×

NMB BANK
NIC ASIA

नेपालसँग सैन्य सहकार्य बढाउन अमेरिका इच्छुक

मंसिर २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालसँग सैन्य सहकार्य थप बलियो बनाउन अमेरिका इच्छुक देखिएको छ। सरकार स्तरको सहकार्य, संयुक्त सैन्य अभ्यास र नेपालमा अमेरिकी रक्षासम्बन्धी सहकार्य वृद्धिमा ध्यान दिएको अमेरिकी सहायक रक्षामन्त्री रन्डाल जी स्च्रिभरले बताएका छन्। प्रतिबद्धता जनाएको सहयोगमा कुनै कञ्जुस्याइँ नगर्ने उनको भनाइ छ। दुई स्काई ट्रक चाँडै काठमाडांै आइपुग्ने उनले बताए।

Muktinath Bank

‘नेपाल हाम्रो पुरानो मित्र र दक्षिण एसियामा स्थापित राष्ट्र हो। नेपालको राजनीतिक तथा आर्थिक अवस्था सुदृढीकरणले यस क्षेत्रमा थप भूमिका निर्वाह हुनेछ’, एसिया प्रशान्त क्षेत्र हेर्ने सहायक मन्त्री स्च्रिभरले नेपाल भ्रमणका क्रममा राजदूत निवासमा केही सञ्चारकर्मीसँग भने, ‘नेपालसँग अमेरिका थप सहकार्य गर्दै अघि बढ्न चाहेको छ। त्यो सुरक्षा, आर्थिक र अन्य सहकार्यलगायत छन्।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अन्तर्गत सेनासँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ। बलियो नेपाल अमेरिकी चाहना रहेको उनको धारणा थियो। अमेरिकाले २५ वर्षदेखि ८० भन्दा बढी मुलुकसँग उक्त कार्यक्रमअन्तर्गत मानवीय सेवा, प्रकोप व्यवस्थापनमा सहकार्य गरिरहेको छ। यसमा नेपालसँग पनि सहकार्य गर्ने उनले जनाएका हुन्।


Advertisment
Nabil box
Kumari

इन्डो प्यासिफिक (आईपी) नीतिअन्तर्गत पनि यस्तो सहकार्य हुन सक्ने उनले बताए। ‘इन्डो प्यासिफिक अमेरिकाको आफ्नै नीति हो, रणनीति होइन। यो विधिको शासनसँग सम्बन्धित छ’, उनले भने, ‘कुनै मुलुक हस्ताक्षर गरेर सहभागी हुने भन्ने छैन, यो खुला छ। साना मुलुक ठूलाबाट मिचिनु वा घेरिनु विधिको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थामा सम्भव नभएकाले यसमै यो विषय केन्द्रित छ।’

Vianet communication
Laxmi Bank

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) वा अन्य कुनै अवधारणाअनुरूप यो नीति नरहेको उनले बताए। सुरक्षा, स्वतन्त्रता र खुलापनबाटै मुलुकको विकास हुने उल्लेख उनले गरे।

नेपाली सेना र अमेरिकी सहकार्य अब्बल रहेको उनले बताए। ‘सेनालाई उपलब्ध गराउने भनिएको चारमध्ये दुई स्काई ट्रक चाँडै पठाउनेछौं’, उनले भने, ‘दुइटा दुई वर्षभित्र आउनेछन्।’ उक्त स्काई ट्रक प्रकोपमा उद्धार र व्यवस्थापनमा सेनाले प्रयोग गर्नेछ। नेपालको सबै खाले विकासमा अमेरिकाको साथ रहने उनले स्पष्ट पारे। नेपालमा आईपी नीतिबारे असमझदारी रहेकोमा भने उनले असन्तुष्टि जनाए। ‘त्यसलाई चिर्न आवश्यक रहेको धारणा उनले व्यक्त गरे।

उनले आईपी नीति र अमेरिकी सहयोग एमसीसी कम्प्याक्ट कार्यक्रम कतै जोड्न नमिल्ने बताए। अमेरिकाले नेपालका केही प्रावधानको सूक्ष्म अध्ययन गरी यहाँको प्रगतिलाई आधार बनाएरै सहयोग गरेको उनको भनाइ थियो।

राजदूत र्‍यान्डी बेरी सहभागी नभए पनि नियोग उपप्रमुख म्यानुएल पी. मिक्कलरको उपस्थिति थियो। उनले नेपालमा एमसीसी र आईपी नीतिलाई एकै स्थानमा जोडेर असमझदारी रहेको जानकारी दिए। यसमा अमेरिका सचेत रहेको उनको भनाइ थियो। यस्तै बहस भइरहँदा सहायक रक्षामन्त्री काठमाडौं आएका हुन्। अमेरिकाले आईपीएसलाई खुला क्षेत्र अवधारणा भन्दै आएको छ। तर, त्यसमा सत्तारुढ नेतृत्व स्पष्ट देखिएको छैन। अन्नपूर्ण पोस्टमा खबर छ  ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x