तोरीका फाइदा - क्यान्सर कोष वृद्धि रोक्नेदेखि हृदयघातको सम्भावना कम गर्नेसम्म

हाम्रो खानामा विभिन्न तरिकाले तोरीको प्रयोग हुने गर्छ । भिटामिन, मिनरल र वनस्पतीजन्य चिल्लो पदार्थ भरपूर मात्रामा पाइने तोरीको बिऊलाई हामीले हाम्रो भान्सामा प्रयोग गर्ने भएतापनि यसका फाइदाहरूबारे भने कतिपय अनविज्ञ रहेको पाइन्छ ।

तोरीका गेडामा ग्लुकोसाइनोलेट्स र मायरोसिनस जस्तो यौगिक प्रचुरमात्रामा पाइन्छ, जसले क्यान्सर पैदा गर्ने कोषको वृद्धि रोक्ने काम गर्छ । ह्युमन एण्ड एक्सपेरिमेन्टल टक्सीकोलोजी जर्नलमा प्रकाशित एक रिसर्चका अनुसार सानो तोरीको गेडामा केमोप्रेन्टिभ क्षमता हुन्छ र यसले क्यान्सरलाई रोक्न सक्छ ।


Advertisement


तोरीका गेडाले टाउको दुखेको पनि ठीक गर्ने एक अध्ययनले बताएको छ । तोरीमा म्याग्नेसियम प्रशस्तमात्रामा हुने हुँदा शरीरको स्नायुप्रणालीमा राहत दिलाउने काम गर्छ ।

तोरीको गेडा पाचन प्रणालीमा पनि अति उपयुक्त मानिन्छ । अपचको समस्या भएकाले यसको नियमित सेवन गर्नाले राहत मिल्न सक्छ भने फाइबरले कब्जियतको समस्या समाधान गर्न मदत गर्छ ।


Advertisement

तोरीको गेडाले रक्तचाप कम गर्न पनि मदत गर्छ । यसले शरीरमा भएको कोलेस्टोरेल नियन्त्रण गर्न सहयोग गर्छ ।

 

कमेन्ट गर्नुहोस्