×

NMB BANK
NIC ASIA

केटी नपट्टिएपछि ख्याउटे युवकले लगाए ५ वटा सर्ट

मंसिर २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको दिल्लीमा एक दुब्ला युवकले युवतीहरूलाई फकाउनका लागि चारपाँचवटा शर्ट लगाउने अनि उनीहरूबाट पैसा ठग्ने गरेको घटना सार्वजनिक भएको छ । 

बलिष्ठ ज्यान देखिएमा युवतीलाई फसाउन सजिलो हुने विश्वास गर्दै लुगा कोचेर ती युवकले तीन युवतीसँग मित्रता गाँसेका थिए । 

एक धनी युवतीसँग झुटो बोलेर उनले टीकाटालो समेत गरे । तर एक ठूलो सार्वजनिक विद्यालयमा भर्ना गराउने नाममा ठगेको मुद्दामा उनी प्रहरीको कब्जामा परे । त्यसपछि उनका सबै क्रियाकलापको पोल खुल्यो । 

पश्चिम दिल्लीका यी युवकको नाम तरुण पोद्दार हो । बिहारी पोद्दारबाट दुई ल्यापटप, एक मोबाइल फोन, एक ठूलो उडान कम्पनीको झुटो परिचयपत्र, आठ डेबिट र क्रेडिट कार्ड, आठ सिम कार्ड र एक किताब बरामद भएको छ । किताबमा उसले लेखकको नाम मेटेर आफ्नो नाम राखेको पाइयो । 

प्रहरीले बताएअनुसार, जनकपुरीमा बस्ने एक महिलाले उनको छोरालाई आरकेपुरमको एक ठूलो सार्वजनिक विद्यालयमा भर्ना गराउने नाममा पोद्दारले साढे आठ लाख भारु लिएको बताइन् । महिलालाई उसले भर्ना भएको कीर्ते इमेल पठाएको थियो ।

महिला विद्यालय पुग्दा उनको छोरो भर्ना नै नभएको र पूरै ठगिएको थाहा पाइन् । अनि उनले २९ मेमा प्रहरीलाई उजुरी गरिन् ।

अनुसन्धानका क्रममा आरोपितले अनेकचोटि ठेगाना परिवर्तन गरे । पछि उनलाई साइबर सेलको टोलीले पक्रियो । प्रहरीले गरेको सोधपुछमा आरोपितले बताएअनुसार, उनी पातला भएकाले कोटमुनि चारपाँच शर्ट लगाउँथे । युवतीहरूलाई प्रभावित पार्नका लागि उनी विलासी गाडी र दुई अंगरक्षक समेत राख्थे । 

आरोपितले एक धनी युवतीलाई प्रेमजालमा फसाएका थिए । उससँग विवाह हुनुअघि नै पोल खुल्यो । 

अनुसन्धानका क्रममा के पनि पत्ता लाग्यो भने एक ठूला अंग्रेजी लेखकको पुस्तकमा उनले आफ्नो नाम राखिदिएका थिए । त्यो किताब उनले एक अन्लाइन शपिङ साइटमा पनि अप्लोड गरेका थिए । 

उनले फेसबूक अकाउन्टमा पनि अनेकौं झुटा कुरा लेखेका थिए र युट्युबमा पनि झुटा कुरा राखेर युवतीहरूलाई आकर्षित गर्ने गरेका थिए । 

पोद्दारले कम्प्युटर साइन्समा बीएससी गरेका छन् । उनी अंग्रेजी बोलेर युवतीलाई फसाउने गर्थे ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x