माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
भारतसँग महाकाली सन्धि भएको २३ वर्ष भयो। उत्ति नै समय भयो महाकाली नदीको स्रोतको कुरा औपचारिक रूपमा उठेको। तर, भारतले नेपाली भूभाग लिम्पियाधुरासहित भूभाग समेटेर आफ्नो नक्सा निकालेपछि नेपालमा नेताहरूबीच आरोप÷प्रत्यारोप चलेको छ। भारतसँग सन्धि गर्न भूमिका रहेका तिनै नेता ‘जुहारी’ खेलेर समस्या सल्टाउने जिम्मेवारीबाट पन्छिन नमिल्ने जानकार बताउँछन्।
नेपालले २०५३ असोज ४ गते उक्त सन्धि अनुमोदन गरेको थियो। त्यस बेला कांग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए। देउवा नेतृत्वको सरकारले एमालेको समर्थनमा भारतसँग सन्धिमा हस्ताक्षर गरेको थियो। तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेता थिए।
एमालेले २०५२ चैत २० गते केपी ओलीको संयोजकत्वमा सन्धि अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदल संयोजक ओली र जलस्रोतमन्त्री पशुपतिशमशेर जबराबीच त्यसबारे पटक–पटक पत्राचार भएको थियो। एमालेले उठाएका विषयमा तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी र भारतीय राजदूत केभी राजनबीच पनि पत्राचार भएको थियो।
दुवै सदनको संयुक्त अधिवेशनबाट सन्धि अनुमोदन गराउने क्रममा एमाले महासचिव नेपालले देउवालाई पत्र लेखी सरकारबाट ‘केही विषय’को प्रतिबद्धता खोजेका थिए। देउवाले सरकारका तर्फबाट लिखित प्रतिबद्धतासमेत जनाए। ओली कार्यदल र जलस्रोत मन्त्रालयबीच भएको पत्राचार होस् वा देउवा र नेपालबीच, त्यसमा महाकाली नदी स्रोतको विषय समावेश भएको तत्कालीन जलस्रोतसचिव द्वारिकानाथ ढुंगेल बताउँछन्।
उनका अनुसार महाकाली सन्धिकै बखत नदीको स्रोतका विषयमा व्यापक चिठी आदानप्रदान भएको थियो। सन्धि अनुमोदनपछि भारतीय राजदूत राजनले नेपाली सञ्चारमाध्यमसँग महाकाली नदीको स्रोतको विषय छिट्टै टुंग्याइने बताएका थिए। सुगौली सन्धिको धारा ५ (नेपालको पश्चिमी सीमा काली नदीसम्म उल्लेख छ) र कालापानी तथा सुस्ताका विषय परराष्ट्रसचिव स्तरमा टुंग्याउने सहमतिविपरीत भारतले एकतर्फी रूपमा नक्सा निकालेको उनको भनाइ छ। ऐतिहासिक दस्तावेज र नदी विज्ञानका आधारमा महाकाली स्रोत लिम्पियाधुरा स्पष्ट देखिँदादेखिँदै भारतले आफ्नो भूभागमा समावेश गरेको उनी बताउँछन्।
‘यो मुद्दा सदाका लागि समाप्त हुनुपर्छ भन्ने आवाजलाई लिएर कांग्रेस सभापति देउवा र सत्तासीन दलका अध्यक्ष एवं प्रधानमन्त्री ओलीबीच जुहारी चल्नु उपयुक्त हुँदैन’, पूर्वसचिव एवं अनुसन्धानकर्ता ढुंगेल भन्छन्, ‘जसले जनतामा निराशा मात्रै कायम गर्छ।’
सीमा समस्या मिलेर समाधान गर्ने मौका नगुमाउन उनी सरकार र प्रतिपक्षी नेतालाई आग्रह गर्छन्। ‘तपाईंहरूलाई यो कुरा हिजोदेखि थाहा थियो। महाकाली सन्धि हुँदा नै यो विषय उठेको हो’, उनी भन्छन्, ‘त्यस बेला पनि तपाईंहरू दुई जना प्रमुख जिम्मेवार हुनुहुन्थ्यो। अहिले एकार्कालाई आरोप लगाएर तपाईंहरू पन्छिन पाउनु हुन्न।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...