×

NMB BANK
NIC ASIA

जथाभाबी सडक, मनपरी चालककाे कारण सवारी दुर्घटना बढ्दै

मंसिर २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ११ गते दिउँसो १ बजे लु२ख २१४८ नम्बरको बस सन्धिखर्कबाट छुट्यो। ३२ यात्रु बोकेको बसको गन्तव्य थियो बुटवल। बस बुटवलसम्म पुग्नै सकेन, अर्घाखाँचीस्थित सल्लेरीमा अपराह्न ४ः१० सडकबाट अनियन्त्रित भएर करिब २५० मिटर खस्यो। दुर्घटनामा १७ यात्रुको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भयो। १८ यात्रु घाइते भए।

Sagarmatha Cement
Muktinath Bank

प्रहरीले बस घुम्ती र भिरालो सडकमा मोड लिन नसक्दा दुर्घटना भएको अनुमान गर्‍यो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

०००


Advertisment
Nabil box
Kumari

मंसिर १५ गते। बिरामी बाँच्ने आसमा थिए। एम्बुलेन्स बिरामीलाई अस्पताल पुर्‍याउन तीव्र गतिमा हुइँकिइरहेको थियो। तर, मध्यरात १२ः२० बजे एम्बुलेन्स ट्रकसँग ठोक्कियो।

Vianet communication
Laxmi Bank

सुनसरी कोसी गाउँपालिकास्थित हरिपुरमा भएको दुर्घटनामा सातजनाको घटनास्थलमै ज्यान गयो। पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ हुइँकिरहेको १च९३६४ नम्बरको एम्बुलेन्स र वीरगन्जबाट पूर्वतर्फ गुडिरहेको ना२ख ९०८२ नम्बरको ट्रक ठोक्किएपछि एम्बुलेन्समा रहेका सबैको मृत्यु भयो।

०००

मंसिर १७ गते गुल्मीको इस्मा गाउँपालिकाबाट २६ यात्रु बोकेर हिँडेको जिप ग्वालीचौरको खौलारामा ट्राफिक प्रहरीको कारबाहीमा पर्‍यो। कारण थियो ओभरलोड।

ट्राफिक प्रहरीले ८ यात्रुलाई यही स्थानमा झारेर जिपलाई पठायो। जिपमा १८ यात्रु थिए। जिपले त्यो लोड पनि धान्न सकेन। ग१ज ५२१९ नम्बरको जिप बडिगाडमा गाउँपालिका–७ मा पुगेर सडकबाट खोलामा खस्यो। १४ जनाको ज्यान गयो।

००

प्रतिदिन हुने सरदर दुर्घटना र यसले मच्चाउने वितण्डाको तथ्यांक हो यो। नेपाल प्रहरीको यो तथ्यांक हेर्ने हो भने नेपालमा हुने दुर्घटनाको कहालीलाग्दो चित्र देखिन्छ। एउटा सडक दुर्घटना भएपछि त्यसबाट कसैले पाठ सिक्दैनन्। त्यही कारण दुर्घटना बढिरहेका छन्।

प्रहरीका अनुसार पछिल्लो पाँच वर्षमा सडक दुर्घटनाका कारण ११ हजार ७२४ नेपालीले ज्यान गुमाएका छन्। आव ०७१/०७२ मा २ हजार ४ जनाले ज्यान गुमाएका छन् भने ०७२/०७३ मा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६ पुग्यो।

०७३/०७४ मा दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८४ पुग्यो। ०७४/०७५ मा यो संख्या बढेर २ हजार ५४१ पुग्यो। दुर्घटनामा परी २०७५/०७६ मा २ हजार ७८९ जनाले ज्यान गुमाए। चालु आवको कात्तिकसम्म दुर्घटनामा ८ सयको मृत्यु भइसकेको छ।

पछिल्लो समय हरेक वर्ष १३ हजारभन्दा बढी दुर्घटना हुने गरेका छन्। आव ०७१/०७२ मा ९ हजार १४५ दुर्घटना भएका थिए भने यो संख्या बढेर ०७२/०७३ मा १० हजार १३ पुग्यो। ०७३/०७४ मा १० हजार १७८ दुर्घटना भएको तथ्यांक प्रहरीसँग छ।

०७४/०७५ मा १० हजार ९६५ पुग्यो। ०७५/०७६ मा १३ हजार ३६६ दुर्घटना भए। चालु वर्षको कात्तिकसम्म ५ हजार ९८९ जनाको मृत्यु भइसकेको छ। यी दुर्घटनामा परी प्रत्येक वर्ष ४ हजारभन्दा बढी मानिस गम्भीर घाइते हुने गरेका छन्। ०७१/०७२ मा ४ हजार ५३, ०७२/०७३ मा ४ हजार १८२, ०७३/०७४ मा ४ हजार २५०, ०७४/०७५ मा ४ हजार १४४, ०७५/०७६ मा ४ हजार ३७६ र ०७६/०७७ कात्तिकसम्म १ हजार ६९२ जना गम्भीर घाइते भएका छन्।

सडक दुर्घटनाको अवस्था चिन्ताजनक रहेको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकाल बताउँछन्। ‘दुर्घटना क्रमिक रूपमा नियन्त्रण गर्न सबै सरोकारवाला सबै निकायबीच समन्वय हुन अत्यावश्यक छ,’ उनले भने, ‘क्षमताभन्दा बढी यात्रु बोकेकै कारण ८० प्रतिशत दुर्घटना भएका छन्। सरकारले सुरुमै चालकलाई तीनमहिने तालिम दिनुपर्छ।’

जथाभाबी सडक, मनपरी चालक

सबैभन्दा बढी दुर्घटना चालकको लापरबाहीले भएका छन्। पछिल्लो तीन वर्ष अवधिमा २५ हजार ८ सय ८८ वटा दुर्घटना चालकको लापरबाहीले भएको छ। आव ०७३/०७४ मा ७ हजार ४८४, ०७४/०७५ मा ८ हजार ४६१ र ०७५/०७६ मा ९ हजार ९४० दुर्घटना चालकको लापरबाहीले भएको प्रहरी तथ्यांक छ।

जथाभाबी खोलिएका सडकले दुर्घटना बढाइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव शरदचन्द्र पौडेल बताउँछन्।

‘हामीकहाँ दुर्घटना न्यूनीकरण गर्ने संयन्त्र कमजोर छ। त्यसमाथि बाटोको अवस्था ठिक छैन। जथाभाबी बाटो खोल्ने प्रवृत्ति यहाँ छ’, उनी भन्छन्, ‘जथाभाबी सडक खोल्ने प्रवृत्तिलगायतका विभिन्न कुरा नियमन गरे दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।’

सवारीचालक अनुमतिपत्र दिँदा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने पूर्वसचिव पौडेल बताउँछन्। ‘चालक स्वास्थ्यलगायतका कुरामा फिट हुनुपर्छ। अनुमतिपत्र सजिलै दिनु हुँदैन।’

जथाभाबी खोलिएका कमजोर सडकमा हुने तीव्र गतिले पनि दुर्घटना बढाएको देखिन्छ। पछिल्ला तीन वर्षमा तीव्र गतिका कारण करिब पाँच हजार सडक दुर्घटना भएका छन्। जसमध्ये आव ०७३/०७४ मा एक हजार ३९२ घटना चालकको लापरबाहीले भए भने ०७४/०७५ मा यो संख्या एक हजार ३९५ देखियो। तीव्र गतिका कारण हुने सडक दुर्घटनाको संख्या ०७५/०७६ मा २ हजार १९३ पुगेको तथ्यांक छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x