पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नुवाकोटका १२ वटै स्थानीय तहका विभिन्न स्थान पहिराको उच्च जोखिममा रहेका एक अध्ययनले देखाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा आत्मनिर्भर सेवा केन्द्रले तयार गरेको तथ्यांक अनुसार जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा रहेका विभिन्न बस्ती पहिराको जोखिममा रहेका पाइएको हो ।
तथ्यांक अनुसार किस्पाङ गाउँपालिका पहिराबाट सबैभन्दा बढी जोखिम रहेको पाइएको छ । किस्पाङको वडा नम्बर १ भाल्चे, वडा नम्बर ३ काहुले र वडा नम्बर ५ मनकामना पहिराबाट बढी जोखिममा रहेका उल्लेख छ ।
म्यागङ गापाको वडा नम्बर २ बुङताङ, वडा नम्बर ३ देउराली र वडा नम्बर ४ किम्ताङ पहिराको जोखिममा रहेका पाइएको छ । गाउँपालिकाका प्राविधिक रमनसिंह तामाङका अनुसार वडा नम्बर ४ को किम्ताङमा विक्रम संवत् २०३० देखि बग्दै आएको पहिरो अझै नियन्त्रणमा नआएकाले आसपासका करीब १०० घरधुरी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक सुझाव दिइएको छ ।
पञ्चकन्या गापाको वडा नम्बर २, ३, ४ र ५ पहिराको उच्च जोखिम रहेको छ भने ककनी गापाको वडा नम्बर १ र २ साविक ओखरपौवा गाविस पहिराको उच्च जोखिममा रहेका उल्लेख गरिएको छ । शिवपुरी गापाका वडा नम्बर २, ५ र ६ पहिराको बढी जोखिममा रहेका पाइएको छ । साढे ४ वर्षअघि गएको भूकम्पको प्रभावका साथै जनताको मागअनुुसार प्राविधिक अध्ययन नगरी सडक विस्तार र छोटो समयमै धेरै सम्पन्न गर्नुपर्ने दबाबले पहिराको जोखिम बढाएको गापाका प्राविधिक नवराज कार्कीको भनाइ छ ।
तादी गापाको वडा नम्बर १ उर्लेनी, वडा नम्बर २ रालुकादेदी, वडा नम्बर ३ खरानीटार र वडा नम्बर ६ नर्जा पहिराको जोखिममा रहेका छन् भने सूर्यगढी गापाका प्राविधिक वुद्धबहादुर घर्तीमगरका अनुसार वडा नम्बर १ लच्याङ, वडा नम्बर २ बागेश्वरी र वडा नम्बर ५ गणेशस्थान पहिराको जोखिममा रहेका देखिएको छ ।
तारकेश्वर गापाको वडा नम्बर १ दाङसिंह र लिखु गापाको वडा नम्बर ५ थानसिंह पहिराको जोखिममा रहेका अध्ययनमा देखाइएको छ । भौगोलिक दृष्टिकोणले जिल्लाकै सबैभन्दा विकट दुप्चेश्वर गापाको वडा नम्बर १ घ्याङफेदी, वडा नम्बर २ गाउँखार्क र वडा नम्बर ७ शिखरवेशी पहिराको उच्च जोखिममा रहेका तथ्यांकले देखाएको छ ।
बेलकोटगढी नपाका वडा नम्बर ८, ११, १२ र १३ पहिराको जोखिममा रहेकाले समयमै नियन्त्रणको पद्धति अपनाउन सम्बन्धित पक्षले योजना तथा कार्यक्रम सञ्चालन गर्न सुझाव दिइएको छ । जिल्ला सदरमुकाम रहेको विदुर नपाका प्राविधिक सुनील थापाका अनुसार वडा नम्बर १, ८, १०, ११, १२ र १३ पहिरो तथा बाढीको जोखिममा रहेका देखिएको छ ।
विक्रम संवत् २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट ध्वस्त बनेको जिल्लाका धेरै क्षेत्रका जमिनमा कम्पन भएर धाँजा फाटेको र भौगोलिक बनोट पहाडले घेरेको स्थल भएकाले जुनसुकै समयमा विपद् निम्तन सक्ने भन्दै जोखिम न्यूनीकरण र विपद्को पूर्वतयारीमा जुट्न सम्बन्धित स्थानीय तहलाई सुझावसहित प्रतिवेदन तयार गरिएको आत्मनिर्भर सेवा केन्द्रका पैरवी अधिकृत कल्पना न्यौपाने जानकारी दिए । – रामहरि न्यौपाने/रासस
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...