×

NMB BANK
NIC ASIA

हिजो दिनभर : कार्यकारी अध्यक्ष बनेपछि बढ्यो प्रचण्डको सक्रियता, नेपाल साग फुटबलको फाइनलमा

मंसिर २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हिन्दू धर्म संकटमा पर्‍यो, गौमहोत्सवले आशा जगायो : सभापति देउवा

Sagarmatha Cement
Muktinath Bank

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दू धर्म र संस्कृति संकटमा परेको बताएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्वतको जलजलामा आइतबार आयोजित धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले हिन्दू धर्म, संस्कार, संस्कृति र परम्परा जोगाउनलाई सबैजना जुट्न आग्रह गरे।


Advertisment
Nabil box
Kumari

गण्डकी गोपाल गौशालाले आयोजना गरेको विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौथो दिन महोत्सव अवलोकन गर्न आएका  देउवाले धर्मको रक्षा र वैदिक गाईको संरक्षणका लागि सञ्चालन गरेको गौमहोत्सवले देशभरका हिन्दुलाई नयाँ आशा जगाएको बताए। उनले गौशालामा भौतिक पूर्वाधार निर्माण गर्न र यसलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न आफूले सरकारसँग माग गर्ने बताए।
    
काँग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले जलजला, कालाञ्जर र गौशालाको विकासका लागि आयोजना गरिएको महोत्सवले हिन्दू धर्मालम्वीलाई एक ठाउँमा ल्याएको बताए।  उनले हिन्दू धर्मको रक्षा र संरक्षणका लागि एकताबद्ध भएर जुट्न आग्रहसमेत गरे।

Vianet communication
Laxmi Bank

पर्यटन क्षेत्रमा अनुसन्धान गरेर पूर्वाधारमा लगानी : पर्यटनमन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले अब पर्यटन क्षेत्रको अनुसन्धानलाई जोड दिने बताएका छन्।

बारबरा फाउण्डेशनले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री भट्टराईले भने, ‘अब पहिलो काम पर्यटन क्षेत्रकै खोज र अनुसन्धान गर्नुपर्ने छ, त्यही अनुसन्धानको दस्तावेजका आधारमा नयाँ योजना बनाउनु जरुरी छ, यो काम आगामी वर्षदेखि शुरु हुन्छ ।’

उचित अनुसन्धानको अभावका कारण पर्यटन क्षेत्रले सोचेजति प्रगति हासिल गर्न नसकेको उनको भनाइ छ।

उपनिर्वाचनको परिणामले  कांग्रेसप्रति उत्साह बढ्यो :  गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुुमार गच्छदारले संविधान र संघीयताको  पूर्ण कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीच सहमति एवं सहकार्य आवश्यक रहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार अपरान्ह् पत्रकारहरुसँग कुरा गर्दै उनले  वर्तमान सरकारलाई पाँच वर्षका लागि सरकार सञ्चालन गर्न दिएको जनमतबाट बनेको ठूलो दलको सरकारले अन्य दललाई पनि सहमतिलाई ल्याउनुपर्ने सुझाव दिए।

उनले नेपाली कांग्रेसले सहमति र सहकार्यबाट अघि बढ्न चाहेकाले संविधानको मूल्य मान्यताअनुुसार सत्तापक्षले पनि प्रतिपक्षसँग सहमति गरेर अघि बढनुुुपर्ने धारणा राखे।

प्रधानमन्त्री ओलीको सन्देश : सार्कलाई पुनर्जीवन दिऔँ

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनर्जीवन दिनुपर्ने बताएका छन्।

लामो समयदेखि सार्कको शिखर सम्मेलन अन्यौलमा रहेका बेला प्रम ओलीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

सार्क स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा  सन्देश जारी गर्दै ओलीले  नेपाल सार्कको बडापत्र, त्यसका सिद्धान्त र उद्देश्यप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्ष हो। ओलीले  दक्षिण एशियाका जनताका साझा आकांक्षा पूरा गर्न सार्क सदस्य राष्ट्रसँग निरन्तर रचनात्मक संवाद र साझेदारीका निम्ति नेपाल दृढ रहेको बताएका छन्।
 

