×

NMB BANK
NIC ASIA

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा विवादको निकासको लागि कूटनीतिक पहल जारी रहेको स्पष्ट पारेका छन् ।

Muktinath Bank

विहीवार धनगढीमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निकासको लागि कूटनीतिक र राजनीतिक तवरले पहल जारी रहेको स्पष्ट पारेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विषयको गाम्भीर्यतालाई विचार गरेर नै सरकारले सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएर सर्वसम्मत ढंगले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे धारणा स्पष्ट गरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘राष्ट्रिय सहमति बनेको छ ।लिम्पियाधुरा नै महाकालीको मुहान हो र महाकाली सीमा नदी हो । यसमा कुनै कन्फ्युजन छैन । सरकारले अब राजनीतिक र कूटनीतिक ढंगले तुरुन्तै पहल गरेर त्यो क्षेत्र फिर्ता ल्याउन प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने सुझाव त्यो सर्वपक्षीय छलफलले दिएको थियो । त्यो अनुसार सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्र पठाएको छ । त्यसको उत्तर आइसकेको छैन ।’


Advertisment
Nabil box
Kumari

उनले सीमा मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने बेला नआएको पनि स्पष्ट पारेका छन् । पत्रकार जिज्ञासामा उनले अगाडि थपे, ‘मैले अन्तर्राष्ट्रियकरण गर्र्नु पर्दैन भन्ने भाषामा भनेको होइन । हामीले पहिला राजनीतिक र कूटनीतिक पहल गरेर संवादबाट समाधान गर्न कोसिस गर्नुपर्छ । शुरूमा नै अन्तर्राष्ट्रियकरण गर्ने भनेर भन्यो भने यो समस्या झन् जटिल हुन्छ । त्यो चरण अहिले होइन ।’

Vianet communication
Laxmi Bank

नेता प्रचण्डले भारतीय पक्षमाथि कडा टिप्पणी गरेका छन् । केही दिनअघि नेपालका लागि भारतीय पूर्व राजदूत श्याम शरणले कालापानी मुद्दालाई लिएर ‘नेपालका राजनीतिक दलले राजनीतिकरण गरे नेपालको लागि राम्रो हुँदैन’ भन्ने धारणालाई लक्षित गर्दै प्रचण्डले कडा टिप्पणी गरेका हुन् ।

‘पहिलो कुरा उहाँले कसरी भन्नुभयो भन्ने एउटा आर्टिकल पनि आयो भन्ने मैले सुनेको छु । उहाँले ८० लाख नेपालीको कुुरा पनि गर्नु भएछ । यसलाई राजनीतिकरण गरियो भनेर मैले पनि सुने । यो कुरा बिल्कुलै जायज छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘श्यामशरण जस्तो कूटनीतिक रुपले परिपक्व मानिन्थ्यो । उहाँले यो किसिमको भाषा प्रयोग गर्नु कहीँकतै शोभनीय छैन । हामीले कुनै राजनीतिकरण गर्न खोजेका छैनौं । नेपालको भूमि नेपालको हो, भनेका छौं । संवाद र राजनीतिक पहलमार्फत हल गर्ने कुरा गरेका छौं । यसलाई राजनीतिकरण भएको श्यामशरणजीले देख्नुभएको छ भने उहाँको दृष्टिदोष हो । नेपाल राष्ट्र एक छ ।’

सुदूरपश्चिम प्रदेश सरकारको अयोजनामा शुक्रवार धनगढीमा हुने वित्तीय सम्मेलनको उद्घाटन गर्न आएका नेकपा अध्यक्ष प्रचण्डले सबैतिर विकासको गति धमाधम बढेको दाबी गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भइसकेपछि निर्वाचन समेत भएर जननिर्वाचित सरकार आइसकेपछि अबको ध्यान आर्थिक विकास र समृद्धिमा केन्द्रित भएको बताए । सरकारप्रतिको जनअपेक्षा पनि बढेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x