पुरुष फूटबल : भुटानले माल्दिभ्सलाई हरायो

फाइल तस्वीर

 काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फूटबलमा माल्दिभ्सलाई पराजित गर्दै भुटान शीर्षस्थानमा उक्लिएको छ । 

बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानले माल्दिभ्सलाई २-१ अन्तरले हराएको हो ।


Advertisement

भुटानका लागि छिमी दोर्जे र फुर्ब धिन्लेले समान एक/एक गोल गरे । माल्दिभ्सका लागि एक मात्रै गोल होम्जा मोहमदले गरे ।

जीतसँगै भुटान अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । भुटानको ६ अंक छ । 


Advertisement

कमेन्ट गर्नुहोस्