फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसको आधारक्षेत्र मानिएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वीरबहादुर कुरुम्बाङ निर्वाचित भएपछि उनको चर्चा चुलिएको छ ।
यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेलाई ८०६ मतान्तरले पराजित गर्दै कुरुम्बाङ गाउँपालिका अध्यक्ष चुनिएका थिए । नेकपाका जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहनुभएका कुरुम्बाङ एक उद्योगीसमेत हुन्। तर अध्यक्ष कुरुम्बाङको सङ्घर्षशील विगत भने निकै दुःखद र पीडादायी छ ।
विसं २०२४ वैशाख २७ गते पाँचथरको आङसराङ गाविसमा स्व बुबा नरबहादुर कुरुम्बाङ र आमा दिलमाया कुरुम्बाङको जेठो छोराका रूपमा वीरबहादुर कुरुम्बाङको जन्म भएको हो । तीन बहिनी, एक भाइका दाजु कुरुम्बाङले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । विसं २०५२ मा तत्कालीन नेकपा (एमाले)बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका कुरुम्बाङ २०५४ सालमा वडा सदस्य निर्वाचित हुनुभएको थियो ।
नरबहादुर कुरुम्बाङ छ वर्षको हुँदा बुबाको निधन भयो । बुबाको निधनपछि आमाले पनि छोडेपछि नरबहादुर अरूको घरमा बसेर, सरसहयोग गरेर हुर्किनुभयो । नरबहादुर ठूलो भएपछि गोरु व्यापार गर्नेहरुलाई सघाएर जीवन चलाउनुभयो । क्रमशः दुई÷चार पैसा कमाउनुभयो अनि घरगृहस्थीमा प्रवेश गरे। उनै नरबहादुर नवनिर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङका बुबा थिए।
वीरबहादुर आफ्नो जीवन बाल्यकालदेखि नै सङ्घर्षबाट अघि बढेको बतारउँछन्। 'वास्तवमा म शून्य अवस्थाको मान्छे थिएँ । न राम्रोसँग पढ्ने अवसर मिल्यो, न त खाने लगाउने अवसर नै', अध्यक्ष कुरुम्बाङले आफ्नो विगत सम्झँदै भने। उनका सहपाठी रहनुभएका संविधानसभा सदस्य ध्रुवराज आङ्देम्बे वीरबहादुरको बाल्यकाल सम्झँदै भन्छन्, 'वीरबहादुर विद्यालयमा एकदमै सानो, कमजोर तर चलाख विद्यार्थी हुनुहुन्थ्यो । सधैँ केही नयाँ काम गरौँ भन्ने, साथीभाइसँग कहिल्यै झैझगडा नगर्ने, साह्रै इमान्दार र निःस्वार्थी प्रकारको मान्छे ।'
घरको जेठो छोरो । बुबा रोगी र परिवार चलाउन सहयोग गर्नुपर्ने बाध्यता । ग्रामीण विपन्न जीवन । कुरुम्बाङको जीवन सङ्घर्षको मैदानमा पौँठेजोरी खेलेरै अघि बढिरहनुपर्ने थियो । वीरबहादुरले आफूलाई यथास्थितिमा राख्न सक्नुभएन । चलाख मानिस भएका कारण उनले सधैँ नयाँनयाँ कुराको खोजी गरे। विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिमा झुकाव राखेका उनले कसरी आफ्नो जीवन सहज बनाउने भन्नेतर्फ साेचे।
अध्यक्ष कुरुम्बाङले दुई वर्ष भारी बोकेर आफ्नो जीवन चलाउनुभयो । “विसं २०४० आसपासमा मोरङको मधुमल्ला र झापाको दमकबाट मट्टितेल बोकेर ल्याउँथे । पाँचथरको घुर्विसेपञ्चमी, नवमीडाँडा र यासोकमा मट्टितेल बेच्थेँ । यन हाटबजार लाग्थ्यो । अनि दुई÷चार पैसा आम्दानी गरेर परिवार चलाउथेँ”, कुरुम्बाङले आफ्नो विगत सम्झँदै भने। यसरी भारी बोकेर उनले दुई वर्ष बिताए। त्यसपछि उनले व्यापार, व्यवसायमा हात हाल्नुभयो । दश वर्षभन्दा बढी समय उनले खसी, गोरुलगायत पशुचौपायाको व्यापारमा जीवन बिताए ।
