झापामा जंगली हात्तीबाट सर्वसाधारणलाई दुःख !

झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नम्बर वडाको ज्यामिरगढीका वासिन्दालाई जंगली हात्तीले दुःख दिन थालेको छ ।

हात्ती संसाँझै गाउँ पसेर घर भत्काउन, लगाएका अन्नबाली खाइदिन थालेपछि त्यस क्षेत्रका वासिन्दा रातभर नसुती जाग्राम बस्न विवश बनेका छन्  ।


Advertisement

वडा नम्बर १३ का अध्यक्ष कृष्णराज सिग्देलले हातेमालो सामुदायिक वनबाट  एक्ले हात्ती साँझ पर्नासाथ गाउँ पस्ने गरेकोे र घर भत्काउन, भित्र्याइएको धान समेत खाइदिने गरेको जानकारी दिए ।

यसैगरी वडा नम्बर १५ का स्थानीय कृष्ण दाहालले दैनिक साँझ पर्नासाथ आउने हात्तीले पक्की घरसमेत भत्काउन थालेपछि गाउँले त्रसित भएको बताए । उनले भने, ‘दिनभर नजिकै रहेको चिया बगानमा बस्ने र साँझ पर्नेबित्तिकै गाउँ छिर्ने हात्तीबाट जोगिन समस्या भएको छ ।’


Advertisement

डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित क्षेत्रका विद्यालय र सार्वजनिकस्थलमा हात्तीबाट जोगिने उपायका बारेमा सचेतनामूलक सन्देश लेखिएका पोस्टर टाँस्ने र जंगल नजिकै वासिन्दालाई टर्चलाइट बाँड्ने लगायतका काम गरेको जनाएको छ । 

कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार झापाका विभिन्न जंगलमा रहेका १३ रैथाने हात्तीले गाउँमा पसेर स्थानीयलाई दुःख दिन थालेको बताए । उनले केही दिनयता दैनिकजसो हात्तीले घर भत्काएको जानकारी कार्यालयमा आइरहेको जानकारी दिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्