मुद्दा चलेका व्यक्तिलाई छुटाइदिने भन्दै घुस लिने सई पक्राउ

दाङस्थित ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक(सई) हेमन्त केसी घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग,  बुटवल कार्यालय,  नेपालगञ्जबाट खटिएको टोलीले  केसीलाई ७ हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो।


Advertisement

घोराही उपमहानगरपालिका, १५ स्थित जिल्ला प्रशासन कार्याल अगाडीको वली होटलमा सेवाग्राहीबाट  घुस लिने क्रममा उनलाई पक्राउ गरिएको र  थप अनुसन्धान भइरहेको  अख्तियारका प्रवक्ता
प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उनले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिए वापत सेवाग्राहीसँग घुस रकम मागपछि  अख्तियारमा उजुरी परेको थियो।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्