×

NMB BANK
NIC ASIA

हिजो दिनभर : प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, सागमा नेपालले जित्यो हालसम्मकै सर्वाधिक स्वर्ण

मंसिर २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राजेन्द्र महतोका छोराको विवाहमा बाबुराम जन्ती, फेटा बाँधेर संस्कृतिको फ्युजन !

Sagarmatha Cement
Muktinath Bank

मधेस केन्द्रीत दल राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले काठमाडौंसँग पारिवारिक नाता गाँसेका छन् । महतोका छोरा राघवेन्द्र महतोले काठमाडौंकी पालिशा तुलाधरसँग विवाह गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार काठमाडौंमा भएको विवाह समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भए । 


Advertisment
Nabil box
Kumari

समाजवादी पार्टी संघीय परिषद्का संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माडवारी समुदायमा प्रचलित फेटा बाँधेका तश्वीर सामाजिक सञ्जालमा राखेका छन् ।

Vianet communication
Laxmi Bank

फेटा लगाएको तश्वीर पोष्ट गर्दै उनले लेखेका छन्, ‘राजपा नेता राजेन्द्र महतोका सुपुत्र राघवेन्द्र महतोको काठमाडौंकी सुश्री पालिशा तुलाधरका साथ सुसम्पन्न शुभ विवाहमा पहाड र मधेसको संस्कृतिको रोचक फ्युजन !’

बामदेवको खुलासाः  नेपालको नयाँ नक्सा सार्वजनिक गराउँदै नेकपा

भारतले एकतर्फीरुपमा नेपालको कालापानी क्षेत्रलाई समाहित गरी आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली भूमिको नयाँ नक्सा तयार गरी वितरण गर्न सरकारलाई आग्रह गरेको छ। 

भारतले गत कात्तिक २ गते सार्वजनिक गरेको उसको नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई समेत समावेश गरेपछि नेपालको राजनीति क्षेत्र र जनस्तरमा आक्रोश पैदा भएपछि सरकार र पार्टीले नेपालको नयाँ नक्सा तयारीमा तदारुकता देखाएको हो।

‘हामीले पार्टीबाट निर्णय गरेर भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्रीलाई नेपालको नक्सा तयार गरी चाँडो वितरण गर्न भनिसकेका छौँ,’  पछिल्लो सीमा विवादबारे नेकपाको बुधबार सम्पन्न सचिवालय बैठकको निर्णयबारे सचिवालय सदस्य वामदेव गौतमले भने, ‘हामी हाम्रो एक इञ्च भूमि पनि लिँदैनौँ र हाम्रो भूमि पनि छाड्दैनौँ । त्यसका लागि सरकारको सम्बन्धित मन्त्रालयले आवश्यक पहल गरेर नक्सा सार्वजनिक गर्नेछ ।’

सचिवालय बैठकबारे जानकारी दिने क्रममा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठबाट सीमा विवाद समाधानको सो निर्णयबारे उल्लेख गरेका थिएनन्।

नेकपाको शक्ति सन्तुलनमा निर्णायक मानिएका नेता गौतमले भने, ‘कुन कुन पक्षसँग सहयोग लिएर हुन्छ, तुरुन्त हाम्रो भूमि एक इञ्च पनि बाहिर नपारेर हाम्रो नयाँ नक्सा तयार गरी वितरण गर्ने निर्णय भएको छ । यो निर्णयलाई अध्यक्षहरु र महासचिवले लागू गर्नुहुने नै छ ।’

पार्टी सचिवालयबाट उपाध्यक्ष पदमा प्रस्तावित नेता गौतमले विशेष दूत (स्पेशल इन्भोइ) गएर भारतीय पक्षसँग त्यस्तो नक्सा सार्वजनिकको नचाइदो खिचलो बन्द गर्न भन्नेछ । हाम्रो भूभागमाथि हामीले सार्वभौमिकता लागू गर्न पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट सन्देश हो ।’ 