पहाडका सबै कुनाकन्दराको दुःख र पीडा सहेर आजको वीरबहादुर बन्यो । सङ्घर्षको कथा अझै सकिएन । सडक विस्तार हुन थालेपछि उनले ट्र्याक्टर किनेर चलाउन पछि पर्नुभएन । अरू व्यापार व्यवसायबाट आम्दानी गर्दै उनले २०५७ सालमा ट्रक लिनुभयो । केही समय उनले ट्याक्सी पनि चलाए। 'मैले धेरै दुःख गरेर आर्थिक अवस्था उठाएपछि सबै कामको अनुभव लिनुपर्छ जीवनमा भन्ने सोचले सकेसम्म र भ्याएसम्म सबै काम गरेँ', कुरुम्बाङले आफ्नो सङ्घर्षपूर्ण जीवन सम्झँदै भने।
यसपछि उनले काठको गोलियाको व्यापार थाले । गोलियाको व्यापारबाट आर्थिक अवस्था सुधार गरेपछि उनले भेनियर उद्योग स्थापना गर्नुभयो झापामा । बुबालाई सघाउन छोराहरु पनि सक्षम भइसकेका थिए । उनकी श्रीमती रणमायाले गाउँमा व्यापार चलाउँथे। यो परिवारको अर्को यात्रा शुरू भयो प्लाइउडको उद्योग स्थापना गरेर । यही उद्योगले कुरुम्बाङ परिवारलाई उद्योगी बनायो ।
जन पुगे पनि र जे गरे पनि पार्टीको सङ्गठित सदस्यता लिँदा खाएको शपथ जस्तै वीरबहादुरले मुलुकको परिवर्तन र आफूजस्तै शून्यबाट उठेका र शून्यमा रहेका निमुखाको पक्षमा बोल्ने उनीहरुको हित गर्ने पार्टीमा सक्रिय हुन पनि छाड्नुभएको थिएन । गाउँ कमिटीबाट उठ्दै गएको कुरुम्बाङको यात्रा तत्कालीन नेकपा (एमाले) को जिल्ला सचिवालय सदस्य र हालको नेकपाको जिल्ला सचिवालय सदस्यमा पुगेको छ ।
स्थानीय तहको पहिलो निर्वाचनमा आफू पहिलो हुन नसकेको स्वीकार्दै पराजित भएर पनि गाउँपालिकाको विकासमा कहिल्यै पछि नसरेको उन बताउँछन्। गाउँपालिकामा उनलाई अध्यक्ष पदमा निर्वाचित गर्नुमा अघिल्लोपटक पराजय भएपछि झन् सक्रियताका साथ खट्नुलाई स्थानीय मतदाता खास कारण ठान्छन् । कुरुम्बाङ विकास योजनाको फाइल लिएर ‘गाउँपालिकाका जनताले पानी खान पाएनन्, बिजुली पाएनन्, सडक पुगेन’ भनेर प्रदेश राजधानी विराटनगर र केन्द्रीय राजधानी काठमाडाैं धाएका थिए ।
उनको निरन्तरको जनसेवाले अढाई वर्षमै जनताको मन जित्यो र गाउँपालिका अध्यक्ष निर्वाचित भए। तीन छोरा र एक छोरीका पिता कुरुम्बाङ सरल, मिजासिलो, साहसी र सङ्घर्षशील नेताका रूपमा स्थापित छन्। कुरुम्बाङलाई निक्कै ‘सशक्त’ नेतृत्वका रूपमा हेरिन्छ । उनले निर्वाचनका क्रममा सबैलाई मिलाएर लैजाने बताउँदै आएका छन् । भ्रष्टाचार, बेथिति, विकास निर्माण र सेवा प्रवाहमा रहेको ढिलासुस्ती अन्त्य गर्ने उनको प्रतिबद्धता छ । स्थानीयवासीको आयआर्जन वृद्धि, गरिबी निवारण, सहज एवं उत्तरदायी सेवा प्रवाह र पूर्वाधार निर्माणमा विशेष जोड दिने कुरुम्बाङको योजना छ । रवीन्द्र काफ्ले,रासस
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...