×

NMB BANK
NIC ASIA

नेपालमा २० लाख पर्यटक भित्र्याउन भारतमा प्रवर्द्धन

मंसिर २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल भ्रमण वर्ष सन् २०२० अभियानको भारतमा प्रवर्द्धन गरिएको छ। 

Muktinath Bank

भ्रमण वर्ष सचिवालय र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले ‘भ्रमण वर्ष २०२० तथा नाइस नेपाल इण्डिया चाइना एक्स्पो कार्यक्रमसम्बन्धी व्यवसायी तथा सरोकारवालाबीच  प्रवर्द्धनात्मक कार्यक्रम गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंसिर  १९ गते  मा नयाँ दिल्लीमा आयोजना गरिएको उक्त कार्यक्रममा भारतका करीब ६० प्रमुख ट्राभल व्यवसायी तथा सरोकारवालाबीच प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको पाटाले आज विज्ञप्तिमार्फत जनाएको छ । नेपाल भ्रमण वर्ष कार्यक्रमसँगै पाटाले आगामी सन् २०२० को फेब्रुअरी २२ देखि २६ सम्म आयोजना गर्ने त्रिदेशीय पर्यटन मेलाको तयारी तथा प्रवद्र्धनात्मक कार्यक्रममा अन्तरदेशीय सहकार्यलगायत विषयमा छलफल भएको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले भ्रमण वर्ष र नाइस कार्यक्रमलाई सफल पार्न सहकार्य तथा समन्वयका साथ प्रवद्र्धनात्मक कामलाई अघि बढाइनुपर्नेमा जोड दिए।

Vianet communication
Laxmi Bank

उनले यही मङ्सिर ६ गते पाटा इण्डिया च्याप्टरद्वारा आयोजित ‘टुरिज्म पावरहाउस’ कार्यक्रममा समेत भ्रमण वर्ष २०२० तथा नाइससम्बन्धी करीब ४०० भारतीय पर्यटन सरोकारवालासमक्ष प्रस्तुति दिए।

नेपाल भ्रमण वर्षका प्रबन्धक रोहिणी खनालले भ्रमण वर्ष लक्षित कार्यक्रमको उद्देश्य, महत्व र प्राथमिकताबारे प्रस्तुति दिँदै उपस्थित सबैमा भ्रमण वर्षमा सहभागी हुन तथा आआफ्नो कार्यक्षेत्र र नेटवर्कमार्फत भ्रमण वर्षको प्रवद्र्धनमा सहयोग गर्न आह्वान गरे।

पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले भ्रमण वर्षका सन्दर्भमा पाटा नेपालद्वारा आयोजना गरिने कार्यक्रम विषेश गरी नाइस कार्यक्रमको संरचना, तयारी र नेपाल भारत तथा चीन छिमेकी मुलुकको दिगो पर्यटन विकासका लागि यस कार्यक्रमले खेल्ने महत्वपूर्ण भूमिकाबारे प्रस्तुति दिए।

कार्यक्रममा पाटा अन्तरराष्ट्रियका सिइओ डा मारियो हार्डीले पाटाले विश्वकै दिगो विकास प्रवद्र्धनका लागि सहकार्य तथा समन्वयमा जोड दिइरहेको परिवेशमा नेपालद्वारा आयोजना गरिने नाइस कार्यक्रम अत्यन्त सराहनीय भएको बताए।

पाटा इण्डियाका कार्यकारी निर्देशक रुनिप साँघाले पाटा इण्डिया च्याप्टरले रणनीतिक साझेदारका रुपमा नाइस कार्यक्रमका लागि सक्दो सहकार्य तथा सहयोग गर्ने बताए। 

भारतमा साहसिक पर्यटनमा चिर परिचित व्यक्तित्व तथा नाइस एम्बेसडर अजित बजाजले नाइस कार्यक्रमले हिमालय पर्यटन क्षेत्रका प्रमुख संरक्षक राष्ट्र नेपाल, भारत र चीन०लाई पर्यटन क्षेत्रमा एकबद्ध गरी यो क्षेत्रकै दिगो पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x