राजेन्द्र महतोका छोराको विवाहमा बाबुराम जन्ती, फेटा बाँधेर संस्कृतिको फ्युजन !

काठमाडौं- मधेस केन्द्रीत दल राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले काठमाडौंसँग पारिवारिक नाता गाँसेका छन् । महतोका छोरा राघवेन्द्र महतोले काठमाडौंकी पालिशा तुलाधरसँग विवाह गरेका हुन् ।

बिहीवार काठमाडौंमा भएको विवाह समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भए । 


Advertisement

समाजवादी पार्टी संघीय परिषद्का संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माडवारी समुदायमा प्रचलित फेटा बाँधेका तश्वीर सामाजिक सञ्जालमा राखेका छन् ।

फेटा लगाएको तश्वीर पोष्ट गर्दै उनले लेखेका छन्, ‘राजपा नेता राजेन्द्र महतोका सुपुत्र राघवेन्द्र महतोको काठमाडौंकी सुश्री पालिशा तुलाधरका साथ सुसम्पन्न शुभ विवाहमा पहाड र मधेसको संस्कृतिको रोचक फ्युजन !’


Advertisement

कमेन्ट गर्नुहोस्