माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मंसिर २२, २०७६
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को १३औं संस्करणअन्तर्गत जनकपुरमा भएको कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेर संगिता धामीले इतिहास रचिन् ।
अहिलेसम्मको सागमा नेपालले कुस्तीमा स्वर्ण पदक जित्न सकेको थिएन । कुस्तीमा रजत तथा कास्य पदक जितेपनि नेपालबाट अहिलेसम्म स्वर्ण पदक हात पार्न सकेको थिएन । तर सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ३ नौला खेत तिलकपुर गाउँकी १९ वर्षीया संगीता धामीले भने नेपालको त्यो अधुरो सपना मात्र पुरा गरिनन्, उनले नेपाल कुस्ती इतिहासमा कीर्तिमाननै बनाइन् ।
प्रायः जसो कुस्तीको स्वर्ण पदक भारत तथा पाकिस्तानले जित्दै गरेको बेला नेपालको तर्फबाट स्वर्ण पदक पाइएला भन्ने नेपाली टोलीका प्रशिक्षकहरूले समेत आश मारिसकेका थिए । किनकी शुक्रवारदेखि शुरू भएको उक्त खेलमा महिला तथा पुरुष दुवै टीमबाट हरेक स्पर्धामा भारतले लगातार स्वर्ण जितिरहेको थियो । त्यस्तै शनिवार पाकिस्तानले पनि कुस्तीमा दुई स्वर्ण पदक जितेको थियो ।
शनिवार ५५ किलो उमेर समूह अन्तर्गत नेपालबाट संगीता धामी र बंगलादेशबाट रिमि सरकार प्रतिस्पर्धा गर्न रिङमा ओर्लिए । केही मिनटको खेलमै नेपालकी १९ वर्षीया धामीले खेल जितेर स्वर्ण पदक हात पार्न सफल भइन् ।
उक्त तौल समूहमा नेपाल र बंगलादेश मात्र प्रतिद्वन्द्वी थिए ।
खेल सकिएको केही बेरसम्म उनी रिङको म्याटमै सुतिरहिन् । उनी उठेपछि रेफ्रीले उनको हात उचाल्दै विजेता घोषणा गर्यो ।
विजेता घोषित भएपछि उनको आँखामा आँसु थामिएन । लगत्तै उनले नेपालको झण्डा ओढेर मैदानको चारैतिर दौडिइन् ।
त्यतिकैमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले उनलाई काँधमा बोकेर मैदानको बाहिर घुमाए । कभर्ड हलभित्र उपस्थित रहेका सबै मानिसहरू खुशी हुँदै धामीलाई बधाई दिन थाले । त्यसबेला पनि उनका आँखा ओभाएन ।
खुशीले आँसु झारिरहेकी धामीलाई प्रशिक्षकले सम्हालिरहेका थिए । 'खुशीले आफैं आँसु बग्न थाल्यो, थाम्नै सकिनँ,’ धामीले प्रतिक्रिया दिइन् ।
धामीको संघर्षपूर्ण जीवन
संगीताले देशको लागि स्वर्ण पदक दिलाएकी छन् । तर उनको पारिवारिक जीवन भने सकसपूर्ण र संघर्षपूर्ण छ । उनको परिवारमा आमा धानादेवी धामी, दिदीहरू लक्ष्मी धामी, सरिता धामी र बहिनी रिना धामी छन् । दिदीहरूको बिहे भइसकेको छ । उनको कान्छी बहिनी सरिता १३ वर्षकी छन् । सरिता आमाको गर्भमै रहँदा बाबुले आमासहित परिवारलाई छाडेर अर्कैसँग घर बसाएका थिए ।
बुवाको बारेमा प्रश्न गर्दा उनले रुँदै भनिन्- मेरो बुवा छैन, बुवाको बारेमा केही पनि नसोध्नुस् ।
आमाले छोरा जन्माउन नसकेको भन्दै उनका बुवाले अर्कै महिलासँग घरजम गरेको उनले बताइन् । घरमा बुवाको एउटा मात्रै फोटो छ त्यही हेरेर उनी आफ्नो बुवा रहेको कुरा संगीता र सरिताले बुझेकी छन् ।
‘मेरो बहिनी सरिताले त ड्याडीको अनुहार समेत हेरेकी छैनन्, मैले पनि बच्चैमा उहाँलाई देखेको हो तर अहिले त उहाँको अनुहार पनि याद छैन,’ संगीताले भनिन्,’ ड्याडीको जति पनि फोटोहरू थियो, मम्मीले सबै जलाइदिनुभयो, एउटा मात्र फोटो घरमा छ ।’
बुवाले छोडे । उनीहरू बेसहारा बने । तर पनि आमाले बुवाको भूमिका निभाइन् । आमालै लालनपालन गरिन् । संगीताको गाउँमा कच्ची घर छ, त्यो पनि खासै बलियो छैन । हुरीबतास थेग्ने/नथेग्ने भर छैन ।
