×

NMB BANK
NIC ASIA

बामदेवको खुलासाः नेपालको नयाँ नक्सा सार्वजनिक गराउँदै नेकपा

मंसिर १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतले एकतर्फीरुपमा नेपालको कालापानी क्षेत्रलाई समाहित गरी आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली भूमिको नयाँ नक्सा तयार गरी वितरण गर्न सरकारलाई आग्रह गरेको छ। 

Muktinath Bank

भारतले गत कात्तिक २ गते सार्वजनिक गरेको उसको नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई समेत समावेश गरेपछि नेपालको राजनीति क्षेत्र र जनस्तरमा आक्रोश पैदा भएपछि सरकार र पार्टीले नेपालको नयाँ नक्सा तयारीमा तदारुकता देखाएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले पार्टीबाट निर्णय गरेर भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्रीलाई नेपालको नक्सा तयार गरी चाँडो वितरण गर्न भनिसकेका छौँ,’  पछिल्लो सीमा विवादबारे नेकपाको बुधबार सम्पन्न सचिवालय बैठकको निर्णयबारे सचिवालय सदस्य वामदेव गौतमले भने, ‘हामी हाम्रो एक इञ्च भूमि पनि लिँदैनौँ र हाम्रो भूमि पनि छाड्दैनौँ । त्यसका लागि सरकारको सम्बन्धित मन्त्रालयले आवश्यक पहल गरेर नक्सा सार्वजनिक गर्नेछ ।’


Advertisment
Nabil box
Kumari

सचिवालय बैठकबारे जानकारी दिने क्रममा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठबाट सीमा विवाद समाधानको सो निर्णयबारे उल्लेख गरेका थिएनन्।

Vianet communication
Laxmi Bank

नेकपाको शक्ति सन्तुलनमा निर्णायक मानिएका नेता गौतमले भने, ‘कुन कुन पक्षसँग सहयोग लिएर हुन्छ, तुरुन्त हाम्रो भूमि एक इञ्च पनि बाहिर नपारेर हाम्रो नयाँ नक्सा तयार गरी वितरण गर्ने निर्णय भएको छ । यो निर्णयलाई अध्यक्षहरु र महासचिवले लागू गर्नुहुने नै छ ।’

पार्टी सचिवालयबाट उपाध्यक्ष पदमा प्रस्तावित नेता गौतमले विशेष दूत (स्पेशल इन्भोइ) गएर भारतीय पक्षसँग त्यस्तो नक्सा सार्वजनिकको नचाइदो खिचलो बन्द गर्न भन्नेछ । हाम्रो भूभागमाथि हामीले सार्वभौमिकता लागू गर्न पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट सन्देश हो ।’ 

नेता गौतमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमा विवादबारे कुरा गर्न प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता एवं विदेश मामिला विभागका प्रमुख माधवकुमार नेपाललाई विशेष दूतका रुपमा पठाउने तय भइसकेको पनि जानकारी दिए। भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि देशभर त्यसको विरोध भइरहेको छ भने राष्ट्रको अन्तर्राष्ट्रिय सिमाना रक्षाका निम्ति राष्ट्रिय प्रतिबद्धता प्राप्त भएको छ । नेपाल र भारतबीच लामो समयदेखि एक सयभन्दा बढी स्थानमा सीमा विवाद उठ्दै आएको छ ।

प्रधानमन्त्री ओलीले गत महिला राष्ट्रिय युवा सङ्घ नेपालको राष्ट्रिय भेलामा सम्बोधनका क्रममा कालापानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लान भारतीय पक्षलाई आह्वान गरेका थिए। नेपाली भूमिबाट कालापानी क्षेत्रमा पुग्न सडक प्रबन्ध नहुँदा भारतीय मार्ग हुँदै त्यहाँ पुग्नुपर्ने बाध्यता छ । 

सो विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले कात्तिक २३ गते बोलाउनुभएको सर्वदलीय बैठकमा सीमा सबै दल एक स्वरमा प्रस्तुत भई भारतसँग ऐतिहासिक दस्तावेज, तथ्य र प्रमाणका आधारमा कूटनीतिक संवादबाट सीमा समस्याको निरुपण गर्न सुझाव दिइएको थियो ।

सार्वभौम समानताको सिद्धान्त र राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकी देश भारतसँग कूटनीतिक माध्यमबाट प्रयास थाल्न सरकारले भारतलाई ‘कूटनीतिक नोट’ पठाइसकेको छ । सो पत्रबारे आजसम्म भारतीय पक्षले जवाफ दिएको छैन । परराष्ट्र सचिवस्तरीय संयन्त्रले भने कालापानी र सुस्ताका विषयमा छलफल गरिरहेको छ । नेपाल र भारतबीच ठूला र साना गरी करिब ७० स्थानमा सीमा विवाद रहेको नापी विभागले स्वीकार गरिसकेको छ ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदी नेपालको औपचारिक भ्रमणमा आउँदा कालापानीलगायत सीमा समाधान गर्न समझदारी भएको कुरा संयुक्त वक्तव्यमा उल्लेख गरिएको थियो । नेपाल र भारतबीचको दुईपक्षीय सम्बन्धलाई पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन दुवै देशले ग्रहण गर्न बाँकी छ भने दुई देशबीचका उच्चस्तरीय भ्रमणका अवसरमा भएका सहमतिका आधारमा गठित सीमा विवाद समाधानसम्बन्धी संयन्त्रले काम गरिरहेको छ ।प्रकाश सिलवाल र रमेश लम्साल/ रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x