महिला ह्याण्डबलः नेपाल, बंगलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा

पोखरा रङ्गशालामा जारी १३औँ सागअन्तर्गत महिला ह्याण्डबलमा नेपाल, बंगलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । 

समूह ए बाट भारत समूह विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । समूह बी बाट नेपाल समूह विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । 


Advertisement

सेमिफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बंगलादेश फाइनलका लागि भिड्ने छन् । महिला ह्याण्डबलको समूह चरणको अन्तिम खेलमा भारत र बंगलादेश आआफ्नो खेल जित्दै सेमिफाइनल पुगेको हो ।

पहिलो खेलमा भारतले पाकिस्तानलाई ४५–२४ ले हराउँदै समूह विजेता बन्यो । भारत र पाकिस्तानबीचको खेल विजेता र उपविजेताको लागि मात्र थियो । 


Advertisement

समूह बीअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले श्रीलंकामाथि ३४–१३ गोलको जित निकालेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

नेपालले भने श्रीलंका र बंगलादेशसँगको लगातार दुई खेल जित्दै समूह चरणको विजेता बनेर सेमिफाइनल पुगिसकेको छ । ---

कमेन्ट गर्नुहोस्