×

NMB BANK
NIC ASIA

पहिलो डीएसएस डाटा कल आयोजनाका लागि ओपोद्वारा वैश्विक पार्टनर्ससँग सहकार्य

मंसिर २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

डिसेम्बर २ का दिन ओपोले एरिक्सन, क्वालकम टेक्नोलोजिज् (क्वालकम ईनकर्पोरेटेडको सहायक), स्विसकम र टेल्स्ट्रासँगको सहकार्यमार्फत् विश्वकै पहिलो डीएसएस सक्रिय फाइभजी स्मार्टफोनबाट उद्योगकै पहिलो डीएसएस (डायनामिक स्पेक्ट्रम शेयरिङ) डाटाकल सफलतापूर्वक सम्पन्न गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

यससँगै ओपो वैश्विकरुपमै डीएसएस सपोर्ट गर्ने पहिलो स्मार्ट उपकरण ब्राण्ड बन्न सफल भएको छ । डीएसएस प्रविधिलाई ब्यवसायिक यथार्थमा परिनत गर्ने बाटोमा यो सफलता एक कोशेढुङ्गा समान हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डीएसएस प्रविधिले विद्यमान फोरजी र फाइभजी फ्रिक्वेन्सी स्पेक्ट्रम्स तथा सञ्जाल वाहकलाई लाभ प्रदान गराउँदै फाइभजी सेवाको वैश्विक तैनाथीमा ब्यापकता प्रदान गर्ने र फाइभजी अनुभवलाई अझ फैलाउन सघाउने छ ।


Advertisment
Nabil box
Kumari

नोभेम्बर २९ मा गरिएको सफल डीएसएस कल, क्वालकम स्न्यापड्रागन एक्स५५ मोडेम(आरएफ सिस्टमद्वारा सञ्चारित ओपो फाइभजी स्मार्टफोनबाट गरिएको थियो । कलले स्विट्जरल्याण्डको बर्न र अष्ट्रेलियाको गोल्ड कोस्टलाई एरिक्सन स्पेक्ट्रम सेयरिङ (ईएसएस) प्रविधि सहितको स्विसकम र टेल्स्ट्राको ब्यवसायिक फाएभजी सञ्जाल मार्फत जोडेको थियो । कलको सफलताका लागि थ्रीजीपीपी फ्रिक्वेन्सी डिभिजन ड्यूप्लेक्स (एफडीडी) ब्याण्डको प्रयोग गरिएको थियो । यसले ओपो एरिक्सन फाइभजी ज्वाइन्ट ल्याबको सफलताको प्रमाण पनि प्रस्तुत गरेको छ । फोरजीसँग तुलना गर्दा फाइभजीले उच्च गतिका साथै न्यून बिलम्बता समयका साथै भिडियोको गुणस्तरमा बृद्धि प्रदान गर्दै प्रयोगकर्तालाई अभूतपूर्व फाइभजी भिडियो कल अनुभव प्रदान गर्छ । 

Vianet communication
Laxmi Bank

ओपोका उपाध्यक्ष तथा सफ्टवेयर ईञ्जिनियरिङ बिजनेस एकाईका अध्यक्ष एण्डी वुले भने, ‘एक अग्रणी वैश्विक प्राविधिक कम्पनीका रुपमा ओपोले फाएभजीको ब्यापक ब्यवसायिकरणका लागि निकै सक्रियताका साथ काम गरिरहेको छ । डीएसएस प्रविधिको व्यावसायिक प्रयोगका लागि एरिक्सन, क्वालकम, स्विसकम र टेल्स्ट्रासँगको हाम्रो सहकार्य फाएभजी यूगमा हाम्रो थप गहिरो सहकार्यको एक अंश हो ।

आगामी वर्षमै डीएसएस सपोर्ट गर्ने फाइभजी स्मार्टफोन्स सार्वजनिक गर्ने ओपोको योजना छ । यसले प्रयोगकर्तालाई थप स्थिर, निर्बाध र तीब्रगतिको फाइभजी कनेक्सनका साथमा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्नेछ ।’

एरिक्सनका कार्यकारी उपाध्यक्ष र नेटवकर््स प्रमुख, फ्रेड्रिक जेडलिंकले भने, ‘उद्योगमै पहिलो पटक सफलता पूर्वक आयोजित यो कार्यले फाइभजी सेवा विस्तार गर्ने तयारीमा रहेका सञ्चार सेवा प्रदायकहरुका लागि एरिक्सन स्पेक्ट्रम सेयरिङको उपायोगिता माथि थप प्रकास पार्न सहयोग गरेको छ । हाम्रो फाइभजी ईको सिस्टम पार्टनर्स ओपो, क्वालकम टेक्नोलोजिज् र उपभोक्ताहरु स्विसकम र टेल्स्ट्राका साथमा प्राप्त यो कोशेढुङा समान सफलता माफर्त हामीले यस पृथक समाधानले सेवा प्रदायकलाई तिनका फोरजी स्पेक्ट्रम एसेट्सलाई फाइभजीका लागि पूणः प्रयोग मात्र नभइ सबै फाइभजी उपकरण सपोर्ट गर्ने कुरा समेत प्रमाणित गरेका छौं । यथास्थित ब्याण्ड मार्फत फाइभजी सार्वजनिक गर्न, राष्ट्रब्यापीरुपमा फाइभजी सक्रिय गर्न र वैश्विकस्तरमै फाइभजी सर्वसुलभ बनाउन  यो प्रविधि आर्थिक सम्भाब्यताका हिसाबले पनि सहज छ ।’

वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष, क्वालकम ईएमईए, एन्रिको साल्भातोरीले भने, ‘कभरेज अबको फाइभजी किल्लर एप हो र यो सफलता, एक कोशेढुङ्गाका साथै सर्वब्यापकी फाईभजी कभरेज तिर अग्रसर महान् कदम हो ।

डीएसएसले वैश्विक स्तरमै अपरेटर्स तथा उपभोक्तालाई प्रत्यक्ष लाभ उपलब्ध गराउँछ । साथै, स्न्यापड्रागन एक्स५५ फाइभजी–आरएफ प्रणाली, ओईएमएसलाई फाइभजी मोड्यूल डिभाइसलाई नयाँ यूगको कनेक्टेड अनुभव प्रदान गर्न विशेषरुपमा डिजाइन गरिएको समाधान हो ।’

क्रिस्टफ एस्क्लिमन, कार्यकारी बोर्डका सदस्य तथा आईटी प्रमुख, नेटवर्क एण्ड ईन्फ्रास्ट्रक्चर, स्विस्कमले भने, ‘हाम्रा पार्टनर्सका साथमा नयाँ कोशेढुङ्गा स्थापना गर्न पाउँदा हामी निकै गौरवान्वित छौं । पहिलो अन्तर्राष्ट्रिय ईन्ड टू ईन्ड एरिक्सन–डीएसएस हाम्रो फाईभजी यात्रामा नयाँ अग्रगामी कदम हो । यस सफलताको सम्भाव्यताका लागि प्रमाणित फाइभजी ट्रयाक रेकर्ड सहितको प्रोभाइडर, भेन्डर, चिपसेट र ह्यान्डसेट निर्माता लगायतको सहकार्य अपरिहार्य थियो ।’

चन्ना सेनेविराट्ने, नेटवर्क एण्ड ईञ्जिनियरिङ ईन्फ्रास्ट्रक्चर एक्जेक्यूटिव, टेल्स्ट्राले भने, ‘औद्योगिक पार्टनर्ससँगको यो सहकार्यले विद्यमान  फाइभजीको तीब्र वितरणका लागि स्पेक्ट्रम होल्डिङमार्फत् एकै स्थान र समयका फोरजी र फाइभजी उपभोक्ताका मागको सम्बोधन गरिरहेको छ । यो संयुक्त कार्यान्वयन फाइभजी प्रविधिले कसरी बदल्दो यूगमा आफूलाई अगाडि ल्याइरहेको छ भन्ने एक नवप्रवर्तनात्मक उदाहरण हो । अस्ट्रेलियनहरूमाझ अत्याधुनिक प्रविधि विशेष प्राथमिकताका साथ ल्याउन पाउँदा हामी टेल्स्ट्रा निकै हर्षित छौं ।’

फाइभजी उपलब्ध गराउन थालिएसंगै वैश्विक वायरलेस स्पेक्ट्रम संसाधनको अवस्था सञ्जालहरूका लागि अझ कठिन हुन थालेको छ । डीएसएस प्रविधि भित्रिएसँगै यसले वाहकलाई सफ्टवेयर अपग्रेड गरेकै भरमा स्पेक्ट्रमलाई बहुआयामिक तरिकाले शेयर गर्न सक्षम बनाएको छ । यसले गर्दा विद्यमान फोभरजी सञ्जालमार्फत नै उपभोक्तालाई फाइभजी सेवा प्रदान गर्न सकिने भएको छ । डीएसएसले वाहकलाई ब्यापक रुपमा फाइभजी सञ्जाल मितव्ययी मूल्यमा अझ तीब्रगतिमा फैलाउन सघाउँछ । त्यसैगरी, मोबाइल प्रयोगकर्ताले डीएसएस सक्रिय सञ्जाल, डीएसएस सपोर्ट गर्ने स्मार्टफोन मार्फत फाइभजी सेवाको उपभोग गर्न सक्नेछन् ।

वैश्विक स्तरमा फाइभजी व्यावसायिकीकरणका लागि ओपो सदैव प्रतिबद्ध छ । यससँगै ओपोले फाएभजी मानक र प्याटेन्ट्स, उत्पादन र प्रविधिका साथै, प्रयोग अवस्था लगायतका बारेमा पनि प्रशस्त अनुभव बटुलिसकेको छ ।

हाल, ओपो वैश्विक पार्टनर्ससँग निकै नजिक रहेका सहकार्य गरिरहेको छ । डाटा कलको सफलताले ओपो र पार्टनर्सबीच गहिरिँदै गइरहेको सहकार्यको प्रतिनिधित्व गर्छ । ओपोले स्विस्कमको साथमा यूरोपकै पहिलो व्यावसायिक फाइभजी फोन–रेनो फाइभजी सार्वजनिक गरिसकेको छ । त्यसैगरी, एरिक्सनको साथमा ओपोले फाइभजी ज्वाइन्ट ल्याबको स्थापना पनि गरिसकेको छ । ओपोले आफ्ना प्रमुख औद्योगिक पार्टनर्सहरूका साथमा विश्वभर छरेर बसेका उपभोक्ताहरूलाई फाइभजी अनुभव प्रदान गर्न, वैश्विकरुपमा फाइभजी उपलब्ध गराउन आफ्नो सहकार्यलाई निरन्तरता दिइरहने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x