×

NMB BANK
NIC ASIA

आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन् ...

मंसिर २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रसव पीडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको उपस्थिति छ । क्याम्पसबाट फर्कदै गरेकी सरस्वती त्यहाँको अवस्था देखेर अत्तालिन्छिन् । 

Muktinath Bank

कारण, अस्ति सडकमा भेटेर घर लगिएपनि आमाका कारणले पुनः सडकमै छाडिएकी मनोरोगी पुतली सडकमा लडिरहेकी थिइन् । प्रसव बेदना सहन नसकी जीवन त्यागेकी महिला देखेर उनी भावविहल भइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुतलीसँगको विगतका अन्तरंग अनि आमाले घरबाट निकालेका कुराले उनलाई बिझायो । ‘आमा ! तपाई यिनलाई एक छाक दिन गाह्रो मान्नुभएको थियो नि ! अब कहिल्यै तिम्रो छाक माग्ने छैनन् आमा,’ आमा भएतिर फर्किएर सरस्वतीले भनिन् ।


Advertisment
Nabil box
Kumari

नजिकै मनोरोगीलाई सधैं हेला गर्ने मध्येका एक जिम्बल बा पनि थिए । ‘जिम्बल बा ! यिनले ढुंगामुढा गर्छिन् भनेर डराउनु हुन्थ्यो नि ! अब यिनका हातले कहिल्यै ढुंगा उठाउन सक्दैन,’ किशोरीको समाजसँग ठूलै गुनासो छ, ‘हामी काम गर्नाको अल्छिले मागेकाहरुलाई खुशी मनले सहयोग गछौं ।’

Vianet communication
Laxmi Bank

दिनभरि माग्यो अनि बेलुका मस्त रक्सी खाएर मात्तिएर सुत्यो, यस्ता पेशेवर माग्नेहरूको बिगबिगी छ सडकमा । तर, त्यही सडकमा पुतली जस्ता वास्तविक बेसहारा, मनोरोगी यत्रतत्र छन् । उनीहरुले अकालमा ज्यान गुमाइरहेका दृष्य कहाली लाग्दा छन् । 

समाजको यस्तै तितो यथार्थलाई बिम्ब बनाएर मानसेवा आश्रमले सामाजिक चेतना वृद्धिमा प्रयोग गरिएको नाटकको यो अन्तिम सम्वाद थियो । सडकमा पुगेका व्यक्तिको उद्धार र व्यवस्थापन गर्ने उद्देश्यले शुक्रवार साँझ काठमाडौंमा सुझाव संकलनको कार्यक्रम थियो । काठमाडौं महानगरपालिकाको अगुवाइमा भएको कार्यक्रममा स्थानीयका सामाजिक संघसंस्थाका प्रतिनिधि र वडाध्यक्ष सहभागी थिए । 

अग्रभागमा थिए महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री । कार्यक्रम शुरू हुने चरणमा थियो ।

......

‘तीन दिनदेखि पेटमा अन्नको दानासम्म परेको छैन, ए हजुर केही दिनोस्, ए हजुर ! दिन दःुखीलाई केही सहयोग गर्नुस्,’ थोत्रो टोपी र आसकोट लगाएर फोहरी अनुहारमा काम्रो बानेको बैशाखी टेक्दै लाले कचौरा बोकेर माग्दै हलभित्र प्रवेश गरे । अचानक माग्ने आएको दृष्य देखेर सहभागीहरू दंग परे । औपचारिक कार्यक्रममा सन्नाटा छायो । सडकका वास्तविक माग्ने हालभित्र आएको महसूस धेरैले गरे । कलाकारले अतिथिहरूलाई थाहै नदिई नाटक मञ्चन गरेकाले पनि छक्क पर्नु स्वभाविकै भयो । 

एकैछिनमा सडक सफा गर्ने शंकर फोहर नगर्न आग्रह गर्दै आइपुगे । सडकमा फोहरको डंगुर टुटेको थिएन । नजिकै झुम्म परेर बसेकी एक मनोरोगी महिलालाई लखेट्न खोज्छन् तर सरस्वतीले रोक्छिन् । मागेर कमाएको पैसाले किनेर पिएको रक्सीको नशामा लठ्ठ भएर सडकमा फेरि देखापर्छ लाले । ‘कोही छ, यो लालेसँग सिङ्गलसिङ्गल भिड्ने, म डन हुँ डन, जसलाई एक हान्छु नि घुमाइदिन्छु फनफन,’ उनले भने ।

अघि झुत्रो कपडा लगाएर खान नपाएको भन्दै लुत्रुक्क परेर माग्ने लाले अहिले नशाको तालमा हैकम जमाउँदै निस्कियो । ‘म देखेपछि त यो शहरै थुरर...र हुन्छ नि, म डन नभएको भए पैसा माग्ने वित्तिकै कसैले झिकेर दिन्थ्यो ?’ पुतली सडकमै एक सुरमा थिइन् । पुतलीले आफ्नो माग्ने पेशा चौपट पार्ने डर लालेलाई थियो । त्यसैले उनले पुतलीलाई वरिपरी पर्न दिँदैनथ्यो । 

‘१६ वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ, अहिले पो बुढो भएँ र ...’ गीतको शुरूमा जिम्बल बा आइपुगे । ‘मान्छेको भीडमा खोइ कहाँ छ मान्छे’ भन्दै सारंगी भिरेका अर्का मनोरोगी पनि आइपुगे । क्याम्परबाट फर्किएकी सरस्वतीले पुतलीलाई घर लान्छिन् । तर आफ्नी आमाले घरमा राख्न नदिएपछि पुतलीलाई सडकमै फर्काउन विवस भइन् । गर्भवती पुतलीले सहारा नपाउँदा प्रसव पिडा सहन नसकी सडकमै प्राण त्यागिन् । त्यसपछि मात्रै समाजको चेत खुल्छ । यस्तैमा नाटकको अन्त्य हुन्छ । 

कलाकार मनिषा क्षेत्रीको संयोजन र सुवास क्षितिजको निर्देशन रहेको नाटकमा स्वयं क्षेत्री र क्षितिजसहित उर्विन सापकोटा, सानु गुरुङ, गंगा थापा, सन्तोष मगर, हरिशरणलगायतको अभिनय छ । नाटक हेरेपछि काठमाडौं महानगरपालिकाकी उपप्रमुख खड्गीले समाजको अवस्थालाई नाट्य रुपान्तरण गरिएको उक्त दृष्यले आफूलाई विगत सम्झाएर भावुक बनाएको बताए । महानगरीय प्रहरी कार्यालयका प्रमुख थापाले नाटकले समाजको जीवन्त चित्र बोलेको प्रतिक्रिया दिए ।

देशलाई नै बेसहारा विहीन सडक बनाउने लक्ष्य बोकेर अघि बढेको आश्रमले यही नाटक ‘लौरो’लाई देशका पूर्वदेखि पश्चिमसम्म प्रदर्शन गरेर मानवीयताको भाव प्रष्ट्याउने प्रयास गरिरहेको छ । त्यही सिलसिलामा पछिल्लो चरणमा काठमाडौंमा मञ्चन भइरहेको छ । – नारायण ढुंगाना/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x