नेपाल साग फुटबलको फाइनलमा, भुटानसँग भिड्ने

नेपाल १३ औँ दक्षिण एसियाली खेलकुद (साग), फुटबलको फाइनलमा भुटानसँग भिड्ने भएको छ। 

आइतबार बंगलादेशलाई हराउँदै नेपालले भुटानसँगको फाइनल भेट पक्का गरेको हो। नेपालले बंगलादेशलाई १—० ले  हराएको हो।

 नेपालका सुनिल बलले  ११औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो। उनले रिजन सुब्बा र कप्तान सुजल श्रेष्ठसँगको तालमेलमा गोल गरेका थिए। 
नेपालको १० अंक भएको छ ।

नेपाल र भुटानबीचको फाइनल खेल २४ मंसिरमा हुनेछ। श्रीलंकालाई  हराउँदै भुटान शनिबार नै फाइनल पुगिसकेको छ। गत वर्ष नेपालले भारतलाई हराउँदै फाइनल जितेको थियो।


कांग्रेस प्रवक्ता शर्माको आक्रोश - कलम समाउने कलिला हातहरूमाथि लाठीको वर्षा !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताले कलम समाउने कलिला हातहरूमाथि लाठीको वर्षा गरेको भन्दै सरकारसमक्ष जवाफ माग गरेका छन् ।

आइतवार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै शर्माले स्कूले बालिकालाई ट्रकले कुल्चदा कोहलपुरमा विद्यार्थी आक्रोशित हुनु सामान्य भएको तर सरकारले संयम गुमाएको आरोप लगाएका हुन् ।

'कलम समाउने कलिला हातहरूमाथि किन लाठीको वर्षा ?' शर्माले लेखेका छन्, 'स्कुले बालिकालाई ट्रकले कुल्चदा कोहलपुरमा विद्यार्थी आक्रोशित हुनु स्वभाविक थियो l संयम गुमाएर प्रहरीले विद्यालयभित्रै प्रवेश गरेर शिक्षक र विद्यार्थीमाथि अन्धाधुन्ध प्रहार गरेको घटनाले स्थिति उत्तेजक बन्न पुग्यो ।'

कैयौं युवा, विद्यार्थी र प्रहरीसमेत घाइते हुनु र स्थिति कर्फ्युसम्म पुग्नु दु:खद रहेको शर्माले बताए l  

उनले अनावश्यक बल प्रयोग गर्ने स्थानीय प्रहरीको दोषी नेतृत्वमाथि कारवाही प्रक्रिया थाल्न, घाइतेको सम्पूर्ण उपचार गर्न र सहज स्थिति निर्माणमा कार्य गर्न आवश्यक पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् l

कोहलपुर प्रर्दशन : कक्षा ९ का विद्यार्थीलाई गोली लाग्यो, डिएसपी शाही घाइते

कोहलपुरमा एक बालिकालाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आगजनी गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले इलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । 

 सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा तोडफोड तथा चमेनागृहमा आगजनी गरिएको हो । निषेधित क्षेत्र घोषणापछि आन्दोलन केही मत्थर बनेको छ । आन्दोलनमा एक दर्जनबढी विद्यार्थी र प्रहरी घाइते भएका छन् । 

आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही पनि घाइते भएका छन । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । अनियन्त्रित भिडलाई नियन्त्रणमा लिन यसअघि प्रहरीले हवाई फायरसमेत गरेको थियो । 


कार्यकारी अध्यक्ष बनेपछि बढ्यो प्रचण्डको सक्रियता, नेता नेपाललाई खुमलटारमै बोलाएर छलफल


सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमवार बस्ने भएको छ ।

उपनिर्वाचनको समीक्षा, पार्टी एकीकरणको बाँकी काम लगायतका एजेण्डासहित बैठक बस्न लागेको एक सचिवालय सदस्यले बताए ।

सचिवालय बैठकमा उठाउने एजेण्डाका बारेमा आइतवार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपालको प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको थियो ।

नेता नेपाल बिहान खुमलटार पुगेका थिए ।

दुई नेताबीचको भेटघाटमा केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउने विषयमा पनि छलफल भएको स्रोतले दाबी गर्यो ।

मूलभूत रूपमा एकीकरण प्रक्रिया टुंगिएको भएपनि नेकपामा ३२ विभाग र ५ निकायले पूर्णता पाउन बाँकी छ ।

