नेपालले जित्यो हालसम्मकै सर्वाधिक स्वर्ण

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्मकै बढी स्वर्ण पदक जितेको छ । 

नेपालमा जारी प्रतियोगितामा नेपालले हालसम्म ३२ वटा स्वर्ण पदक जितिसकेको छ । अझै खेलहरू बाँकी छन् । जसमा नेपालले स्वर्ण पदकको संख्या थप गर्न सक्नेछ । 


Advertisement

 नेपालले यसअघि ८ औं सागमा ३१ वटा स्वर्ण जितेको थियो । 

नेपाल ३२ स्वर्णसहित पदकतालिकाको दोस्रो स्थानमा रहँदा भारत ४० स्वर्णसहित शीर्षस्थानमा छ ।  


Advertisement

कमेन्ट गर्नुहोस्