एनआईसी एशिया बैंककोे नयाँ विस्तारित काउन्टर कपिलवस्तुको कृष्णनगरमा

एनआईसी एसिया बैंकले शहरी तथा ग्रामीण जिल्लामा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि विस्तारित काउन्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्ने क्रममा कृष्णनगर विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–२ स्थित कृष्णनगर विस्तारित काउन्टर मंसिर १८ गतेबाट सञ्चालनमा ल्याइएको छ । बैंकले सञ्चालनमा ल्याएको विस्तारित काउन्टरको समुद्घाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गरे ।


Advertisement

विस्तारित काउन्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहकलाई बैंकिङ सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ३१० शाखा कार्यालय, ३९८ एटीएम, ९३ वटा एक्सटेन्सन काउन्टर एवं ४३ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब १९ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करीब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेका ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्