मुआब्जा पुनःमूल्यांकन गर्न बूढीगण्डकी प्रभावितको माग

बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित आरुघाट, (गोर्खा) र विशालनगर खहरे (धादिङ) क्षेत्रमा निर्धारण गरिएको मुआब्जामाथि पुनःमूल्यांकन गर्नुपर्ने माग गरिएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिको नेतृत्वमा पीडितहरुले उचित मुआब्जा निर्धारण गर्नुपर्ने र नभएमा रोक्का जग्गाको क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्नेलगायत मागसहित आज माइतीघर मण्डलामा धर्नासमेत दिएका छन् ।


Advertisement

धर्नामा सहभागीहरूले ‘मुआब्जा पुनःमूल्यांकन गर’, ‘आयोजना शीघ्र कार्यान्वयन गर’, ‘सुकुम्वासी बनाउने मुआब्जा निर्धारण मूल्य खारेज गर’, ‘घरजग्गाको एकमुष्ट रकम निर्धारण गर’, ‘पुनर्वासको ग्यारेण्टी होस्’ र ‘आरुघाट नमूना बजारको व्यवस्था गर’ लेखिएका प्ले कार्ड बोेकेका थिए । 


Advertisement

कमेन्ट गर्नुहोस्