साताको शेयर बजारमा १ अर्ब २७ करोडको कारोबार

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ ।

शेयर कारोबार हुने ५ दिनमध्ये २ दिन नेप्सेले नयाँ यात्रा तय नगरेपनि पछिल्ला ३ दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढ्दा नेप्सेले समेत गति लियो । 


Advertisement

साताभर कूल १७२ कम्पनीको शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल ४५ लाख ६७ हजार ८५९ कित्ता शेयर १ अर्ब २७ करोड २४ लाख २९ हजार ५३७ मूल्य बराबरको कारोबार भयो ।

साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखियो । 


Advertisement

नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटियो । कूल १६१ कम्पनीको ६ लाख ७५ हजार ३८ कित्ता शेयर २० करोड ६३ लाख १४ हजार ३२३ रुपैयाँमा कारोबार भए । सोमवार नेप्से परिसूचक सामान्य अंकले घट्यो । कूल १६४ कम्पनीका ८ लाख २६ हजार ३६८ कित्ता शेयर २३ करोड २२ लाख ५९ हजार ३३१ रुपैयाँमा खरिद बिक्री भए । 

मंगलवार नेप्से परिसूचक ३.७५ अंकले वृद्धि भई १ हजार ११५.७४ पुग्यो । कूल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता शेयर २६ करोड ६८ लाख १ हजार ५५८ रुपैयाँमा खरिदबिक्री भए ।

बुधवार नेप्से परिसूचक ८.७३ अंकले बढेर १ हजार १२४.४७ मा पुग्यो । कूल १६९ कम्पनीका ९ लाख ९० हजार २७४ कित्ता शेयर ३० करोड ८२ लाख १४ हजार ४६५ रुपैयाँमा खरिदबिक्री भए । 

साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक झण्डै साढे ७ अंकले वृद्धि भयो । त्यसदिन नेप्से ७.४५ अंकले बढेर १ हजार १३१.९२ मा पुग्यो । परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भए । कूल १६८ कम्पनीका १० लाख ९५ हजार १८८ कित्ता शेयर ३५ करोड ८८ लाख ३९ हजार ८६० रुपैयाँमा खरिदबिक्री भए । 

साताभर नेप्सेमा विभिन्न ६ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा मुक्तिनाथ विकास बैंक, माछापुच्छ्रे बैंक, नागरिक लगानी कोष, एनएमबी ५०, माछापुच्छ्रे बैंकको ऋणपत्र र एनआईसी एसिया बैंकको ऋणपत्र सूचीकृत भए । 

कमेन्ट गर्नुहोस्