×

NMB BANK
NIC ASIA

ग्लोबल आईएमई बैंक र जनता बैंक गाभिएपछि एकीकृत कारोबार शुरू

मंसिर २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ग्लोबल आईएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेड एकआपसमा गाभिइ ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट शुक्रवारदेखि एकीकृत वित्तीय कारोबार शुरू भएको छ ।

Muktinath Bank

अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रवार ग्लोबल आईएमई बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच २ बैंकको संयुक्त कारोबारको शुभारम्भ गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकीकृत भइसकेपछि ग्लोबल आईएमई बैंक पूँजी, व्यवसाय, शाखा संजाल समेतका हिसावले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ ।


Advertisment
Nabil box
Kumari

बैंकको प्राथमिक पूँजी करीब २४ अर्ब रुपैयाँ (चुक्ता पूँजी करीब १९ अर्ब रुपैयाँ र सञ्चित कोष गरी), कुल निक्षेप २ खर्ब १३ अर्ब रुपैयाँ र कुल कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँभन्दा बढी पुग्ने छ । 

Vianet communication
Laxmi Bank

७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा पुग्ने गरी बैंकको ३ सयभन्दा बढी शाखा, २५९ एटीएम, २४३ शाखा रहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दाबढी सेवा केन्द्रबाट सेवा प्रदान गर्न सक्षम हुनेछ ।

कार्यक्रममा बौल्दै अर्थमन्त्री डा. खतिवडाले मुलुकमा अर्थतन्त्रको संरचना परिवर्तन हुन लागेको बताउँदै देशले अल्पकालीन मात्र नभएर मध्यकालीन र दीर्घकालीन लगानी मागिराखेको बताए ।

‘यसका लागि पनि ठूलो संरचना भएका वित्तीय संस्थाहरूको सञ्चालन सकारात्मक कुरा हो । यो मर्जरबाट देशका अरु पनि बैंक तथा वित्तीय संस्थाहरूले सिकुन्,’ उनले भने ।

नेपाल राष्ट्र बैंकका गभर्रनर डा. चिरन्जीवि नेपालले बैैंक पूँजी लगायत सबै हिसाबले ठूलो वित्तीय संस्था बनेकोले त्यसै अनुरुप काम गर्न सुझाव दिए ।

‘यो ठूलो वित्तीय संस्था भयो, पुँजी र सबै हिसाबले । अब निक्षेपकर्ताको अपेक्षा पनि बढ्न जान्छ, त्यसैले त्यसतर्फ काम गर्नुहोला । कुनै पनि संस्था ठूलो हुनुसँगै यसका चुनौतीहरू पनि बढ्छन् नै । त्यसैले खतरा या चुनौतीको व्यवस्थापनमा पनि ध्यान पुगोस्,’ उनले भने । 

‘बैंकहरूमा पछिल्लो समयमा धेरै कमजोरी देखिएका समाचार सुनिन्छ, उहाँले भन्नुभयो यस्ता चुनौतीबाट बैंकलाई बचाउन डिजीटलाइजेसनमा बढी लगानी गर्नुपर्छ । यसका साथै आफ्ना कर्मचारीलाई समय सापेक्ष तालिम दिने, उनीहरुलाई अद्यावधिक गर्ने र सक्षम बनाउने काम पनि अघि बढाउनुपर्‍यो,’ उनले भने ।

नेपाल राष्ट्र बैंकको नीतिको पालना गरेकोमा खुशी व्यक्त गर्दै उनले यसबाट अरु बैंकहरुले पनि सिक्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक ठूलो हुनु भनेको सोही अनुरुप जिम्मेवारी पनि ठूलो हुनु रहेको बताए ।

‘अब बैंकको लगानीको क्षमता बढेको छ सोही अनुरुप पूर्वाधारका क्षेत्रमा पनि लगानी बढ्नुपर्छ,’ उनले भने, ‘अब बैंकले उद्योगी व्यवसायीलाई कम ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एकीकृत भइसकेपछि बैंकको पूँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमताको वृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधन, प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि हुने बताए ।

उनले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सेवा प्रदान गर्न अझ सहज हुने बताए । मर्जर तथा प्राप्तिमा ग्लोबल आईएमई बैंकसँग लामो अनुभव भएको बताउँदै उनले मर्जर पछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।

जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले मुलुकको अर्थतन्त्र र जनसंख्याको तुलनामा बैंक तथा वित्तीय संस्था बढी भएपनि मुलुकको विकासका लागि आवश्यक ठूला परियोजनामा वित्तीय लगानी गर्न नसकिने अवस्था रहेकोले सबल र सक्षम बैंक बनाउन मर्जरमा गएको बताए ।

बैंकको पूँजी तथा निक्षेपको आकार ठूलो भएसँगै अबका दिनमा देशमा ठूला आयोजना अघि बढाउन सहयोग हुने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष विष्णु अग्रवालले बैंकको आकार ठूलो भएसँगै ठूला–ठूला परियोजनामा विविधिकरण गरेर लगानी गर्नुपर्ने बताए ।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बजारमा निक्षेप परिचालनमा बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा भइरहेको अवस्थामा वाणिज्य बैंक एकआपसमा मर्जरमा गएर राम्रो सन्देश दिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x