कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
रुपन्देही क्षेत्र नम्बर २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैयाँ शतप्रतिशत शिक्षामा लगानी गरिएको छ ।
रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा रहने कार्यक्रम निर्देशक समितिका संयोजक तथा सांसद पूर्व अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बसेको बैठकले १२ वटा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रकम खर्च गर्ने निर्णय गरेको हो ।
समितिमा संघीय समानुपातिक सांसद, राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, क्षेत्रभित्र पर्ने पालिकाका प्रमुख/अध्यक्ष सदस्य रहने व्यवस्था छ ।
धेरैतिर कनिका जस्तो रकम छर्नुभन्दा सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न मद्दत पुगोस् भनेर परिणाम निस्किने गरी शिक्षा क्षेत्रमा सबै रकम विनियोजन गरिएको हो । रूपन्देहीको तिलोत्तमा–६ पश्चिम पाहुनी मावि तिलोत्तमा–६ को गिर्वाण संस्कृति मावि, तिलोत्तमा–२ को जनजागृति मावि, तिलोत्तमा–४ को जनज्योति मावि, बुटवल–११ को नविन औद्योगिक कदरबहादुर रीता मावि, सिद्धेश्वर लालकुमारी माविलाई ५०/५० लाख रूपैयाँ रकम विनियोजन भएको हो ।
सैनामैना–१ को पर्रोहा परमेश्वर आधारभूत विद्यालयको पूर्वाधार विकास गर्न ३५ लाख, सैनामैना–२ को कालिका तथा जनज्योति आधारभूत विद्यालयको पूर्वाधार निर्माण गर्न ५० लाख, पर्रोहा माविको ४ कोठे भवन निर्माण गर्न ६५ लाख, बुटवल–११ को नहरपुर माविलाई ५० लाख, सरस्वति मावि बुटवल–१२ लाख ५० लाख र जनता मावि बुटवल–८ लाख ५० लाख गरी विनियोजित ६ करोड रूपैयाँ विद्यालयलाई रकम र कार्यविधि दिइँदैछ ।
पौडेलले निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएका छन् ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...