×

NMB BANK
NIC ASIA

सभामुख कसलाई बनाउने भन्ने राजनीतिक सहमति नजुटेपछि संसदको हिउँदे अधिवेशन बोलाउने गृहकार्यमा ढिलाइ भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।

Sagarmatha Cement
Muktinath Bank

सभामुख चयनका लागि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै राजनीतिक सहमति बन्न नसक्दा नहुँदा अधिवेशन बोलाउने तयारी अन्योलमा परेको मात्र होइन, संसदका विभिन्न समितिहरूले विधेयकउपर गर्ने छलफल पनि प्रभावित बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार कानून, न्याय तथा मानवअधिकार समितिले प्रमाण ऐन संशोधन विधेयकको दफावार छलफलका लागि राखेको बैठकमा सभामुख चयन किन नभएको भन्दै सांसदहरूले सभापतिलाई र्‍याख र्‍याख पारेका थिए । सभामुख नहुँदा विधेयक प्रमाणीकरण नभएको, अनुगमन कार्य रोकिएको लगायतका गुनासा सांसदहरूबाट आएपछि सभापति कृष्णभक्त पोखरेल एकछिन अक्क न बक्क परे ।


Advertisment
SBL

बैठकमा सत्तारूढ दलका केही सांसदले प्रधानमन्त्रीको अस्वस्थताका कारण सभामुख चयनमा राजनीतिक सहमति जुट्न ढिलो भएको बताएर यो विषयलाई धेरै अघि नबढाउन आग्रह गरे । 

Vianet communication
Laxmi Bank

‘संसदको हिउँदे अधिवेशनको पहिलो काम सभामुख चयन हुनेछ,’ नेकपाका एक सांसदले लोकान्तरसँग भने, ‘त्यसका लागि अध्यक्षद्वयको नियमित भेटघाट र छलफल भएकै छ । अप्रत्यासित घटनाका कारण महराले छोड्नुपर्‍यो, यसमा होहल्ला गर्नुपर्ने कारण के छ र ? सभामुख नहुँदा केही प्राविधिक कामहरू रोकिएका होलान्, यही विषयलाई लिएर विरोधका लागि विरोध गर्ने ?’

सभामुखमा पूर्व एमाले र पूर्व माओवादी पक्षको जुहारी !

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्तीको प्रयास गरेको आरोप लागेर कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ । त्यसयता कसलाई सभामुख बनाउने भनेर नेकपाभित्र अनौपचारिक कुराकानी भएपनि औपचारिक रूपमा कुनै छलफल नभएको नेताहरूले दाबी गरेका छन् ।

सभामुख आफैंले पाउनुपर्ने भन्दै केही पूर्व माओवादी नेताहरू लबिङमा लागेका छन् । पूर्व एमाले पक्षले भने पार्टी एक भइसकेकाले सक्षम व्यक्ति छानिनुपर्ने अडान राख्ने गरेका छन् । 

स्रोतका अनुसार नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हुने भेटघाटमा सभामुखको कुरा कहिलेकाहीँ हुने गरेको छ । ३ साताअघि भएको मन्त्रिपरिषद् हेरफेरताका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने विषयमा २ अध्यक्षबीच छलफल भएको थियो तर तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउने भएमात्र राजीनामा गर्ने अडान लिएकी थिइन् । त्यसयता सभामुख चयनको विषय सेलाएको थियो । 

संसदको बजेट अधिवेशन गत असोज २ गते समापन भएको थियो । सामान्यतया पुस महिनामा संसदको हिउँदे अधिवेशन आह्वान गर्ने गरिएको छ । गत वर्ष पुस ११ गते संसदको हिउँदे अधिवेशन शुरू भएको थियो । गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते संसदको हिउँदे अधिवेशन आह्वान गरेकी थिइन् ।

बल अध्यक्षद्वयकै कोर्टमा, पार्टीभित्र छलफल शून्य 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । सरकारका एक मन्त्रीले संसदको हिउँदे अधिवेशनको तयारी केही दिनमा शुरू हुने बताए । प्रधानमन्त्री अस्वस्थ रहेका कारण गत हप्ता मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन ।

‘गत हप्ता क्याबिनेट बसेको भए सम्भवतः हिउँदे अधिवेशनको एजेण्डामा छलफल हुने थियो,’ उनले भने, ‘तर प्रधानमन्त्रीज्यू अस्वस्थ हुनुभयो र क्याबिनेट भएन । उहाँ स्वस्थ भएर फर्किनुभएको छ । अब बस्ने क्याबिनेटमा यो विषय प्रवेश गर्न सक्ने सम्भावना छ ।’

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले दलहरूबीच अधिवेशन आह्वानबारे अब छलफल हुने विश्वास गरे । ‘प्रधानमन्त्री भर्खर डिस्चार्ज हुनुभएको छ, २ अध्यक्षबीच केही कुरा भएको भए थाहा भएन, अब दलहरू सल्लाहमा जालान्,’ पूर्व सभामुख नेम्वाङले लोकान्तरसँग भने ।

पढ्नुहोस्, यो पनि :

नयाँ सभामुखको खोजी : को होला व्यवस्थापिकाको गुमेको शाख फिर्ता गर्ने नायक ?

नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङले मन्त्रिपरिषद् र राष्ट्रपतिको क्षेत्राधिकार भएको विषयमा आफ्नो केही टिप्पणी नरहने बताए । ‘मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने व्यवस्था छ,’ गुरुङले भने, ‘संसदीय दलमा यसबारे केही छलफल भएको छैन ।’

कहिले लाग्छ सभामुखको उम्मेदवारको टुंगो ?

संविधानतः सभामुख र उपसभामुख फरक–फरक पार्टी र लिङ्गको हुनुपर्ने प्रावधान छ । २०७४ सालको निर्वाचनपछि बनेको संसदमा तत्कालीन माओवादी र एमालेको एकीकरण नभएको अवस्थामा माओवादीले सभामुख र एमालेले उपसभामुख लिने सहमति बनेको थियो । पार्टी एकीकरणपश्चातको अवस्था फरक छ । 

एकीकरणपछि बनेको नयाँ पार्टीले या त सभामुख छाड्नुपर्ने हुन्छ या त उपसभामुख । प्रचण्ड बहुमतका साथ सत्तासीन रहेको नेकपा सभामुख छाड्न चाहँदैन । त्यसैले सभामुखको चुनावअघि उपसभामुखले राजीनामा दिनु अनिवार्य शर्त जस्तै हो नेकपाका लागि । 

तर सभामुख बन्ने ग्यारेन्टी नभए उपसभामुखबाट राजीनामा नदिने अड्डी छ तुम्बाहाम्फेको । त्यसलाई कानूनी हिसाबले स्वाभाविक मान्न सकिएपनि राजनीतिक सहमति आवश्यक परेको ठाउँमा तुम्बाहाम्फेले बाटो बन्द नगर्ने विश्वास प्रधानमन्त्रीको छ । 

एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले राजनीतिक सहमति भएको खण्डमा तुम्बाहाम्फे राजीनामा दिन तयार हुनुपर्ने आशय व्यक्त गरेका थिए । सरकारमा सहभागी समाजवादी पार्टी या नेकपाभित्र वामपन्थी गठबन्धनको एक साझेदार राजमोकी सांसदलाई उपसभामुख बनाउनेबारे पार्टीभित्र सामान्य चर्चा हुने गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x