पार्टीको कार्यकारी अधिकार प्राप्त गरेपछि अध्यक्ष प्रचण्डले अन्य नेताहरूसँगको भेटघाट तीव्र पारेका छन् । शनिवार बिहान अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

'भेटघाट निकै छोटो थियो,' बालुवाटार स्रोतले लोकान्तरसँग भन्यो, 'धेरै कुराकानी हुन पाएन । छोटो भेटघाटमा सचिवालय बैठक बोलाउनेसम्बन्धी कुराकानी भयो ।'

यसअघि प्रधानमन्त्री ओली उपचारका लागि अस्पतालमै रहेको बेला बुधवार प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो । बैठकले उपनिर्वाचनको समीक्षाका लागि पार्टीका सम्बन्धित कमिटीहरूबाट रिपोर्ट माग गर्ने निर्णय गरेको थियो ।

बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले २३ गते बस्ने बैठकले उपनिर्वाचनको समीक्षा गर्ने बताएका थिए ।

साग खेलकुद : पौडीमा गौरिकाद्वारा स्वर्णमा ह्याट्रिक

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले तेस्रो स्वर्ण दिलाएकी छन् । 

आइतवार सातदोबाटोस्थित पौडी पोखरीमा पौडीको ४ सय मिटर फ्रीस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन् । 

यसअघि उनले पौडीमा दुई वटा स्वर्ण र एउटा रजत पदक जितेकी थिइन् । 

साग खेलकुद : नेपालका दुई खेलाडी फाइनलमा

राजधानीमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुगेका छन् । 

लगनखेलस्थित आर्मीको कभर्डहलमा आइतवार भएको खेलमा इन्द्रबहादुर ६६ केजी तौल समूहकोे सेमिफाइनल खेलमा पाकिस्तानका हसनलाई १–० ले हराउँदै फाइनमा पुगेका हुन् ।

इन्द्रले अब स्वर्ण पदकका लागि भारतका जस्लिन सिंहसँग प्रतिस्पर्धा गर्नेछन् ।  

त्यस्तै पुरुषतर्फ सञ्जीत ७३ केजीमुनिको तौल समूहमा बंगलादेशका अमिरुल इस्लामलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । सन्जित अब स्वर्ण पदकका लागि श्रीलङ्काका चामरा नुवसँग भिड्नेछन् । 

महान्यायाधिवक्ता खरेल भन्छन्– ठूलालाई पनि कानून लाग्छ

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले ठूलालाई कानून नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको बताएका छन् ।

झापाको चन्द्रगढीमा जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको आइतवार उद्घाटन कार्यक्रममा उनले कानूनका दृष्टिमा सबै नागरिक समान हुन् भन्ने मूल्यमान्यताका आधारमा लोकतन्त्रको अनुभूति दिलाउने गरी न्यायिक क्षेत्रमा काम भइरहेको बताए ।

गलत काम गरेपछि शक्तिशाली, ठूलो ओहोदा भएका र प्रतिष्ठित भनिएका व्यक्तिहरुसमेत प्रमाणका आधारमा कानूनी कार्वाहीको दायरमा आइरहेको चर्चा गर्दै उनले भने, 'हामी अभियुक्तलाई उसको पद र शक्तिका आधारमा होइन, प्रमाणका आधारमा हेर्छौं ।'

आन्दोलन भड्किएपछि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

ट्रकको ठक्करबाट एक स्कुले विद्यार्थी गम्भीर घाइते भएपछि भएको प्रदर्शन निन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुर क्षेत्रमा अनिश्चितकालlन कर्फ्यू जारी गरेको छ । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको लोकान्तरलाई जानकारी दिए । 

आइतवार बिहान स्कूल जाने क्रममा स्थानीय १२ वर्षे बालिकालाई ट्रकले किचेको थियो । घटनापछि दिनभर कोहलपुर क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीयले एक दर्जन गाडीमा तोडफोड गरेका छन् ।

दोषीमाथि कारवाहीको माग गर्दै स्थानीयले ईलाका प्रहरी कार्यालय घेराउ गरेका थिए । 

स्थानीय र प्रहरीबीच भएको झडपमा १५ जना घाइते भएका छन् । उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।


स्कुले विद्यार्थीलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त, दर्जन गाडीमा तोडफोड

ट्रकको ठक्करबाट एक विद्यार्थी गम्भिर घाइते भएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ ।

