आतकंवादविरुद्धको लडाइँमा इराकले माग्यो नेपालको साथ

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले इराकीहरूका लागि प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाउन तत्काल पहल गर्ने बताएका छन्। आफूलाई भेट्न आएका नेपालका लागि इराकका नवनियुक्त गैरआवासीय राजदुत फलाह अब्लुल्हसन अब्दुलसदालाई थापाले उक्त आश्वासन दिएका हुन्।

राजदूतले उनले भारतमा वर्षेनी ८० हजार इराकी पर्यटकको रुपमा आउने गरेको तथ्यांक प्रस्तुत गर्दै नेपालले इराकीलाई प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाए। नेपाल भ्रमण वर्षमा ठूलो संख्यामा इराकी नेपालमा भ्रमण गर्ने बताएका थिए। उनले आतकंवाद अहिले विश्वको साझा समस्या रहेको भन्दै आतकंवादविरुद्ध आफूहरुको लडाइँमा नेपालको समेत साथ रहने विश्वास व्यक्त गरे।


Advertisement

भेटमा गृहमन्त्री थापाले  इराकमा ठूलो संख्यामा रोजगारीका लागि नेपाली पुगेको बताउँदै त्यहाँ रहेको नेपालीको सुरक्षामा विशेष ध्यान दिन राजदुतसँग आग्रह गरे। नेपालले भ्रमण वर्ष २०२० मनाउन गइरहेको सन्दर्भमा इराकबाट थप पर्यटकको आगमनका लागि वातावरण बनाइदिन राजदुतसँग गृहमन्त्री थापाले आग्रह गरे।

अब्दुलसदाले इराकमा रहेका नेपालीहरुको सुरक्षामा आफुहरु गम्भिर रहेको बताउँदै इराकको विकासमा नेपालीहरुको महत्वपुर्ण योगदान रहेको चर्चा गरे।
 


Advertisement

कमेन्ट गर्नुहोस्