सम्पत्तिको नाउँमा जग्गाको एउटा टुक्रो पनि छैन । ‘आमाले भैंसी पालेर दूध बेचेर हामीलाई हुर्काउनु भएको छ,’ संगीताले भनिन्,‘दुई जना दिदीहरूको बिहेसमेत जसोतसो गराउनु भएको छ ।’ उनले फानै गाउँको गौरीशंकर निमाविबाट कक्षा ८ सम्म अध्ययन गरिन् । त्यसपछि महेन्द्रनगरको भृकुटी उच्च माविबाट एसएलसी उत्तीर्ण गरिन् । महेद्रनगरकै कटानस्थित सनराइज पब्लिक उमाविबाट उनले प्लस टू उत्तीर्ण गरेकी छन् ।
कलेज पढ्न जाने बेला महेन्द्रनगरमा दुईदेखि तीन जना मानिसहरूको घरमा दुध पुर्याएर उनी कलेज जान्थिन् । जसकारण उनी कलेज समयमा पुग्थिनन् । ‘क्लासमा पनि साथीहरूले आफूलाई दूधवाली भनेर जिस्काउने गर्थे,’ संगीता संघर्षका दिन सम्झिन्छिन्, 'अनि धेरै नै नराम्रो लाग्थ्यो, घरमा आएर रुनुको विकल्प हुँदैनथ्यो ।’
*****
साथीहरूले राम्रो लुगा लगाएर हिँड्दा उनलाई पनि लाग्थ्यो- मैले पनि यस्तै लुगा लगाउन पाए । ‘अनि मम्मी पनि राम्रो लुगा किनिदिन मन त छ तर पैसाको अभावमा किन्न नसकेकोमा रुन थाल्नुहुन्थ्यो,’ उनले सुनाइन् ।
भैंसी ब्याएको बेला दूध बेचेर आउने पैसाले नै घर चलाउन ठिक्क पर्थ्यो, बरू बाँकी समयमा ऋण नै हुन्थ्यो । त्यसैले पारिवारिक अवस्था अत्यन्तै मुस्किलले गुजारा चलेको उनले बताइन् ।
*****
कक्षा १० मा नै हुँदा संगीतालाई कुस्ती खेल्नका लागि त्यहाँका गुरुहरूले प्रेरित गरेका रहेछन् । त्यसपछि उनको मम्मी तथा दिदीहरूले समेत साथ दिएपछि कुस्स्ती खेल्न थालेकी संगीताले दुई वटा राष्ट्रिय प्रतियोगिता समेत स्वर्ण पदक जितिसकेकी छन् ।
‘सागमा जितेको गोल्डसँगै कुल ६ वटा गोल्ड मेडल मैले भित्र्याइसकेको छु,’ उनले भनिन्, ‘मैले जे जति प्रतियोगितामा अहिलेसम्म भाग लिएको छु । सबैमा गोल्ड नै जित्न सफल भएकी छु ।’
राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुँदा पाउने दैनिक भत्ताको रकमबाट बचत गरेर उनले घर चलाउन मम्मीलाई पैसा दिने गरेकी छिन् । ‘तिमीले आफ्नो पेट काटेर पैसा बचाउनु जरुरी छैन, कुस्तीका लागि डाइट मेन्टेन गर्नुपर्छ भनेर मम्मीले भन्नु हुन्थ्यो,’संगीताले भनिन्, ‘तर मलाई आफ्नो घर परिवारको अवस्था राम्ररी थाहा भएकोले पैसा बचाउने गरेकी छु ।’
आगामी दिनमा पनि देशको लागि यसरी नै स्वर्ण पदक जित्ने उनको सपना छ । तर त्यसका साथसाथै आगामी उच्च शिक्षा राज्यले आफूहरूलाई निशुल्क गरिदिनुपर्ने उनको माग छ । ‘खेलका साथै मलाई कामको समेत खाँचो छ,’ उनले थपिन्,‘त्यसैले सरकारले आफूहरूलाई कुनै न कुनै रोजगारीको सुविधा दिए आभारी हुन्थेँ ।’
उसो त उनी नेपाली सेनामा जागिर भइदिए राम्रो हुने बताउँछिन् । खेलमा झन् दक्षता ल्याउनका लागि विदेशमा समय समयमा तालिम समेत दिनुपर्ने उनी बताउँछिन् । राष्ट्रिय खेलकुद परिषदले इरानमा थप प्रशिक्षण दिलाउने भन्दै उनीसहित महेन्द्रनगरका कुस्ती खेलाडीहरूलाई पासपोर्ट समेत बनाउन लगाएका रहेछन् । तर पासपोर्ट लिएको ६ महिना नाघिसक्दा पनि उनीहरुलाई अहिलेसम्म इरान लगिएको छैन ।
*****
खेलकुदमा छोरी चेलीलाई आउन उनी आग्रह गर्छिन् । समाजमा मानिसले पनि महिलाले खेलकुदमा सहभागी भयो कि कुरा काट्न थाल्ने, बिग्रियो भन्ने प्रवृत्ति प्रवृति त्यागेर आ-आफ्नो छोरीलाई खेलकुदमा सहभागी गराउन जरुरी रहेको उनी बताउँछिन् ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...