कोहलपुर नेपालगन्ज सडकखण्डको त्रिभुवन माविकी एक विद्यार्थीलाई ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। 

बिहान पौने १० बजे ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि ती विद्यार्थीको मृत्यु भएको भन्दै स्थानीय तथा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।  प्रहरीले भने ती विद्यार्थीको मृत्यु नभघ गम्भिर घाइते भएकाे जनाएकाे छ । प्रहरी प्रधान कार्यालयका अनुसार, १२ वर्षकी प्रकृति चन्दको दुवै खुट्टा गम्भिर चोट छ । 

घटनापछि आक्रोशित विद्यार्थीहरूले विद्यार्थीलाई ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् । सयौंको सँख्यामा रहेका विद्यार्थी तथा स्थानियवासीले दजनौं गाडी तोडफोड गरेका छन् ।

ट्रक चालकलाई भने प्रहरीले आन्दोलनकारीबाट बचाएर आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरीले भिडलाई नियन्त्रणमा लिन दुई दर्जन बढि हवाई फायर गरेको छ ।

आन्दोलत विद्यार्थीहरूले अहिले ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन् । 


आतंक मच्चाएपछि बाँदर नियन्त्रण गर्न बजेट विनियोजन

खाँदबारी नगरपालिकाले नगरभित्रका बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसलाई नियन्त्रण गर्न नगरसभामार्फत नै बजेट विनियोजन गरिएको हो ।

नगरपालिकाको नगरसभाले बाँदर नियन्त्रण कार्यको अध्ययन शीर्षकमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । बाँदरले आतङ्क मच्चाएपछि बजेट छुट्याएर नियन्त्रणका लागि अध्ययन गरिने नगरपालिकाले जनाएको छ । बाँदरले नगरपालिकाका वडा नं। १, २, ३, ४, ५, ८, ९ र ११ मा बढी आतङ्क मच्चाएको छ । बाँदरले अन्नबालीमा कलिलो अवस्थामै क्षति पुर्‍याउने गरेको खाँदबारी–८ का वडाध्यक्ष डम्बर कटुवालले बताए । 

वस्ती वरिपरि जङ्गल बढेकाले पनि बाँदर आतङ्क बढेको हो । बर्खाको समयमा मकै सखाप पार्छ भने हिउँदको समयमा धान, सुन्तला, फलफूल, तरकारी, अलैँची र अम्लिसो टुसा नै च्यातेर तहसनहस पार्छ । वर्ष दिन पुग्ने मकै बाँदरले छिनभरमै तहसनहस पारिदिन्छ । बाँदरसँगै दुम्सी तथा अन्य वन्यजन्तु र पंक्षीले पनि किसानको बाली खाइदिने गरेका छन् ।

स्थानीयवासीले  पटक–पटक बाँदर नियन्त्रणका लागि आग्रह गरेपछि दिगो समाधान खोज्न चालू आवमा बजेट विनियोजन गरिएको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोमलप्रसाद धमलाले बताए । 

विप्लव नेतृत्वको सिंगो जिल्ला कमिटी सत्तारुढ नेकपामा प्रवेश

विद्रोही नेकपा विप्लवको सिंगो कैलाली विद्यार्थी जिल्ला कमिटी सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको छ ।

शनिवार घोडाघोडी नगरपालिकाको सुख्खडमा आयोजित एक कार्यक्रमकाबीच विप्लव नेतृत्वको विद्यार्थी संगठनको कैलाली जिल्ला अध्यक्ष पद्म काफ्ले, जिल्ला सहसचिव नविन कार्की लगायत सिंगो कमिटीलाई पार्टी स्थायी समिति सदस्य समेत रहेका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले पार्टी प्रवेश गराउँदै शान्ति, स्थायित्व र विकासका लागि मूलधारको राजनीतिमा आउनु विवेकसंगत निर्णय भएको बताए ।

भट्टले नव प्रवेशीहरुलाई आफ्नो पार्टीमा स्वागत गर्दै भने,' 'युवाहरु बरालिदा देशले दुख पाउँछ, युवाहरु शान्ति, स्थायित्व र विकासको मार्गमा अघि बढे मुलुक सुख र समृद्धिको दिशामा अघि बढ्छ । मूलधारमा फर्कनु भएका तपाइहरुलाई यथोचित सम्मान र भूमिका दिन कुनै कन्जुसाइ हुँदैन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x