×

NMB BANK
NIC ASIA

सेयर कारोबारमा बैंकको हिस्सा घट्यो

मंसिर २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

साप्ताहिक सेयर कारोबारमा वाणिज्य बैंक समूहको कारोबार हिस्सा घटेको छ । गत साता कुल कारोबारमा बैकिङ समूहको हिस्सा ३८ प्रतिशतमा झरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

साताभर कुल १ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । जसमध्ये करिब ५२ करोड रुपैयाँ बराबरको कारोबार बैकिङ समूहका कम्पनीको छ । यो कुल साप्ताहिक कारोबारको करिब ३८ प्रतिशत मात्र हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्य अवस्थामा बैकिङ समूहले कुल सेयर कारोबारको करिब ५० प्रतिशतभन्दा धेरै हिस्सा ओगटदै आएको छ । तर, पछिल्ला ५/६ महिना यता यस्तो हिस्सामा निकै उतारचढाव देखिदै आएको छ । कहिले यस्तो हिस्सा बढेर ६४ प्रतिशतसम्म पुगेको छ भने कहिले ४२ प्रतिशतसम्म पनि झरेको छ । हाल बजारमा २७ वाणिज्य बैंकको सेयर सूचीकृत छन् । ग्लोबल आईएमई र जनता बैंकको मर्जर पछि सूचीकृत बैंक संख्या २६ मा झर्ने छ । सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सेयर सूचीकृत छैन ।


Advertisment
Nabil box
Kumari

वाणिज्य बैंक समूहको सेयर स्वामित्व घटेसँगै बिमा र लघुवित्त समूहको हिस्सा बढेको छ । साताको कारोबारमा लघुवित्त समूहको हिस्सा साढे १६ प्रतिशत र बिमाको १७ प्रतिशत छ ।

Vianet communication
Laxmi Bank

बैंक तथा वित्तीय संस्थाले भर्खर पहिलो त्रैमासको अपरिष्कृत प्रतिवेदन सार्वजनिक गरेको छन् । धेरैले लाभांश पनि घोषणा गरिसकेको छन् । यही कारण पनि बैकिङ समूहको सेयरमा लगानीकर्ताको आकर्षक कम रहेको जानकारहरु बताउँछन् ।

यो साता करिब २३ हजार २ सय कारोबारबाट १ सय ८७ कम्पनीका ४५ लाख ९७ हजार कित्ता सेयर किनबेच भए । साप्ताहिक कारोबारमा नेप्से सकारात्मक देखिएको छ । यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रहयो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x