×

NMB BANK
NIC ASIA

कार्यविभाजनपछि नेकपा अध्यक्षद्वय आ–आफ्नो काममा : ओलीले बोलाए क्याबिनेट, प्रचण्डले सचिवालय

मंसिर २३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नौ दिन लामो अस्पताल बसाइपछि बालुवाटार फर्केर आराम गरिरहेका प्रधानमन्त्री ओलीले सोमवार दिउँसो ४ बजे बालुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि मन्त्रिपरिषद् हेरफेरपछि मंसिर ६ गते बैठक बसेको थियो । बैठकमा नवनियुक्त मन्त्रीहरूलाई बधाई र निर्देशन दिएका प्रधानमन्त्री ओली १० गते बिरामी परेपछि अस्पताल भर्ना भएका थिए ।


Advertisment
Nabil box
Kumari

एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री ओलीको आकस्मिक शल्यक्रिया गरिएको थियो । ओली शल्यक्रिया गरिएको ९ दिनमा गत बिहीवार डिस्चार्ज भएका थिए । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले पार्टीको काम कारवाहीबारे अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग अस्पतालमै पटक-पटक परामर्श गरेका थिए । 

आजै अपरान्ह १ बजे अध्यक्ष प्रचण्डले सचिवालय बैठक पनि डाकेका छन् । सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । 

बैठकमा अध्यक्ष प्रचण्डले पार्टी सञ्चालनका सन्दर्भमा आफूले तयार पारेको ६ महिने कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको स्रोतले बतायो । 

पार्टीको कार्यकारी अधिकार प्राप्त गरेका अध्यक्ष प्रचण्ड केही दिनयता राजनीतिक रूपमा सक्रिय बनेका छन् ।

आइतवार बिहान र साँझ आफ्नै निवास खुमलटारमा नेताहरूलाई बोलाएर पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल गरेका थिए । 

प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल, प्रस्तावित उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतम लगायतका शीर्ष नेताहरूलाई आफ्नै निवासमा बोलाएर पार्टीलाई थप गति कसरी दिने भन्ने विषयमा छलफल गरेका थिए । 

सोमवार बिहान पनि प्रचण्ड नेताहरूसँग छलफलमै व्यस्त रहे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x