कलंकी-कोटेश्वरको मुख्य लेनमा गाडी चलाउन ट्राफिक प्रहरीले लगायो रोक

महानगरीय ट्राफिक प्रहरीले शुक्रवार र शनिवार चक्रपथमा सवारी साधन चलाउन निषेध गरेको छ ।

तेह्रौ दक्षिण एसियाली खेलकुदका लागि शुक्रवार कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्म साइक्लिङ खेल हुने हुँदा दायाँबायाँ सर्भिस लेनमा मात्र गाडी चलाउन सूचना जारी गरेको छ ।

त्यस्तै शनिवार कलंकी हुँदै सातदोबाटो, कोटेश्वरदेखि सूर्यविनायकसम्म साइक्लिङ रहेको छ । शुक्रवार र शनिवार दुवै दिन चक्रपथको कलंकी-कोटेश्वर मार्गको मुख्य मार्गमा सवारी चलाउन ट्राफिक प्रहरीले रोक लगाएको हो ।

शनिवार कोटेश्वरबाट जगातीतर्फ जाने गाडीलाई मोडेर जडिबुटी चोकबाट पेप्सीकोलातर्फ हुँदै पुरानो ठिमी, ब्यासी, कमलविनायक, च्यामासिंह हुँदै लैजान पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

ट्राफिक प्रहरीले आवश्यक परेमा मात्र सर्भिस लेनमा सवारी चलाउन अनुरोध पनि गरेको छ ।

आतकंवादविरुद्धको लडाइँमा इराकले माग्यो नेपालको साथ

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले इराकीहरूका लागि प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाउन तत्काल पहल गर्ने बताएका छन्। आफूलाई भेट्न आएका नेपालका लागि इराकका नवनियुक्त गैरआवासीय राजदुत फलाह अब्लुल्हसन अब्दुलसदालाई थापाले उक्त आश्वासन दिएका हुन्।

राजदूतले उनले भारतमा वर्षेनी ८० हजार इराकी पर्यटकको रुपमा आउने गरेको तथ्यांक प्रस्तुत गर्दै नेपालले इराकीलाई प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाए। नेपाल भ्रमण वर्षमा ठूलो संख्यामा इराकी नेपालमा भ्रमण गर्ने बताएका थिए। उनले आतकंवाद अहिले विश्वको साझा समस्या रहेको भन्दै आतकंवादविरुद्ध आफूहरुको लडाइँमा नेपालको समेत साथ रहने विश्वास व्यक्त गरे।

भेटमा गृहमन्त्री थापाले  इराकमा ठूलो संख्यामा रोजगारीका लागि नेपाली पुगेको बताउँदै त्यहाँ रहेको नेपालीको सुरक्षामा विशेष ध्यान दिन राजदुतसँग आग्रह गरे। नेपालले भ्रमण वर्ष २०२० मनाउन गइरहेको सन्दर्भमा इराकबाट थप पर्यटकको आगमनका लागि वातावरण बनाइदिन राजदुतसँग गृहमन्त्री थापाले आग्रह गरे।

अब्दुलसदाले इराकमा रहेका नेपालीहरुको सुरक्षामा आफुहरु गम्भिर रहेको बताउँदै इराकको विकासमा नेपालीहरुको महत्वपुर्ण योगदान रहेको चर्चा गरे।


साग खेलकुद : उसुमा नेपालकी जुनीले दिलाइन् स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसुमा नेपालकी जुनी राईले स्वर्ण पदक दिलाएकी छन् । 

बिहीवार भएको खेलमा उसुको सान्डा सान्सोमा नेपालकी जुनी राईले महिलातर्फ ५६ केजी तौल समूहमा भारतकी विद्यावति चानुलाई २-० ले पराजित गर्दै स्वर्ण पदक दिलाएकी हुन् । 

