यी हुन् संसारकै अचम्मका ५ जीवजन्तु  [तस्वीरसहित]

एजेन्सी- संसारमा केही यस्ता जीवजन्तु हुन्छन्, जुन हेर्दा अचम्म लाग्छ । ती जीवजन्तुलाई देख्दा मानिसहरूले सोच्न सक्छन्- यो कुन चाहिँ ग्रहबाट आयो ?

आज हामी तपाईंलाई केही अचम्मका जीवजन्तुबारे जानकारी दिनेछौं जुन देख्दा तपाईंले भन्नुहुनेछ यो कस्तो खाले जीव हो ?


Advertisement

यसको नाम 'नेकेड मोल र्‍याट' हो । यो पूर्वी अफ्रिकामा पाइन्छ । यो एक प्रकारको मुसा हो । तर यसको शरीरमा हामीले देख्ने गरेको मुसाको जस्तो रौं छैन ।


Advertisement

यसको नाम 'स्यागा एन्टीलोप' हो । यो हेर्दा कुनै हरिणको प्रकार जस्तो लाग्छ । तर यसको नाक छुट्टै प्रकारको छ र लामो पनि छ । 'स्यागा एन्टीलोप' रुस र काजकिस्तानमा पाइन्छ ।

यो जीव हेर्दा मुसा जस्तो छ । तर यसको शरीरमाथि कसैले केही राखिदिएको जस्तो देखिन्छ । यसको नाम 'पिंक फेयरी आर्माडिलो' हो । यो माटो खन्नमा निकै माहिर पनि हुन्छ ।

यो महासागरमा पाइने माछाजस्तै देखिन्छ । यो हेर्दा निकै डरलाग्दो पनि छ । यो अचम्मको माछाको नाम लैम्प्रे हो ।

यसको नाम 'स्टार नोज मोल' हो । यसको नाक अचम्मको छ । त्यसैले यसको नाम 'स्टार नोज मोल' रहन गएको हो ।

कमेन्ट गर्नुहोस्