×

NMB BANK
NIC ASIA

सुन्तलाका बोट मर्न थालेपछि किसानलाई चिन्ता

मंसिर २०, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सुन्तलाका बोट मर्न थालेपछि चितवनका किसान चिन्तित बनेका छन् ।

Muktinath Bank

सुन्तला खेतीले परिचित इच्छाकामना गाउँपालिका–५ तामिन गाउँका किसान सुन्तलाका बोट मर्न थालेपछि चिन्तित बनेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत केही वर्षयता सुन्तलाका बोट मर्न थालेका तामिन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत रहेका कृषक हरिबहादुर नेपालले बताए । गत वर्ष मात्र ७ लाख रुपैयाँका सुन्तला बेचेर आम्दानी गरेका कृषक नेपालले यस वर्ष १ लाख रुपैयाँको हाराहारीमा मात्र आम्दानी हुने अनुमान गरिएको बताए ।


Advertisment
Nabil box
Kumari

‘सुन्तलाका बोट मरेर बगैंचा रित्तो हुँदैछ, भएका बोटमा पनि राम्रो दाना लागेका छैनन्, गत वर्ष ७ लाखका सुन्तला बिक्री गरे, यस वर्ष १ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छु, हरेक वर्ष आम्दानी घट्दो छ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

सुन्तलाका बोट मर्न थालेसँगै हरेक वर्ष आम्दानी घट्न थालेपछि अहिले किसान अन्य विकल्पतर्फ लागेका अर्का युवा कृषक रामप्रसाद बोहोराले बताए । बोहोराका अनुसार अहिले सुन्तला मासेर गोलभेडालगायत अन्य तरकारीखेती गर्नतर्फ किसान लगेका छन् । ‘बर्षेनि सुन्तलाका बगैंचा रित्तिँदै गएका छन्, भएका बोटमा पनि राम्रो फल लाग्न छाडेको छ, बयस्क बोट पनि मर्न थालेका छन्, अहिले किसान विकल्पमा अन्य तरकारी खेतीतर्फ लागेका छन्,’ उनले भने ।

उनका अनुसार तामिनमा मात्र ६० घरपरिवारले सुन्तलाखेती गर्दै आएका छन् । राम्रो फल लागेको वर्ष तामिन गाउँमा सुन्तलाबाट मात्र २ करोड रुपैयाँसम्म आम्दानी भित्रिने गरेको उनले बताए । यहाँ एकै किसानले राम्रो फल लागेको वर्ष वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गर्छन् । केही वर्षयता क्रमशः सुन्तलाका बोट मासिँदै गएपछि बर्सेनि आम्दानी घट्ने क्रममा छ । २ वर्षअघि कृषि विज्ञ प्राविधिकलाई सुन्तला बगैंचामा नै ल्याएर अध्ययन गराएका थिए । कृषि विज्ञले ती बगैंचामा सबै सुन्तलाको बोट नष्ट गरी कम्तीमा २ वर्ष खाली राख्न सुझाव दिएको कृषक नेपालले बताए ।

तामिन गाउँ जिल्लाकै स्वादिलो सुन्तला उत्पादन हुने  गाउँ भनेर परिचित  छन् । सुन्तलामा रोगको संक्रमण बढ्दै गएपछि यहाँका सुन्तला बगैंचा रित्तिदै गएका छन् । विकल्पमा अहिले यहाँका किसान अन्य तरकरीखेतीतर्फ लागेका छन् । यहाँ किसानले विक्रम संवत् २०५२ देखि नै व्यवसायी सुन्तलाखेती गर्दै आएका हुन् । वडा नम्बर ५ कै साठीमुरे गाउँमा पनि यस वर्ष सुन्तलामा फल लागेन । अलिअलि लागेका फल पनि असिनाले नष्ट गरेको यानबहादुर गुरुङले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x