नेपालले उसुमा चार वटा स्वर्ण जितेको छ । 

बूढीगण्डकीमा न्यून मुआब्जा निर्धारण जनसमर्थनलाई भड्काउनेतर्फ लक्षित : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना सम्बन्धमा मंसिर १६ गते सार्वजनिक गरिएको जग्गाको मुआब्जा निर्धारण र त्यसप्रति स्थानीयको असन्तुष्टिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सो निर्णयले आयोजनाको भविष्यलाई थप अन्योलतर्फ धकेल्ने भन्दै कांग्रेसले चिन्तासमेत व्यक्त गरेको छ । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीवार एक विज्ञप्तिमार्फत सो क्षेत्रको आरुघाट र खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण व्यावहारिक र वैज्ञानिक ढंगले नगर्दा स्थानीयमा त्यसले आक्रोश उत्पन्न गरेको उल्लेख गरेका छ ।

सो भेगका वासिन्दासँग पर्याप्त छलफल गरी विश्वासमा लिएर मुआब्जा निर्धारण गरिएको भए स्थानीयको असन्तुष्टि एवं आक्रोश नजन्मने विज्ञप्तिमा जनाइएको छ ।

‘मनोगत ढंगले निर्धारित मुआब्जा मूल्यले नागरिकको मनोभावनामा चोट त पुर्‍याएको छ नै त्यसका विरुद्ध रोष प्रदर्शन गर्न स्थानीय बाध्य भएका छन्,’ विज्ञप्तिमा उल्लेख छ । कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले डा. स्वर्णीम वाग्लेको संयोजकत्वको कार्यदलको अध्ययनको निष्कर्षका आधारमा १ हजार २०० मेगावाटको सो परियोजना आफैंले निर्माण गर्ने निर्णय गरेको थियो । 

‘बूढीगण्डकी जलविद्युत् परियोजनाका लागि डिजेल र पेट्रोल खरिदमा प्रतिलिटर ५ रुपैयाँका दरले उपभोक्तामार्फत रकम संकलन गर्दा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको छ तर शान्ति, संविधान र निर्वाचनपछि सो परियोजना निर्माणको विषयले तीव्र गति लिने अपेक्षाविपरीत वर्तमान सरकार गठन भएपछि यो परियोजनाको भविष्य एकपछि अर्को घटनाका साथ अन्योलमा पर्दै गएको छ । न्यून मुआब्जा प्रकरण त्यसको पछिल्लो उदाहरण बन्न पुगेको छ,’ प्रवक्ता शर्माले विज्ञप्तिमा उल्लेख गरे ।


साग खेलकुद : पौडीमा गौरिकाले दिलाइन् स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक दिलाएकीछन् । 

बिहीवार महिला दुई सय मिटरमा फीस्ट्राइलमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी हुन् । 

यससँगै नेपाले स्वर्ण पदकको संख्या ३३ पुर्‍याएको छ । 


रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ : उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको महसूस गरेको बताएका छन् ।

बिहीवार राजधानीमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘औद्योगिक सम्बन्धका मुख्य पक्षहरू रोजगारदाता र ट्रेड युनियनको सोचाइ र व्यवहारमा सकारात्मक परिवर्तनले नै श्रम तथा औद्योगिक सम्बन्ध बलियो र दीगो बनाउन सक्ने बताए ।

यस किसिमको सोचले देशमा औद्योगिक प्रवद्र्धन र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याउने भन्दै उनले यस सम्बन्धलाई थप बलियो र भरपर्दाे बनाउन अझै थप सहकार्य गर्नुपर्नेमा जोड दिए ।

रोजगारदाता र ट्रेड युनियनले आर्थिक एवं सामाजिक विकासका सहयात्री र साझेदारको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका र आफूहरूले पनि यही रुपमा व्यवहार गरिरहेको उनले बताए ।

