कृत्रिम गर्भाधानबाट जन्मियो ६ ग्रामको भ्यागुताको बच्चा

अमेरिकाको टेक्सासस्थित फोर्ट वर्थ जूमा ओलाफ नामक भ्यागुता प्रजातिको नयाँ बच्चा जन्माइएको छ ।

मिसिसिपी स्टेट युनिर्भर्सिटीको सहकार्यमा जन्माइएको उक्त बच्चालाई इन-भिट्रो फर्टिलाइजेसन अर्थात् कृत्रिम गर्भाधान प्रविधिबाट जन्माइएको हो । यसलाई ६ वटा जंगली भ्यागुताको वीर्यलाई दुई वटा अर्को भ्यागुताको अण्डासँग मिसाएर जन्माइएको हो ।


Advertisement

प्युर्टोरिकोमा रहने यी भ्यागुता प्रजाति संकटापन्न अवस्थामा छन् र यिनको संरक्षणका लागि यो नयाँ प्रविधि निकै उपयोगी हुने अनुमान गरिएको छ । केवल ६ ग्रामको ओलाफको आजकाल निकै चर्चा चुलिएको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्