×

NMB BANK
NIC ASIA

अमेरिकी र दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियासँग वार्ताका लागि सहमत

मंसिर २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनीहरूबीच शनिवार बिहान फोन वार्ता भएको दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूबीच उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपको अवस्था झन् खराब हुँदै गएको भन्दै त्यसका लागि पनि जतिसक्दो चाँडै वार्ता गर्नुपर्नेमा सहमति भएको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

यसअघि अमेरिका र उत्तर कोरियाबीच भियतनामको हनोइमा भएको वार्ताका क्रममा निशस्त्रीकरणका लागि उत्तर कोरिया अघि बढ्ने सहमति भएको भनिएको भएपनि त्यसो हुन नसकेको पाइएको छ । 

Vianet communication
Laxmi Bank

यसैका कारण उत्तर कोरियासँगको वार्ता अवरुद्ध भएको र राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा उत्तर कोरियामा झन् बढी समस्या देखिएको बताएका थिए ।

शनिवार बिहान भएको फोनवार्ता यसै विषयमा केन्द्रित रहेको बताइएको छ । यस विषयमा उनीहरू सहमत पनि भएका छन् ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका प्रवक्ता को मिन जुनले भने, ‘वार्ता कोरियाली प्रायद्वीपको वर्तमान अवस्थाका बारेमा थियो र त्यहाँको पछिल्लो अवस्था डरलाग्दो हुँदै गएकोले यसका लागि उत्तर कोरियासँग वार्ता गर्नुपर्नेमा उहाँहरू सहमत हुनुभएको छ ।’

प्रवक्ता जुनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली राष्ट्रपति इनलाई फोन गरेको जानकारी दिए । टेलिफोन वार्तापछि उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपको अवस्था दिन प्रतिदिन बिग्रिँदै गएकोले उत्तर कोरियाको आणविक निशस्त्रीकरणसम्बन्धी प्रतिबद्धताको निरन्तरताका लागि पनि वार्ता गर्नु आवश्यक भएको उनले बताए ।

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा अझै पनि ठोस प्रगति हुन नसकेको दक्षिण कोरियाले हिजो मात्र बताएको थियो । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका उपप्रवक्ता किम इयोन हानले शुक्रवार राजधानी सोलमा आयोजित पत्रकार सम्मेलन सो धारणा राखेका थिए ।

‘आणविक कार्यक्रम र निःशस्त्रीकरणका विषयमा अमेरिका र उत्तर कोरियाबीच सहमति कायम भएको छ भन्ने लाग्दैन, उनीहरू अझै पनि यस विषयमा वार्तामा नै छन् । यस विषयमा हालैमात्र पनि उत्तर कोरियाले आफ्नो धारणा सार्वजनिक गरेको थियो । उत्तर कोरियाले पनि अमेरिकासँग सहमति हुन नसकेको आशय व्यक्त गरेको थियो,’ उनले भने ।

तर दक्षिण कोरियाले भने अमेरिका र उत्तर कोरियाबीच यस विषयमा वार्ता होस् भन्ने चाहेको उनको भनाई थियो । ‘उत्तर कोरिया र अमेरिकाबीच शान्तिवार्ता होस् र दिगो शान्तिका लागि पहल होस् भन्ने पक्षमा दक्षिण कोरिया रहेको छ,’ उपप्रवक्ता किम इयोन हानले शुक्रवार सोलमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।

हालै मात्र एकजना उत्तर कोरियाली मन्त्रीले पनि यसै आशयको भनाई सार्वजनिक गरेका थिए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाईको विरोध गरेका थिए ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका विरुद्धमा सैन्य शक्ति पनि प्रयोग हुन सक्ने भन्दै यसको सम्भावनाको बारेमा धारणा राखेका थिए । सो विषयमा उत्तर कोरियाले अमेरिकाको विरोध गरेको छ । गत मंगलवार उनले नेटोको बैठकका क्रममा सो धारणा राखेका थिए ।

तर यस भनाईको उत्तर कोरियाले व्यापक विरोध गरेको छ । राष्ट्रपति ट्रम्पले सकेसम्म यस्तो सैन्य शक्तिको प्रयोग उत्तर कोरियाको विरुद्धमा गर्नु नपरोस् यदि गर्नुपर्‍यो भने पनि अमेरिकाले गर्नेछ भनी टिप्पणी गरेका थिए । अमेरिका र उत्तर कोरियाको यो भनाई पछि शुक्रवार यता दक्षिण कोरियाको तर्फबाट पनि यस्तो भनाई सार्वजनिक भएको थियो । 

यसैका आधारमा दक्षिण कोरियाले उत्तर कोरिया र अमेरिकाका बीचमा निःशस्त्रीकरणका बारेमा कुरा नमिलेको अनुमानसहितको यो धारणा राखेको हो । केही दिनमात्र अघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निःशस्त्रीकरणमा नजाने हो भने संयुक्तराज्य अमेरिकाले उसमाथि नाकाबन्दी लगाउने बताएका थिए ।

अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निःशस्त्रीकरणको विषयमा सहमत भएको बताइएको थियो । तर पनि उत्तर कोरियालाई आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप रहँदै आएको छ । तैपनि आफूहरू सोही प्रक्रियामा भएको उत्तर कोरियाको भनाई छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोईमा दोस्रो चरणको वार्ता भएको थियो ।

सो शिखर वार्तामा कुनै उल्लेखनीय विषयमा सहमति नभएपनि वार्ता भने सौहार्दपूर्ण नै भएको बताइएको थियो । 

हनोई वार्ता सकारात्मक र प्रगतिउन्मुख रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिक्रिया दिएका थिए । पहिलो चरणको वार्तामा निःशस्त्रीकरणको प्रतिबद्धता अघि सारेको उत्तर कोरियाले भने सोही बमोजिम काम गरिरहेको बताइरहेको भएपनि त्यसमा कुनै प्रगति हुन नसकेको अमेरिकी भनाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x