कात्तिक २२, २०८०
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत बक्सिङतर्फ नेपालका ४ महिला र २ पुरुष खेलाडी फाइनल प्रवेश गरेका छन्।
सातदोबाटोमा शनिबार भएको महिलातर्फको ४८ किलो तौल समूहमा नेपालकी ललिता महर्जन, ५४ किलो तौल समूहमा मिनु गुरुङ, ६० किलो तौल समूहमा सङ्गीता सुनार र ६४ किलो तौल समूहमा पुनम रावल फाइनलमा प्रवेश गरेका हुन्।
ललिताले श्रीलङ्काका नादिका पुष्प रनासिङ्घे अर्चचिघेलाई अङ्कका आधारमा हराइन्।
यस्तै मिनुले बङ्गलादेशका ओनिता इस्लामलाई अङ्ककै आधारमा पराजित गरिन्। सङ्गीताले पनि श्रीलङ्काकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अङ्ककै आधारमा हराएकी हुन्।
पुनम बाई पाएर सोझै फाइनल पुगिन्।
यस्तै पुरुष ६४ किलो तौल समूहमा भूपेन्द्र थापामगर बङ्गलादेशका मोहमद अलामिनलाई अङ्कका आधारमा हराउँदै फाइनल पुगे।
पुरुष ९१ किलो तौल समूहमा आशिष दुवाडी बाई पाएर सोझै फाइनल प्रवेश गरे। शनिबार सम्पन्न खेलमा पुरन राई र सुशील थापामगरले कास्य पदक पक्का गरे। पुरुष ४९ किलो तौल समूहमा थापामगर भारतका विनोद तनवरसँग अङ्कका आधारमा पराजित भए।
यस्तै ५६ किलो तौल समूहमा राई सेमिफाइनलमा बङ्गलादेशका मोहमद रोविन मियासँंग पराजित भए।
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...