×

NMB BANK
NIC ASIA

नेकपा सचिवालय बैठक शुरू : ओली गएनन्, प्रचण्डको अध्यक्षता

मंसिर २३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक धुम्बाराहीमा शुरू भएको छ ।

Muktinath Bank

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा शुरू भएको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली भने सहभागी छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाएपछि ओलीको सहभागिताविनै बसेको यो दोस्रो सचिवालय बैठक हो ।


Advertisment
Nabil box
Kumari

अघिल्लोपटक मंसिर १८ गते सचिवालय बैठक बस्दा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अस्पतालमा उपचाररत थिए । 

Vianet communication
Laxmi Bank

ओली अस्पतालबाट डिस्चार्ज भइसकेपनि निवासमै आराम गरिरहेका छन् ।

ओलीले बालुवाटारमा आजै मन्त्रिपरिषद् बैठक भने बोलाएका छन् ।

सचिवालयले गरेको कार्यविभाजनअनुसार अब ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने छन् ।

सचिवालयको अघिल्लो बैठकले तल्ला कमिटीहरूसँग उपनिर्वाचन परिणामको समीक्षा प्रतिवेदन मागेको थियो ।

आजको बैठकमा उपनिर्वाचनको नतिजाबारे समीक्षाका साथै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे पनि छलफल हुने बताइएको छ ।

साथै बैठकमा अध्यक्ष प्रचण्डले पार्टी सञ्चालनका सन्दर्भमा आफूले तयार पारेको ६ महिने कार्ययोजना समेत प्रस्तुत गर्ने कार्यसूची रहेको स्रोतले बतायो । 

पार्टीको कार्यकारी अधिकार प्राप्त गरेका अध्यक्ष प्रचण्ड केही दिनयता राजनीतिकरूपमा सक्रिय बनेका छन् ।

आइतवार बिहान र साँझ आफ्नै निवास खुमलटारमा नेताहरूलाई बोलाएर पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल गरेका थिए । 

प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल, प्रस्तावित उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतम लगायतका शीर्ष नेताहरूलाई आफ्नै निवासमा बोलाएर पार्टीलाई थप गति कसरी दिने भन्ने विषयमा छलफल गरेका थिए । 

सोमवार बिहान पनि प्रचण्ड नेताहरूसँग छलफलमै व्यस्त रहे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x