साग खेलकुद : एथ्लेटिक्समा पार्कीले दिलाए नेपाललाई स्वर्ण

काठमाडौं-  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समार्फत नेपालले स्वर्णको संख्या थप गरेको छ ।

शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नेपालका गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका हुन् ।


Advertisement

उनले ५ हजार मिटर दुरी १४ मिनेट ५४.२ सेकेन्डमा पूरा गरे ।

पार्कीको स्वर्णसँगै नेपालले स्वर्णको संख्या ३७ पुर्‍याएको छ ।


Advertisement

 

कमेन्ट गर्नुहोस्