठनपाठन हुँदै आएको यस विद्यालयको चारकोठे नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत रु ७१ लाख ६१ हजार २६ को लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक यमबहादुर श्रेष्ठले जानकारी दिनुभयो । गत वर्षको मङ्सिरबाट निर्माण शुरु भएको भवन यही कात्तिकमा सम्पन्न भएको उनले जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

नयाँ भवन निर्माणपछि पठनपाठनमा सहज हुने प्रधानाध्यापक श्रेष्ठको भनाइ छ  । 'पुरानो भवन जीर्ण हुँदा हावाहुरी र पानी आएको बेला पठनपाठनमा समस्या हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “नयाँ भवन निर्माण भएसँगै पठनपाठनमा सहज हुने भएको छ ।' प्रधानाध्यापक श्रेष्ठका अनुसार चारकोठे भवन निर्माण भए पनि विद्यालयलाई अझै पनि थप भवनको आवश्यकता छ । 'हाल भइरहेको भवन जीर्ण अवस्थामा छ, सुरक्षित छैनन्', उनले भने, “थप भवनका लागि प्राधिकरणमा माग गरेका छौँ ।' विद्यालयमा हाल २७६ विद्यार्थी अध्ययनरत छन् ।

Vianet communication
Laxmi Bank

४१ वर्षपछि पक्की भवन 

स्थापनाको ४१ वर्षपछि तनहुँको देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयको पक्की भवन निर्माण भएको छ । विसं २०३५ मा स्थापना भएको विद्यालय हालसम्म कच्ची र टहरामा सञ्चालन हँुदै आएकामा राष्ट्रिय पुनःनिर्माण प्र्राधिकरणमार्फत विद्यालयको पक्की भवन निर्माण सम्पन्न भएको हो । 

स्थापनाको चार दशकपछि रु ६७ लाखको बजेटमा विद्यालयको पक्की भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद उपाध्यायले जानकारी दिनुभयो । भवन निर्माणका लागि गत वर्ष जिल्ला आयोजना कार्यान्वयन एकाइले (शिक्षा) बजेट विनियोजन गरेको थियो ।

बाह्र कक्षासम्म अध्ययन हुने उक्त विद्यालयमा २५० विद्यार्थी अध्ययनरत छन् । नयाँ पक्की भवन निर्माणसँगै पठनपाठनमा सहज हुने प्रधानाध्यापक उपाध्यायले बताए। 'कच्ची भवनमा वर्षायाममा अध्यापन गराउन निकै अप्ठ्यारो परिस्थिति थियो', उनले भने, 'अब भने सहज हुने भयो ।” प्रधानाध्यापक उपाध्यायका अनुसार कच्ची भवनमा पानी चुहिने, टिनमा परेको पानीको आवाजले समस्या हुने तथा गर्मी मौसममा टिन तातेर दिउँसो बस्नै नसकिने जस्तो समस्या रहँदै आएको थियो ।

लामो समयको प्रयासपछि पक्की भवन निर्माण गर्न सकिए पनि विद्यालयलाई थप भवन आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अधिकारीले बताए। 'अझै पनि विद्यालयलाई अर्को भवन आवश्यक छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सम्बन्धित निकायमा बजेट माग गर्ने तयारी गरेका छाैं ।'

यसैबीच तनहुँ क्षेत्र नं १ का विभिन्न विद्यालय भवन निर्माणका लागि चालू आव २०७६/७७ का लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बजेट विनियोजन गरेको छ । भूकम्पबाट क्षति पुगेका ४१ विद्यालय भवन पुनःनिर्माणका लागि प्राधिकरणले बजेट विनियोजन गरेको हो । 

चारकोठे भवनका लागि बढीमा रु ६८ लाख, तीनकोठे भवनका लागि रु ३१ लाख र दुईकोठे भवनका लागि रु २३ लाखका दरले बजेट विनियोजन भएको छ । चारकोठे भवनअन्तर्गत २६, तीनकोठे भवनअन्तर्गत दुई र दुईकोठे भवनअन्तर्गत १३ विद्यालयलाई बजेट विनियोजन भएको बताइएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x