उपाध्यक्ष ढकालले श्रम ऐन र सामाजिक सुरक्षा ऐन निर्माण गर्न रोजगारदाता र ट्रेड युनियनले लामो समय सहकार्य गरेको स्मरण गर्दै हाल यी महत्त्वपूर्ण कानुनको कार्यान्वयनको चरणमा रहेको बताए । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा केही व्यवहारिक जटिलता देखिएपनि एकले अर्काेलाई दोष दिएर नभई व्यावहारिक ढंगले सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

सरकार गुठीको सम्पत्ति जोगाउने अभियानमा छ, निजी गुठी गुठियारकै सम्पत्ति - मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार गुठीको सम्पत्ति जोगाउने अभियानमा रहेको बताएकी छन् ।

निजी गुठीका सन्दर्भमा गुठियारले भनेअनुसार नै अगाडी बढिने मन्त्री अर्यालले प्रतिबद्धता गरिन् । सरकारले गुठीको विषय समेटिएको एकिकृत भूमि ऐन ल्याउन लागेको सन्दर्भमा गुठी विधेयकविरुद्ध एकीकृत आन्दोलन समितिले आज बिहिवार मन्त्री अर्याललाई ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका गुठी बचाउ अभियानका अगुवाहरूलाई सम्बोधन गर्दै त्यस्तो बताइन् ।
मन्त्री अर्यालले निजी गुठीको सन्दर्भमा सरकारले धेरै चासो नदिने बताउदै गुठी संस्थानले हेर्दै आएको बाँकी गुठीलाई सुशासन कायम गर्दै व्यवस्थित गरिने बताइन् ।

'निजी गुठीको हकमा यो नै यसको समाधान हो भनेर तपाइहरूले ल्याएको कुरा नै हामी ओके गरेर जान्छौ । बाँकी गुठी संस्थानले हेरेका गुठीका हकमा तपाइहरूले धेरै चासो नदिनुहोला', मन्त्री अर्यालले भनिन्, 'हामी गुठीको सम्पत्ति जोगाउने अभियानमा छौ । सुशासन कायम गर्ने अभियानमा राज्य हो । यो जनता राष्ट्रकै निम्ती फाइदा हुने कुरा हो ।'

गुठीको समस्या अब लामो समय नरहने भन्दै मन्त्री अर्यालले छिट्टै सरकारले यसको समाधान गर्ने बताइन । विगतको गुठी विधेयकमा पनि गुठी संस्थानले हेरेको ३ वटा गुठी व्यवस्थित गर्ने कुरामा मन्त्रालय केन्द्रित भएको भन्दै उनले निजी निजी गुठियाराकै सम्पत्ति भएको बताइन ।

अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओलीले भने– स्वस्थ भएर घर जाँदैछु

प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्यलाभ गरेर डिस्चार्ज भएका छन् ।

त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री ओलीलाई बिहीवार अपराह्न डिस्चार्ज गरेको हो ।

पेट दुखेपछि ओली यही मंसिर १० गते अस्पताल भर्ना भएका थिए । उनलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि आकस्मिक शल्यक्रिया गरिएको थियो ।

अस्पताल परिसरबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले आफू स्वस्थ्य भएर फर्किन लागेको प्रतिक्रिया दिए ।

डिस्चार्ज गर्दै अस्पतालले ओलीलाई केही दिन आराम गर्न सुझाव दिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य लाभ भएको जनाइएको छ ।

नेपालले जित्यो हालसम्मकै सर्वाधिक स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्मकै बढी स्वर्ण पदक जितेको छ । 

नेपालमा जारी प्रतियोगितामा नेपालले हालसम्म ३२ वटा स्वर्ण पदक जितिसकेको छ । अझै खेलहरू बाँकी छन् । जसमा नेपालले स्वर्ण पदकको संख्या थप गर्न सक्नेछ । 

 नेपालले यसअघि ८ औं सागमा ३१ वटा स्वर्ण जितेको थियो । 

नेपाल ३२ स्वर्णसहित पदकतालिकाको दोस्रो स्थानमा रहँदा भारत ४० स्वर्णसहित शीर्षस्थानमा छ ।  

