न्यायाधीश सिफारिस नगरेरै टुंगियो न्याय परिषद् बैठक

न्याय परिषद्को बैठक निष्कर्षविहीन सकिएको छ। सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्न बसेको बैठक  निष्कर्षविहीन बनेको हो।

प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षमा बसेको बैठकले सर्वोच्च अदालत रिक्त रहेको एक न्यायाधीश पदमा नियुक्तिका लागि बैठक बसेको थियो। तर,  पुनः बस्ने गरी बैठक स्थगित भएको परिषद्का प्रवक्ता मानवहादुर कार्कीले जानकारी दिए।


Advertisement

न्याय परिषद् सदस्य रहुनभएका पदम वैदिकलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने विषयमा विरोध आएपछि बैठकले निर्णय गर्न सकेन । परिषद्का सदस्य वैदिकले एक वर्ष कार्यकाल बाँकी रहँदै बुधबार परिषद्को सदस्यबाट राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए।  राष्ट्रपति भण्डारीले राजीनामा स्वीकृतसमेत गरिसकेकी छिन्।

यसैबीच, नेपाल बार एशोसिएशनले न्याय परिषद् र न्यायपालिकाको गरिमा घटाउने गरी न्याय परिषद्का सदस्यलाई न्यायाधीश नियुक्त नगर्न माग गरेको छ । बारका महासचिव लीलामणि पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘न्याय परिषद् र न्यायपालिकाको गरिमा थप घटाउने गरी न्याय परिषद्को सदस्यलाई न्यायाधीश नियुक्त गर्ने गलत पद्धति नबसालियोस् ।’
 


Advertisement

कमेन्ट गर्नुहोस्