न्यायपरिषद् सदस्य वैदिकले दिए राजीनामा

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिएका छन् ।

नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क) बमोजिम बुधबार उनले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

वैदिक सर्वोच्च अदालतको न्यायाधीश बन्ने तयारीमा छन् ।


साग खेलकुद : साइक्लिङमा बुद्धिले दिलाए स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ३२ औं स्वर्ण पदक जितेको छ । 

नेपालका लागि ३२ औं स्वर्ण साइक्लिङको क्रस कन्ट्री पुरुषमा बुद्धिबहादुर तामाङले दिलाएका हुन् । 

बिहीवार तामाङले क्रस कन्ट्रीको ४ किलोमिटरको ल्यापमा बुद्धिले १ घण्टा १९ मिनेट ०८ सेकेन्ड लगाए ।

यस स्वर्णसँगै नेपालले साग खेलकुदमा अहिलेसम्मकै सर्वाधिक स्वर्ण पदक जित्न सफल भएको छ । 

नेपालले यसअघि ८ औं सागमा ३१ स्वर्ण जितेको थियो । 


स्वरसम्राट नारायण गोपाल : चुरोट, रक्सी नखाने भए झन् उनको स्वर कस्तो हुँदो हो ?

आज स्वरस्रमाट नारायण गोपालको २९ औं स्मृति दिवस। नेपाली सांगीतिक क्षेत्रका एक अमर तारा । उनै स्वरसम्राट् जसका गीत आम मानिसका मनमा सजिलै बास बसेका छन्  ।

वि.सं. १९९६ असोज १८ गते आशागोपाल गुरुवाचार्य र रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा जन्मिएका नारायणगोपाल (गुरुवाचार्य) २०१७ सालमा रेडियो नेपालमा स्वर परीक्षण गराएर नेपालीसंगीत क्षेत्रमा प्रवेश गरेका थिए ।

शुरूशुरूमा अगाडि आएर गीत गाउन समेत लजाउने नारायणगोपाल पछि भने आधुनिक गायनको क्षेत्रमा पर्यायका रूपमा स्वरसम्राट् भएर उदाए । नेपाली संगीतको क्षेत्रमा ५ सयभन्दा बढी गीतमा आफ्नो स्वर र ३ सयभन्दा बढी गीतमा संगीत भरेका उनले वि.सं. २०२३ मा संगीत विधाका लागि सर्वोत्तम संगीतकारको पुरस्कार पाएका थिए । त्यो उनको पहिलो पुरस्कार थियो 

नारायणगोपालले औपचारिक रूपमा संगीतको शिक्षा नलिएको पाइन्छ । उनी संगीत सिक्न भारतको बडोदा गए तर पढाई पूरा नगरी फर्के । यसर्थ उनले संगीतमा कुनै पनि औपचारिक शिक्षा नलिएको बुझ्न सकिन्छ ।

उनले गाएका धेरै गीतहरूमा पीडा, विरह र वियोग मिसिएको पाइन्छ । के उनी प्रेममा विरक्तिएका थिए ? कलाकार नीर शाह भन्छन्, ‘उहाँले धेरै खालका गीत गाउनुभएको छ । विछोडका गीत श्रोताले बढी मन पराएका मात्र हुन् ।’

गीतकार नगेन्द्र थापाको धारणा भने फरक छ । उनी भन्छन्, ‘उसले (नारायण गोपालले) आफ्ना गीत कहिल्यै गाएन । अरूले लेखेका गीत गायो । विछोडका गीत मात्र गायो भन्ने हुँदै होइन ।’


प्रधानमन्त्री पूर्ण स्वस्थ हुन एक–डेढ महिना लाग्छ : प्रचण्ड

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको अस्वस्थता देखेर आफूले चीन भ्रमण स्थगित गरेको बताएका छन् । 

बिहीवार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री स्वस्थ भएर नियमित काम गर्ने स्थितिमा फर्केपछि मात्र चीन भ्रमणमा जाने आशय व्यक्त गरेका हुन् ।
‘प्रधानमन्त्री डिस्चार्ज हुनेबित्तिकै नियमित काम गर्न सक्ने भन्ने होइन,’ अध्यक्ष प्रचण्डले भने, ‘उहाँ पूर्ण रूपमा स्वस्थ हुन अझै एक–डेढ महिना लाग्न सक्छ । त्यसैले मैले चीन भ्रमण स्थगन गरेको हुँ ।’

सीमा विवादका विषयमा भारतसँग आफूले कूटनीतिक पहल गर्नुपर्छ भन्ने आफ्नो भनाइ रहेको बताउँदै प्रचण्डले भने, ‘मैले अन्तर्राष्ट्रियकरण गर्नै हुँदैन भनेको होइन, प्रक्रिया अनुसार जानुपर्छ भनेको हो । अहिले कूटनीतिक पहल गरौं र भएन भने बल्ल अन्तर्राष्ट्रियकरण गरौं भनेको हुँ ।’

गृहजिल्ला पुगेर उद्योगमन्त्री भट्टको घोषणा : ‘हरेक स्थानीय तहमा ग्रामीण उद्योग खुल्छ’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले हरेक स्थानीय तहमा ग्रामीण उद्योग स्थापना गर्नेतर्फ सरकार उन्मुख भएको बताएका छन् ।

मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला कैलाली पुगेका मन्त्री भट्टले बिहीवार गेटा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय तहले ग्रामीण उद्योगको लागि जति छिटो डीपीआर तयार पारेर केन्द्रीय सरकारलाई पठाए त्यति नै छिटो कार्यान्वयनमा अगाडि बढ्ने बताए ।

सरकारको नीति तथा कार्यक्रम अनुसार अत्तरिया धनगढीलाई औद्योगिक कोरिडोरको रुपमा विकास गर्न सरकार अगाडि बढिसकेको पनि मन्त्री भट्टले जानकारी गराए ।

आर्थिक विकास विना मुलुकको समृद्धि हासिल गर्न नसकिने उल्लेख गर्दै मन्त्री भट्टले बन्द भएका तथा रुग्ण उद्योग पुनः सञ्चालनमा सरकार लागिपरेको बताए ।

सीमा रक्षाका विषयमा सबै दल एकजुट हुनुपर्छ : नेता खनाल

पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।

इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन भन्दै पूर्व प्रधानमन्त्री खनालले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिए।
सरकारको मात्र प्रयासले सम्भव नभए देशका सबै दल एकजुट भएर भए पनि दबाब दिनुपर्ने उनको भनाइ थियो । उनले लिम्पीयाधुरा, लिपुलेक, सुस्ता जस्ता स्थान नेपालको हो भन्नेमा सबै राजनीतिक दलको एकै आवाज रहेको बताए।


सिद्धार्थ राजमार्गबाट जीप खस्दा २ जनाको मृत्यु

पाल्पाको सिद्धार्थ राजमार्ग खण्डमा सडकबाट जीप खस्दा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको तिनाउ गाउँपालिका–५ चौविसमाइलमा बिहान ११ बजे लु१ज ४२०९ नम्बरको जीप सडकबाट अम्दाजी २०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा २ जना पुरुषको मृत्यु भएपनि सनाखत हुन नसकेको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।


भुटानविरुद्ध नेपालको शानदार जीत
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तेह्रौं संस्करणअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध शानदार जीत दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल १४१ रनले विजयी भयो ।

नेपालले पेश गरेको २३७ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र जोड्न सक्यो ।

उसका लागि रानजंग दोर्जीले सर्वाधिक २७ रन जोडे । यसक्रममा उनले ४ वटा त छक्का नै प्रहार गरेका थिए ।

भुटानलाई लक्ष्यसम्म पुग्नबाट रोक्ने क्रममा पूर्वकप्तान पारस खड्काले २ तथा करन केसी, पवन सर्राफ र ललित राजवंशीले १-१ विकेट लिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x